NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा शनिबार साउन ३१ , २०८२
मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर शनिबार साउन ३१ , २०८२
काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ शनिबार साउन ३१ , २०८२
झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ शनिबार साउन ३१ , २०८२
सर्लाहीमा गोली हानेर शिक्षकको हत्या शनिबार साउन ३१ , २०८२
Next
Prev

समाचार

कुलमानले कुनै चमत्कार गरेका हैनन्

शुक्रबार चैत्र २२ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२२ चैत , काठमाण्डौ ।

नेपाल विद्युत प्राधिकरणको इतिहासमा १८ घण्टाको निष्पट अध्यारो लोडसेडिङ र त्यो लोडसेडिङ अन्त्यको घोषणा गर्दै उज्यालो नेपालको अग्रणी अभियान्ताका रुपमा सधैं कुलमान घिसिङको नाम नेपाली जनताको मनमा दर्ज भएको छ ।

अहिलेको राज्य संयन्त्र लोडसेडिङ अन्त्य र उज्यालो अभियानका अभियान्ताका रुपमा कुलमानले खेलेको भूमिका स्वीकार गर्नसम्म तयार छैन् । यसैले त उनलाई ८ वर्षको योगदानको उच्च कदरगर्दै पुरस्कृत गर्नुपर्नेमा उनलाई कलंकको टिका लगाएर बर्खास्त गरेको छ ।

तर कुलमानले नेपालको १८ घण्टाको लोडसेडिङ अन्त्य गर्दै घाटामा रहेको प्राधिकरणलाई सबैभन्दा नाफामुखी बनाएको वास्तविकता नेपाली जनताबाट लुकेको छैन् । यसैले कुलमानले पनि फेरि जनताको सेवामा फर्किने वाचा गरेका छन् ।

कुलमान घिसिङ नेपाली समाजमा केवल एक अभियन्ता होइनन्, उनी जनभावनासँग जोडिएको एउटा यस्तो नाम हुन्, जसले “असम्भवलाई सम्भव बनाउने“ उदाहरण पेश गरे।

नेपाल विद्युत प्राधिकरणको इतिहासमा १८ घण्टाको लोडसेडिङ जब जनजीवनलाई अँध्यारोमा धकेलिरहेको थियो, त्यतिबेला कुलमान घिसिङले नेतृत्व सम्हाल्दै देखाएका रणनीतिक सुधार र इमान्दार कार्यशैलीले उज्यालो नेपाल सम्भव भएको थियो।

यिनै कारणहरूले उनलाई जनताले “उज्यालो अभियन्ता“ को रूपमा आत्मसात गरेका हुन्। कुलमानले विद्युत प्राधिकरणको नेतृत्व सम्हालेको छोटो समयमा लोडसेडिङ अन्त्य गर्नु सानो उपलब्धि होइन।

त्यो समयमा संस्थागत भ्रष्टाचार, स्रोत व्यवस्थापनको अव्यवस्था र निजी हितका लागि ऊर्जा वितरणमा गरिएका बेथिति सबैसँग जुझेर उनले प्रणालीमा अनुशासन ल्याए। उनी नेतृत्वमा आउँदा नेपाल विद्युत प्राधिकरण घाटामा थियो, तर उनका कार्यकालमा प्राधिकरण नाफामा मात्र गएन, ऊर्जा वितरण प्रणालीमा विश्वाससमेत फर्कियो।

नेपालभित्र जलविद्युत् उत्पादन र त्यसको आन्तरिक उपयोग बढाउनुका साथै, आयातमा निर्भरता कम गर्नु, र भारतदेखि बंगलादेशसम्म सुरु भएको विद्युत् निर्यातले उनीप्रति जनताको विश्वास झनै मजबुत बनाएको थियो।

यस्तो व्यक्तिलाई पुरस्कृत गर्नुको सट्टा राज्य संयन्त्रले कलंकको टिका लगाएर निष्काशन गर्नु नेपाली व्यवस्थाको चरित्र झल्काउने एउटा दुःखद पक्ष हो। नेपालको राजनीति र कर्मचारीतन्त्रमा ‘सक्षमलाई हैरान गर, असक्षमलाई सम्मान गर’ भन्ने प्रवृत्ति हावी रहेको भन्ने आरोपको कुलमान प्रकरणमा मेल खाएको छ ।

