नेताले बदनाम गरे नेपाल प्रहरी,गुमायो युवाको विश्वास

२४ चैत , काठमाण्डौ।

चैत १५ को तीनकुने घटनालाई लिएर जति आलोचना राजावादीहरुको अराजक गतिविधिहरुको भईरहेको छ त्यतिनै प्रश्न नेपाल सरकार र नेपाल प्रहरीमाथि उठेको छ । राजावादीहरुका तर्फबाट भएको आगजनी,तोडफोड र लुटपाटमा सम्लग्न भएको भन्दै ५ दर्जन ब्यक्तिहरुलाई पक्राउ गरी प्रहरीले अनुशन्धान गरिरहेको छ ।

तर प्रर्दशनलाई बिथोल्न प्रहरीले म्याद गुज्रिएका अश्रुग्याँस प्रहार गरेको,ब्यक्तिको घरलाई प्रहरीले आश्रयस्थल बनाएको, आन्दोलनमा सहभागी नभएका ब्यक्तिहरुलाई समेत गोली प्रहार गरेको र गोली नै चलाउनु पर्ने अवस्था विना नै गोली प्रहार गर्दा सविन महर्जनको मृत्यु भएको भन्दै यो घटनाको न्यायिक छानविनको माग भइरहेको छ ।

गृहमन्त्री सहित प्रहरी प्रमुखले समेत तीनकुने घटनाका विषयमा सरकार र नेपाल प्रहरीको बचाउ गर्दै न्यायिक छानविननको औचित्य नरहेको बताइसकेका छन् । नेपाल प्रहरी,देशको राष्ट्र सेवक कर्मचारी हो ।

नागरिकको जिउ धनको सुरक्षा गर्न, शान्ति सुव्यवस्था कायम गर्न, मानव अधिकारको संरक्षण गर्न एवं जनकल्याणकारी सेवाहरू प्रदान गर्ने उद्धेश्यसहित नेपाल प्रहरीको गठन भएको छ ।

तर नेपाल प्रहरी भित्र हुने राजनीतिक हस्तक्षेप अनि नेता र नेतृत्वको स्वार्थ अनुकुलको कामबाट राष्ट्रसेवक नेपाल प्रहरीले नेपाली युवाहरुको विश्वास नै गुमाउँदै गएको देखिएको छ।यो घोषणाले युवाहरुमा जागिरे बन्ने उत्साहभन्दा बढी निराशा र असहजता मात्र थपेको देखिन्छ।

सामाजिक सञ्जालमा युवाहरुले खुलेरै लेखिरहेका छन्, “प्रहरी बन्नुभन्दा खाडीमा बेल्चा हान्न तयार छु।“ यो भनाइ नेपाल प्रहरीप्रति बढ्दो अविश्वास मात्र होइन, राज्यसंयन्त्रको विश्वसनीयतामाथिको ठुलो धक्का हो ।

सांगठनिक उद्धेश्य पूर्ति गर्न नेपाल प्रहरी सङ्गठन भित्र रहेर देशमा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न नेपाल प्रहरीले समय समय नयाँ भर्ना प्रक्रिया खोल्ने गर्दछ । सो प्रक्रिया अनुरुप ५ दिन अघि मात्रै नेपाल प्रहरीले विभिन्न पदहरुमा नयाँ भर्ना खोलेको छ ।

तर नेपाली युवाहरुका लागि खोलिएका यी दरबन्दीहरुमा भर्ना हुनु भन्दा खाडीमा बेल्चा हान्न आफूहरु तयार रहेको नेपाली युवाहरुले सामाजिक संजालबाट प्रतिक्रियाहरु दिएका छन् ।

नेपाल प्रहरीले नै पदपुर्तिका लागि विभिन्न पदहरुमा आवेदन दिनका लागि सार्वजनिक गरेको भिडिओ सुचना सन्देशमा युवाहरुले लेखेका छन् :

नेताको चाकरी गर्न यत्रो नि आउँदिन बरु खाडी मा वेल्चा हान्न जान्छु

नेताको दास हुन पर्छ म चाँही हुन्न भर्ती

जनता मार्ने प्रहरी चाईदैन ३ल्य उयष्अिभ वयद

पहिले पहिले गाउँको दाईहरु प्रहरी र सेना बन्न मरिहत्ते गर्नुहुन्थ्यो। तलब, सेवा–सुविधा भन्दा पनि राष्ट्रियता र देशभक्ती बढी थियो, गाउँ–ठाउँमा इज्जत र सम्मान हुन्थ्यो। आजकाल त प्रहरी र सेना भन्नेबित्तिकै करियर बिगारेको, केही गर्न नसकेर पुलिस भएको, भविष्य अन्योल भएको भन्ने भाष्य स्थापित भएको छ। प्रहरी र सेनामा काम गर्ने भन्यो भने त बिहे गर्न केटि नै नपाउने अवस्था छ। यस्तो स्खलन कसले, कसरी र किन ल्यायो? गम्भीर समीक्षा हुनुपर्छ।

