NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट बुधबार साउन २१ , २०८२
उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता बुधबार साउन २१ , २०८२
Next
Prev

समाचार

पूर्वराजालाई कठघरमा उभ्याउने को हो ? प्रसाईँलाई सुट गर्छु भन्ने को ?

शुक्रबार चैत्र २९ , २०८१
Reading Time: 1 min read
A A
पूर्वराजालाई कठघरमा उभ्याउने को हो ? प्रसाईँलाई सुट गर्छु भन्ने को ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२९ चैत , विराटनगर ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भयो । मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रदर्शनका ‘कमान्डर’ थिए । प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भयो ।

प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गयो । प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन १०० भन्दा बढी राउन्ड गोली चलाएको थियो । त्यस दिन प्रसाईं प्रहरीको ज्यान लिने शैलीमा गाडी कुदाएर फरार भए ।

भागेर प्रसाईंसहित उनका अंगरक्षक दिपक खड्का भारत पुगेका थिए । घटनाको १४ दिनपछि भारतमा लुकिरहेका प्रसाईं र उनका अंगरक्षकलाई पक्राउ गरी नेपाल ल्याइएको छ। प्रहरी अनुसन्धानको घेरामा रहेका उनीहरूमाथि अदालतले १२ दिनको म्याद दिएको छ।

राजधानीमा भड्किएको त्यो दिनको आगो अहिले अनुसन्धानको टेबलमाथि आइपुगेको छ । जसले अब अनेक राजनीतिक, कानुनी र सामाजिक तहमा बहसको ढोका खोलेको छ।
प्रसाई पक्राउ परेपछि गणतन्त्रवादीहरु अब थप एक कदम अघि बढ्ने तयारीमा जुटेका छन् ।

प्रसाईँलाई हत्कडी लगाईँसकेपछि अब उनीहरु पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी कठघरामा उभ्याउने तयारीमा जुटेका छन् । यसको खुलासा प्रमुख सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश वर्ताैला र नेपाली कांग्रेसका सांसद जीवन परियारले नै गरेका छन् ।

उनीहरुले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसद्मा बोलाउने प्रस्ताव गरेका छन् । ज्ञानेन्द्र जवाफदेही हुनुपर्ने भन्दै उनीहरुले जवाफ लिनेगरी संसदीय समितिमा बोलाउनुपर्ने बताएका हुन् । कांग्रेस सांसद जीवन परियारले कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर घटनाबारे सोधपुछ गर्नुपर्ने बताए ।

‘पूर्वराजा ज्ञानेन्द्रलाई समितिमै भएपनि बोलाएर घटनाबारे सोधपुछ गरौं,’ उनले प्रस्ताव गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र आम नागरिक सरह रहेको बताउँदै उनले भनेका छन्, ‘उनलाई पनि नागरिकलाई जति अधिकार हो त्यति अधिकार छ । लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार कसैलाई छैन ।’

एमाले, माओवादी, एकीकृत समाजवादीका सांसदहरूले पनि तीनकुने घटनाबारे पुर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने माग राखेका छन् । समितिको बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति समेतको पृष्ठभुमिमा तीनकुने घटना भएको जिकिर गरे ।

‘त्यो घटनाको अनुसन्धान प्रक्रियामा पूर्वराजालाई पनि कहीँ न कहीँ जवाफदेहितामा ल्याइनुपर्छ,’ बर्तौलाले भने, ‘उहाँलाई पनि प्रश्नको दायरामा, जवाफदेहिताको दायरामा ल्याउनुपर्छ ।’
बैठकमा नेपाली कांग्रेसकी सांसद नागिना यादवले भने चैत १५ गतेको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डरलाई सुट गर्ने आदेश नदिएको भन्दै गृहमन्त्रीको आलोचना गरेकी छन्। समितिमा बोल्दै सांसद यादवले प्रहरीलाई किच्ने गरी गाडी कुदाएका प्रसाईँबारे भनिन्, ’म मन्त्री भएको भए सुट गर्ने आदेश दिन्थेँ। कडाभन्दा कडा कारबाही गर्नुपर्छ।’

सत्तारुढ दलका सांसदहरु प्रसाई र पूर्वराजाविरुद्ध आक्रमक रुपमा प्रस्तुत भइरहदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले भने तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् ।

