×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

यू–१९ एसिया कपमा युएईले नेपाललाई दियो २ सय ६९ रनको लक्ष्य

१६ आश्विन २०७५

एजेन्सी,असोज १६
बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपको समुह चरणको अन्तिम खेलमा युएईले नेपाललाई २ सय ६९ रनको लक्ष्य दिएको छ ।बंगलादेशको किबेएसपी फोर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६८ रन बनाउन सकेको हो ।

ओपनर फहद नवाज र अनिसले उत्कृष्ट शतकीय साझेदारी गरेपछि युएई बलियो स्थितीमा पुगेको हो । अनिस र नवाजले पहिलो विकेटका लागि १ सय ६७ बलमा १ सय ५९ रनको उत्कृष्ट शतकीए साझेदारी गर्दै युएईलाई विसाल योगफल तर्फ डोर्याएका थिए ।

Advertisement

यी दुईको साझेदारी २७ ओभर ३ बलमा नन्दन यादवले ब्रेक गर्दिए । यादवले २७ ओभर ३ बलमा रोहित कुमार पौडेलको हातबाट क्याच गराउँदैँ अनिसलाई ६७ रनमा पेभिलिएनको बाटो देखाए ।

अनिसले ८१ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए । यादवलेनै दोस्रो विकेटका रुपमा ९५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ८३ रन बनाई खेली रहेका नवाजलाई आउट गर्दिए ।

त्यस लगत्तै अर्को ओभरमा पवन सर्राफको बलमा सन्दीप जोराले क्याच लिदैँ मुहमम्द अलीलाई १६ रनमा आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो ।

त्यसपछि युएईको नियमित विकेट पतन भयो, कुनै समय ३२ ओभरमा १८०–३ को अवस्थामा रहेको युएई आक्रमक ब्याटिङ गर्न खोज्दा ४७ ओभरमा २४७– ८ को स्थितिमा पुग्यो ।

नवौँ विकेटका लागि मुहमम्द र कात्तिक पलानीएप्पन एम ले २० बलमा २१ रनको साझेदारी गर्दै युएईलाई २ सय ६८ रन सम्म पुर्याएका थिए ।युएईका अन्य ब्याटम्यान ब्रान्डन एडम १८, सिड हैदर १२, मुहमम्द ए १८ र कात्तिक ११ रनमा नट आउट रहे ।

Advertisement

नेपालका लागि नन्दन यादव,पवन सर्राफ र रसिद खानले समान दुई विकेट लिदाँ सुर्य तामाङ र सागर ढकालले पनि एक एक विकेट लिए । नेपाल र युएईका लागि आजको खेल प्रतिष्ठाको लडाई मात्र हुने छ । यी दुबै टोली यस अघिनै समुह चरणबाटै बाहिरि सकेका छन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top