मलाई झन्डै दश बर्ष अगाडि असईको अफर आएको खादिन भनेर हिडेको मान्छे,अहिले खुशी छु निर्णय देखि।जिन्दगी नेताको दास बनेर सकिन्थ्यो। स्वतन्त्र त छु कमसेकम।

नेपाल पुलिसको जागिर खाएर नेताको जुता बोक्नु, छोराछोरीलाई स्कुल लाने ल्याउने, सब्जी किन्ने नोकर भएर बस्नु भन्दा गाउँ घरमै हालो जोत्नु बेस छ साथी हो

भ्रष्टाचारी नेताको सुरक्षा गर्न भर्ती नबनौ नेपाली दाजु भाइ

नेपाल पुलिसको जागिर १ खान्न २ खान्न ३ खान्न भ्रष्टाचारी नेताको गुलामी गरेर देशमा बस्नुभन्दा बरु खाडी नै ठीक छ

नेपाल प्रहरी❌ राजनीतिको प्रहरी ✅भ्रष्टाचारीको गुलाम ✅ राज्यको बोझ भार

तीनकुने घटनामा सबिन महर्जनलाई गोली चलाउने को हो र कसको आदेश हो अनि आफ्नो कोठा फर्किदै गर्दा दाजुबहिनिलाई गोली चलाउने को हो?? यो बिषयमा छानबिन गर्नु पर्दैन??

बरु खाडी जाने तर दलालहरुको गुलाम भएर निर्दोष जनता माथि गोली चलाउन सकिन्न…

नेपाल प्रहरीले नै प्रहरी सेवामा भर्ना हुन्का लागि आह्वान गरेको सुचनामा आएका यी केही प्रतिनिधि प्रतिक्रियाहरु मात्रै हुन् । जहाँ अधिकांशले नेताको गुलामी र भ्रमष्टाचारीको सुरक्षा गर्न प्रहरीमा भर्ना नहुने उल्लेख गरेका छन् ।

जनता र प्रहरी बीचको सम्बन्धलाई बलियो बनाउन भन्दै २०७१ मा देशभर नेपाल प्रहरीले एक साथ मुस्कान सहितको सेवा सुरु गरेको थियो । प्रहरीले त्यस बेला ल्याएको नाराले सबैको मन त छोयो तर वर्दीधारी प्रहरीको मुहारमा मुस्कान देख्न भने विरलै पाइने गरिएको छ ।

नेपाल प्रहरीले यसअघि मुस्कान सहितको सेवा, टोल–टोलमा प्रहरी, प्रहरी मेरो साथी, जिब्रोको गरिमा, मीठो बोलीमा लगायतका अभियान सञ्चालनमा नल्याएको होइन । तर प्रहरीका कार्यशैली नफेरिएकै कारण प्रहरी जहिल्यै विवादको भूमरीमा धकेलिंदै मात्र आएको छैन जनतामा विश्वास पनि घट्दो छ ।

‘सत्य सेवा सुरक्षणम’ नेपाल प्रहरीको मुख्य नारा हो । ‘सत्य सेवा सुरक्षणम’ को अर्थ हुन्छ– सधैँ सत्यको पक्ष लेऊ, सधैँ सेवा गर र सत्यका पक्षधरहरुको सुरक्षा गर । तर, दुर्भाग्य ! प्रहरीको यो आदर्शको बिल्ला छातीमा भिरेर अपराधकर्ममा लागेका केही प्रहरी र नेताको कठपुतली बन्नु परेका कारण सिंगो संगठन नै बदनाम हुने गरेको छ ।

न्युन तलब, क्षमता वृद्धि, समय सिमाको पावन्दी भन्दा वाहिर गएर गर्नु पर्ने डिउटीका कारण प्रहरी पनि सधै तनावमा नै हुन्छन् भन्ने कुरा हामीले झुल्नु हुदैन । जनसंख्या अनुसार प्रहरीको दरवन्दी संख्या धेरै काम छ ।

जनताको शान्ति सुरक्षा जस्तो महत्वपूर्ण कार्यमा खटिने सुरक्षाकर्मीले सामान्य घर समेत चल्न सक्ने गरी तलब सुविधा दिन सकेको छैन् । माथिल्लो दर्जाबाट सधै आदेशका नाममा तल्लो दर्जा माथि दमन हुदै आएको छ ।

अपारदर्शी वढुवा प्रकृया, राजनीतिक हस्तक्षेप, घरायसी समस्या मात्र हैन आफ्नै स्वास्थ्य समस्यालाई समेत विरामी भएको बेला उपचार गराउन नपाउने प्रहरीका धेरै पिडा होला तर कुनै पनि बहानामा जनता माथि ज्यादती गर्ने छुट भने अवश्यपनि कुनै प्रहरीलाई कहिलैं मिल्ने छैन् ।

नेपाल प्रहरी जनताको सुरक्षाका लागि हो कि सत्ताको संरक्षणका लागि भन्ने बहस अहिलेको सन्दर्भमा झन् पेचिलो बन्दै गइरहेको छ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top