उनको बर्खास्तीले न केवल जनतालाई निराश बनायो, बरु नेतृत्व तहमा विश्वास गर्नुपर्ने आधार पनि कमजोर बनायो। कुलमानप्रतिको समर्थन कुनै पार्टीको झन्डा होइन, जनताको अनुभवबाट आएको आवाज थियो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका घिसिङलाई सर्वाेच्च अदालतले अन्तरिम आदेश नदिएपछि उनको तत्काल प्राधिकरणमा फर्किने बाटो बन्द भएको छ ।

तर उनले आफू फेरि जनताको सेवामा फर्किने वाचा गरेका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै घिसिङले आफू बिदामात्रै भएको बताउदै आफूलाई हटाउँदा केही व्यक्तिले सफलता भएको ठानेको टिप्पणी गरेका छन्।

दुईपटक प्राधिकरणको नेतृत्वमा बस्दा देशलाई लोडसेडिङमुक्त बनाएको, घाटामा चलेको प्राधिकरणलाई नाफामा लगेको, विद्युत् उत्पादन, प्रसारण र बिक्रीवितरणमा ध्यान दिएकोलगायतका आफ्नो कार्यकालमा भएका महत्त्वपूर्ण कामको फेहरिस्त उनले पत्रकार सम्मेलनमा प्रस्तुत गरे।

‘जलस्रोतको धनी देशमा करिब आठ वर्षअघिसम्म हिँंउदमा १५÷१६ घन्टा र वर्खामा पनि ९ घण्टा लोडसेडिङ हुनु आम विषयजस्तै थियो। लोडसेडिङ सदाका लागि विदा गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानसँगै घर र कार्यालय मात्र होइन, वैशाख २०७५ देखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरिएको थियो’, उनले सुनाएका छन् ।

लोडसेडिङ अन्त्य कुनै चमत्कार होइन, एउटा इमानदार प्रयास थियो भनेर आफूले धेरैपटक भनेको बताउँदै उनले प्राधिकरणका लागि लोडसेडिङ अन्त्य अन्तिम अभीष्ट नभएको बताए।

‘किनकि विद्युत पुगेका ठाउँमा मात्र लोडसेडिङको प्रश्न थियो, तर करिब ४२ प्रतिशत परिवारमा त विद्युत् सेवा नै पुगेको थिएन। यी बस्ती र वासिन्दाले बिजुलीको उज्यालोको व्यग्र प्रतीक्षा गरिरहेका थिए’, उनले थपे, ‘तर, यो बीचमा ९९ प्रतिशत भन्दा बढी परिवारमा विद्युतको उज्यालो पुर्याउन प्राधिकरण सफल भएको छ। विगतमा विद्युत् सेवा माग गर्दै उपभोक्ताहरु प्राधिकरण धाउने अवस्था थियो। अहिले, अवस्था फेरिएको छ।

यो बीचमा प्राधिकरण आफैं विद्युत नपुगेका घर खोज्दै विकट बस्तीमा पुगिरहेको उनको भनाइ छ। ‘लोडसेडिङ हटाउँदा घर–घरमा उज्यालो मात्र छाएन, करिब ३० लाख विद्यार्थीहरूको भविष्य सुनिश्चित भयो, उनीहरूले निर्बाध पढ्न पाए।

अस्पतालका सुत्केरी वार्ड र अपरेशन थिएटरमा बत्ति ननिभ्दा सयौं नेपालीको जीवन सुरक्षामा हामी सहयोगी बन्न सक्यौं। यो मेरो जीवनको सबैभन्दा ठूलो सन्तुष्टि हो’, उनले सुनाए, ‘यसले हजारौं नेपालीलाई रोजगारीका नयाँ अवसर सिर्जना गर्न आशा जगायो।’

यसबाहेक वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको बेला प्राधिकरणले विद्युत निर्यात, ऊर्जा दक्षता र स्वदेशी उत्पादन वृद्धिमार्फत पेट्रोलियम पदार्थको आयात घटाउन सफल भयौं, जसले देशको बहुमूल्य मुद्रा विदेशिनबाट जोगाएर अर्थतन्त्रलाई टेवा पु¥याएको उनको भनाइ छ।