समितिको बैठकमा राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले तीनकुनेको घटना सरकारले नै नियोजित रुपमा गराएको आरोप लगाए । ‘उत्तेजित गराउने काम सरकारले गर्यो । हाम्रो बुझाइ– त्यो घटना नियोजित रुपमा गरेको छ,’ सांसद प्रधानले भने, ‘मैले आरोप लगाएँ– प्रधानमन्त्री चुक्नुभएको छ । उक्साहटको काम उहाँले गर्नुभएको छ ।’

राप्रपा सांसद प्रधानले प्रहरीले तीनकुनेको मञ्चमा टियर ग्यास हानेर प्रदर्शनकारीलाई उत्तेजित बनाएको र अप्रिय घटना भएको जिकिर गरे । ‘राजावादी र गणतन्त्रवादी भनेर कम्पेयर गर्न खोजियो । यो ठिक र त्यो बेठीक भन्न खोजियो ।प्रधानमन्त्रीले शान्त भनेको सभामा टियर ग्यास हानिएको थियो भने शान्त हुन्थ्यो ?’ प्रधानले प्रश्न गरेका छन् ।

पृष्ठभूमि ख्याल नगरी घटनाको वास्तविकता बुझ्न नसकिने उल्लेख गर्दै उनले थपे, ‘राष्ट्रियगान बज्दै गर्दा टियर ग्यास हानिएको छ । अन्तिमसम्म ७÷८ सय टियर ग्यास हानियो । यसले देखाउँछ– उत्तेजित गराउने काम सरकारले नै ग¥यो ।’

उनले थपे, ‘त्यो दिन चेन अफ कमान्ड ब्रेक भएको छ । नेतृत्वको हिसाबले प्रधानमन्त्रीले सम्पूर्ण जिम्मेवारी लिनुपर्छ ।’ तीनकुने घटनाको निश्पक्ष छानबिन गरेर सही निचोडमा पुग्न न्यायीक आयोग गठन गर्नुपर्ने उनले बताए ।

आफूहरुले सरकार र प्रधानमन्त्रीलाई जिम्मेवार देखेको तर सरकारले अस्विकार गरिरहेको अवस्थामा न्यायीक आयोग बनाइनु उपयुक्त हुने उनको राय छ । बैठकमा उपस्थित भएका गृहमन्त्री रमेश लेखकले भने तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमा ब्याख्या गरे ।

उनले भने, ‘त्यो संविधान च्यात्ने, व्यवस्था मास्ने प्रयास थियो ।’ संसदीय समितिमा घटनाको विवरण सुनाउँदै गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने बताए । तर लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने उनले बताए ।

तीनकुने घटनाबारे जानकारी गराउनेक्रममा लेखकले घरमा आगो लगाएर, जिउँदै मान्छे पोलेर हिन्दूराष्ट्र आउँछ? भन्ने प्रश्न उनले गरे । उनले हिन्दू धर्मले मान्छेका घरमा आगो लगाउने, आगो लगाएर मान्छे मार्ने कामलाई प्रोत्साहन नगर्ने पनि बताए।

उनले भने, ’मान्छेलाई घरभित्र आगो लगाएर मारिएको छ। मान्छेका घरमा आगो लगाइएको छ । यसरी हिन्दूराष्ट्र आउँछ? हिन्दू धर्मले यही भन्छ?’ उनले भने , आयोजक थाहा छ, त्यहाँ भाषण् गरेर कसले के बोल्यो त्यो पनि थाहा छ । क–कसले के–के उदण्डता गरे थाहा छ । यो त अपराधिक गतिविधि हो नि ।

यसमा सरकारले राज्यका प्रचलित कानूनअनुसार कारबाही अगाडि बढाएको छ । सरकारको रेगुलर क्रिमिनल जस्टिस सिस्टमले यसमा काम गर्छ । छानविन निश्पक्ष हुन्छ, स्वतन्त्र हुन्छ । कुनैपनि आग्रह र पूर्वाग्रह प्रेरित हुँदैन । एक एक जना मानिसले गरेका कामहरुमा गम्भिरतापूर्वक अनुसन्धान गरेर निष्कर्षमा पुग्छौं ।

जो मान्छे दोषि हुन्छ उसका माथि कानूनी कारबही हुन्छ, जो मान्छे दोािष हुदैन उसलाई कारबाही हुँदैन । केही मान्छेहरु प्रक्राउ पर्नु भएको छ । पक्राउ पर्ने क्रम जारी छ । र अनुसन्धान जारी छ । पक्राउ पर्ने क्रम पनि निरन्तर अगाडि जान सक्छ । को को मान्छेको भूमिका देखिन्छ । त्यही ढंगले अनुसन्धान हुन्छ, कानूनी कारबाही हुन्छ ।’

