NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग सोमवार मंसिर १ , २०८२
मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया सोमवार मंसिर १ , २०८२
शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ? सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

भैरव रिसालःपत्रकारिताको एक युगको अन्त्य

सोमवार चैत्र २५ , २०८१
Reading Time: 1 min read
A A
भैरव रिसालःपत्रकारिताको एक युगको अन्त्य
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ चैत , काठमाण्डौ।

वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उनको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको हो ।

उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए । पत्रकार रिसालले मानव अधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

LS Auto

उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गरेका थिए । रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार पनि भएका थिए ।

उनले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित उनले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गरेका थिए ।

जनगणनाका क्रममा हाल भारतीय नियन्त्रणमा रहेको नेपाली भूभाग लिम्पियाधुरा क्षेत्रको समेत गणना गरेका थिए । वातावरण संरक्षणका लागि रिसालले लिएका पहल पनि सम्झनालायक छन् ।

५० को दशकमा स्थानीयस्तरका राजनीतिक कार्यकर्तालाई वातावरण संरक्षणको महत्त्व बुझाउन वातावरण पत्रकार समूहले जिल्लाजिल्लामा कार्यक्रम गरेको थियो । त्यसको परिकल्पनाकार रिसाल नै थिए ।

रिसालकै आग्रहमा भूगोलविद् हर्क गुरुङ विभिन्न जिल्ला पुगेका थिए । स्थानीयहरूलाई आधुनिक र उन्नत कृषि प्रणालीतर्फ अग्रसर गराउन पनि रिसाल सक्रिय थिए । आलु खेतीमै मात्र सीमित रहेका इलाम जसबिरेका किसानहरूलाई नयाँ कृषि प्रविधि प्रयोग गर्न, चिया र दूधजस्ता उत्पादनमा लाग्न प्रेरित गर्ने श्रेय पनि उनैलाई जान्छ ।

रिसाललाई सार्वजनिक आह्वानमार्फत स्रोत परिचालन गरेर दूरदराजका नागरिकलाई सेवा उपलब्ध गराउने अभियन्ताका रूपमा पनि सम्झिने गरिन्छ । उनकै अग्रसरतामा ५० कै दशकमा धादिङ र चितवनका चेपाङलाई रेडियो, बाजुराका सार्वजनिक स्कुलहरूमा शब्दकोश र कर्णाली उज्यालोजस्ता अभियान सञ्चालन गरिएको थियो ।

ती अभियानका लागि स्रोत जुटाउन उनले सार्वजनिक रूपमा आह्वान गरेका थिए । डा. देवेन्द्रराज पाण्डे अध्यक्ष रहेको स्वावलम्बन अभियानलाई पाल्पा, गोरखालगायत जिल्लामा फैलाउन पनि रिसाल सक्रियतापूर्वक लागेका थिए ।

गत वर्ष ९६ औं जन्मदिन मनाउँदासम्म पनि लेखन र समाजसेवामा सक्रिय रिसाल पछिल्लो एक वर्षयता भने स्वास्थ्यका कारण निष्क्रिय थिए । रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरवदाइ’ लगायत पुस्तक प्रकाशित छन् । उनका श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् ।

Tags: #पत्रकार भैरव रिसालको निधन

लोकप्रीय

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२

विचार

थप समाचार

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग
अन्तर्राष्ट्रिय

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?
खेलकुद

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२

हालका पोस्टहरू

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.