’सरकारको निर्णयले २०७८ साउन २५ गते नियुक्त भएपछि कार्यकारी निर्देशकको रुपमा दोस्रोपटक नेविप्रामा सेवा गर्ने अवसर पाएँ,’ उनले भनेका छन्, ’कानुनअनुसार सेवा गर्न पाएकोमा गौरव भएको छ।

०८१ चैत १४ गते हटाइँदै गर्दा मकवानपुरको चेपाङ वस्तीमा काममै थिएँ। कतिपय व्यक्ति, समूह वा शक्तिले मलाई हटाउनुलाई सफल ठानेका होलान्। कार्यकारी निर्देशकबाट मात्र बिदा भएको हुँ, जिम्मेवार नागरिकको अभिभारा मबाट कहिल्यै कम हुनेछैन।’

घिसिङले आफू अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् । सरकारले प्राधिकरणबाट घिसिङलाई हटाएपछि उनी पुनर्वहालीका लागि अदालत गएका थिए । तर अदालतले उनको माग अनुसार मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

राजनीतिमा आउने सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नमा उनले आफू जिम्मेवार नागरिक भइसकेको भन्दै उनले जिम्मेवार नागरिकको हैसियतले देशको हितका लागि जुनसुकै जिम्मेवारी लिन तयार रहेको पनि बताए । ‘म सदैव देशको हित र सम्मृद्धिको लागि कुनै पनि जिम्मेवारी लिन तयार छु’, घिसिङले कूटनीतिक जवाफ दिए ।

घिसिङले आफूलाई अझै जनताको स्नेह र आशीर्वादले हार्ने छुट नदिएको पनि बताए । उनले राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम सरकारले गरेको भन्दै यसमा सफल भएकोमा केही व्यक्तिले सफल ठानेको पनि बताए ।

‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय पर्याप्त सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारितापूर्वक खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित एवं अपमानित गराउने दुराशय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान्,’ पत्रकार सम्मेलनमा घिसिङले भने, ‘नेपाली जनताले दिएको स्नेह र आशीर्वादले मलाई हार्न दिएको छैन ।’

‘नेपालको कानुनले निदृष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खटिएको थियो, कसको स्वार्थको विषयमा ममाथि जाइलागेको थियो भन्ने नेपाली जनता आफैँ जानकार छन्’, उनको भनाइ छ ।

‘आम उपभोक्ता, सर्वसाधारणले मप्रति देखाउनुभएको माया, प्रेम र विश्वास मेरा प्रेरणाका स्रोत हुन्’, घिसिङले भनेका छन् । पत्रकार सम्मेलनमा घिसिङले आफ्नो कार्यकालमा भएगरेका कामका बारेमा समेत जानकारी दिएका थिए ।गत सातामात्रै घिसिङलाई हटाएर सरकारले हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

कुलमानले भनेका छन्, ‘मेरो नेतृत्वमा प्राधिकरणले गौरवपूर्ण यात्रा तय ग¥यो । निरन्तर घाटामा रहेको संस्था ऐतिहासिक नाफामा गयो, अर्बौं रुपैयाँ कमाउन सफल भयो । प्राधिकरणको सम्पती करिव ३ गुणा वृद्धि गरी आर्थिक र प्राविधिक रूपमा यसलाई सशक्त र आत्मनिर्भर बनाइयो ।

यो नाफा जनताकै सुविधा र विद्युत पूर्वाधार विकासमा पुनः लगानी भएको छ । नेपाल सरकारले बजेट नै नदिएको अवस्थामा समेत प्राधिकरणले आफ्नै स्रोत र साधनबाट विद्युतीकरणको काम गरिरहेको छ । जनताको घरघरमा विद्युत् पु¥याउनु नै मेरो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि हो ।

