×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026

मुकुलको मिसन रवि विनाको रास्वपा

२४ चैत्र २०८१

२५ चैत , काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा कारागार चलान भएका छन् । पार्टी सभापति नै जेल चलान भएपछि रास्वपाजन पार्टीको भविष्यलाई लिएर यतिबेला गहन चिन्तन र पीडामा छन् ।

Advertisement
Advertisement

तर रास्वपाबाट निकालिएका पूर्वमहामन्त्री समेत रहेका डा मुकुल ढकालले भने रवि वर्षाैका लागि मामा घर गएको भन्दै अब रविलाई पार्टीले विर्सनु पर्ने बताएका छन् । रविले रास्वपालाई पार्टी बनाउनुको साटो क्लव बनाएको भन्दै अब क्लबबाट रास्वपालाई पार्टी बनाउनु पर्ने बताएका छन् ।

उनले लेखेका छन्, काङ्ग्रेस एमालेका लाखौँ झोलेसँग त नडराइ पार्टी खोल्ने निर्णय गरेका थियौँ । चुनावी रणनीति अन्तर्गत रवि दाइको नामको ब्रान्डिङमा अघि बढ्यौँ, क्लव हुँदै पार्टी बनाउनपर्ने थियो तर क्लवलाई पार्टी बनाउने बेला रवि दाइले मलाई निकाले, किनकी उनलाई कहिले पनि पार्टी बनाउनु नै रहेनछ, क्लवमा नै रमाउनु थियो । अब रवि दाइ वर्षौँका लागी मामाघर जानु भएको छ । अब क्लवबाट पार्टी बनाउनपर्छ । रवि दाइलाई बिर्सनपर्छ । रविको क्लवबाट अब राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ । हिजो जसरी काङ्ग्रेस एमालेका लाखौँ झोलेसँग डराएनौँ, त्यसरी यी दुइ(चार हजार अरिङ्गालसँग पनि डराउनु पर्दैन । झोले र अरिङ्गालमुक्त राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ ।

मुकुलको यो अभिब्यक्ति आएपछि नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले भने खुशी ब्यक्त गरेका छन् । उनले लेखेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले स्वतन्त्र पार्टी बन्नको लागि जेल पुगेका सभापति रवि लामिछानेलाई सबैले बिर्सर्नुपर्ने बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमा उनले लेखेका छन् ,‘रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ । तितो लाग्न सक्छ, तर सत्य यहि हो, राष्ट्रिय स्वतन्त्र पार्टी बन्न रवि दाइलाई अब सबैले बिर्सनपर्छ । दुइ–चार सय अराजक पिछलग्गुका कमेन्ट हेरेर डराउन जरूरी छैन ।’ महेशले मुकुलले लेखेको काङ्ग्रेस एमालेका लाखौँ झोले भन्ने विषयहरु चाँही उल्लेख गरेका छैनन् ।

सोमबार रुपन्देही जिल्ला अदालतमा पेस गरेर सभापति लामिछानेलाई जिल्ला कारागार चलान गरिएको हो । जिल्ला अदालतले थुनुवा पुर्जी दिएपछि लामिछानेको जिल्ला कारागारमा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणपछि लामिछानेलाई कारागार चलान गरिएको जेलर सुरेश भण्डारीले जानकारी दिए ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

अदालतको आदेशसँगै लामिछानेलाई शुक्रबार राति नै काठमाडौंको बूढानीलकण्ठस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार राति पक्राउ परेका लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखेर शनिबार बिहान यती एयरलाइन्सको विमानमार्फत भैरहवा ल्याइएको थियो ।

सार्वजनिक बिदा परेकाले सोमबार मात्रै लामिछानेलाई अदालतमा उपस्थित गराइएको थियो । लामिछानेलाई दुई दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो । अब रवि अदालतको अर्काे आदेश नआउन्जेल रुपन्दहेही कारागारमा नै बस्नेछन् । उ

नलाई अहिले ब्लक ४ को एकल कोठामा राखिएको छ । लामिछाने जेल चलान भएपछि राजनीतिक मैदानमा एउटा नयाँ मोड आएको छ । टेलिभिजन होस्टबाट राजनीतिमा हामफालेर छोटो समयमा लोकप्रियता कमाएका रवि अब रूपन्देहीको कारागारको एकान्त कोठामा रहने छन् ।

Advertisement

यस्तो बेला एकातिर पार्टीका कार्यकर्ता स्तब्ध र चिन्तित छन् भने विपक्षी हौसिएका छन् । यही समयको लाभ उठाउँदै पुराना सहयात्री ढकालले भने रविमाथिको बदलाको भावमा उनलाई बिर्सिन आह्वान गर्दै पार्टीलाई नयाँ दिशा दिनुपर्ने बहसको सुरुवात गरेका छन्।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top