सुकुम्वासी बस्ती तथा चेपाङ, मुसहरलगायतका विपन्न वर्गका घरपरिवारमा विद्युत सेवामा पहुँच विस्तार गर्न निःशुल्क मिटर उपलब्ध गराएर विद्युतको पहुँच बिस्तार गरिएको छ। विद्युतीकरणका लागि प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो लगानी गरिएको छ ।

गाउँ बस्तीको विद्युतीकरण मात्र हैन स्थानीय निकायहरूसँगको साझेदारीमा स्मार्ट सडक बत्ती बिस्तार गरी सहर उज्यालो बनाउने कार्यमा समेत ठूलो लगानी गरिएको छ । जनतालाई उज्यालो दिनु नै राष्ट्रहित विपरीतको अपराध हो ? यसको जवाफ देश र समाजले अवश्य खोज्नेछ भन्ने मेरो विश्वास छ । मलाई हतोत्साहित गर्ने जति धेरै प्रयास भए पनि म आफ्नो कार्यकाल र भूमिकाप्रति भने असन्तोष हुनुपर्ने कुनै कारण देखेको छैन ।’

कुलमान घिसिङको योगदानलाई अवमूल्यन गर्नु, उनलाई बर्खास्त गर्नु, राज्य नेतृत्वका लागि सामान्य विषय बनेको छ। तर यो विफलताको एक प्रतीक हो। राज्यबाट अपहेलित भएका कुलमान जनताको मनबाट भने हटेका छैनन् ।

अब उनी फेरि फर्कने छन्,शायद योपटक सिधा प्रणाली सुधार्न होइन, प्रणाली नै बनाउने नेताको रूपमा । यदि त्यो सम्भव भयो भने, नेपाली राजनीतिमा कार्यदक्षता र नैतिकताको नयाँ युग सुरु हुने सम्भावना प्रबल छ। कुलमानको ‘फेरि फर्कने’ संकेतले जनतामा आशा मात्र जगाएको छैन, अबको राजनीतिक विकल्पप्रति सोच्न बाध्य पनि बनाएको छ।

उनी अब केवल प्राविधिक व्यक्ति मात्र होइन, सेवामुखी नेतृत्वको प्रतिक बन्दै गइरहेका छन्। यदि उनी राजनीति प्रवेश गर्छन् भने, त्यो परम्परागत राजनीतिलाई चुनौती दिने प्रयास उनले गर्नेछन् ।

जहाँ सिद्धान्त भन्दा काम, वाचा भन्दा परिणाम र भाषण भन्दा प्रतिबद्धता प्रधान हुनेछ। यसको उदाहरण कुलमान बन्नेछन् । तर कुलमानमा रहेको जनताको सेवाभावको राजनीतिमा हुन् सक्ने अवतरणका लागि भने प्रतिक्षा नै गर्नुपर्नेछ । यसमा तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

Tags: #कुलमान घिसिङ#नेपाल टाइम्स ट्रेन्डिङ#नेपाल टाइम्स स्पेशल#नेपाल विद्युत प्राधिकरण#फेरि फर्किनेछन् कुलमान

लोकप्रीय

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२

विचार

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२

थप समाचार

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा
अन्तर्राष्ट्रिय

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
ताजा समाचार

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ
अपराध

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२
सालीको हत्या गरेर भिनाजु फरार, भारतसम्म खोज्दै प्रहरी
अपराध

झुम्काबाट भागेका कैदी झापाबाट पक्राउ

शनिबार साउन ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Pakistanमा भारी वर्षाः सयौंको मृ*त्यु,मोदीले अर्को महिना Trumpलाई भेट्ने|| Nepal Times

World News:Pakistanमा भारी वर्षाः सयौंको मृ*त्यु,मोदीले अर्को महिना Trumpलाई भेट्ने|| Nepal Times

00:16:16

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

शनिबार साउन ३१ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

मिडियामाथि खनिएओली, भने–द्रव्यदाता रिझाउने पेशेवर म्यानुपुलेटर

शनिबार साउन ३१ , २०८२
४३ विद्यार्थी बेपत्ता पार्ने पूर्व महान्यायाधिवक्ता पक्राउ

काठमाडौँको चमतीबाट अटोमेटिक पेस्तोल, म्याग्जिन र गोलीसहित एक जना पक्राउ

शनिबार साउन ३१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.