उनले लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कशताको खोजि गर्नु कुनैपनि हिसावले उचित नहुने बताए । जनतामा गएर आफ्नो कुरा राखेर निर्वाचित हुने अधिकार संविधानले सबैलाई दिएको भन्दै पूर्व राजालाई पनि निर्वाचनमा जान उनले सुझाए । उनले भने, हामी त जनताबाट निर्वाचित भएर आएका मानिसहरु हौं । फेरि ०८४ मा जानु छ । जनताले पठाएको बेला आउने हो । नपठाएको बेला आउने होइन नि ।’

चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शन हिंस्रक बनेको थियो। उक्त प्रदर्शनमा निजी तथा सरकारी संरचनामा तोडफोड र आगजानी गरिएको थियो। प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान पनि गएको थियो। राजावादीले निजी घरमा लगाउँदा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो।

यही घटनामा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री भवल शमशेर जबरा प्रहरी हिरासतमा छन् । प्रसाई पनि आज पक्राउ परेका छन् । उनीहरुलाई संगठित अपराध, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ। राजसंस्था पुर्नस्थापना समितिका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा छन् ।

सरकारले तीनकुने घटनामा जोडिएको भन्दै खोजी खोजी पक्राउ गरिरहेको छ । अब दलहरुको ध्यान पूर्वराजा ज्ञानेन्द्रतर्फ मोडिएको छ । यसअघि नै बसेको राप्रपा र रास्वपाबाहेकको सर्वदलीय बैठकले तीनकुने घटनाको जिम्मा पूर्वराजाले लिनुपर्ने निष्कर्ष निकालेको थियो ।

तर राप्रपासहित राजावादीहरुले राज्यपक्षले नै तीनकुनेको सभा विथोलेको र अत्याधिक बल प्रयोग गरेको भन्दै न्यायिक छानविनको माग गरिरहेका छन् । सरकारले यसको औचित्य नै नरहेको बताएपछि उनीहरुले नागरिक स्तरको छानविन समिति गठन गरेका छन् ।

सत्तारुढ दलकै नेताहरुले पूर्वराजालाई पक्राउ गर्नुपर्ने समेत माग गर्दै आएका छन् । तर राप्रपासहित राजावादीहरुले उनलाई पक्राउ गरेर देखाउन चुनौती दिँदै आएका छन् । उनीहरु राजा फर्काउने अभियानमा छन् । सरकारले तीनकुने घटनापछि ज्ञानेन्द्रको सुरक्षामा खटिएको टोली परिवर्तन गर्दै केही घटाएपनि थप अन्य केही कदम चालेको छैन् ।

तर अब प्रसाई पक्राउ गरेपछि भने गणतन्त्रवादीहरुले ध्यान ज्ञानेन्द्रतर्फ मोडिएको छ । तीनकुने घटनाले नेपाली राजनीति झन् ध्रुवीकृत बनाइदिएको छ। एकातर्फ गणतन्त्रका पक्षधरहरू पूर्वराजालाई नै मुख्य योजनाकारका रूपमा चित्रित गर्दै कारबाहीको माग गरिरहेका छन् भने अर्कातर्फ राजावादी शक्तिहरू ज्ञानेन्द्रप्रति बढ्दो आक्रोशलाई सत्ता संरक्षित प्रतिशोधका रूपमा व्याख्या गरिरहेका छन्।

प्रसाईंको गिरफ्तारीले यो बहसमा नयाँ ऊर्जा थपेको छ ।अब सबैको केन्द्रमा एकजना व्यक्ति छन्, जसलाई इतिहासले पहिले पनि निर्णायक मोडमा उभ्याइसकेको थियो । उनी हुन् पूर्वराजा ज्ञानेन्द्र।

सुरक्षा व्यवस्थामा भएको सानो फेरबदल र सत्तापक्षको दबाब र राजावादीको उत्तेजित चुनौतीबीच सरकारको कूटनीतिक मौनताले मुलुक एक पटक फेरि राजनीतिक सन्तुलनको नाजुक डोरीमा झुन्डिरहेको छ। यो डोरी कतिखेर चुँडिन्छ वा फेरि कसरी गाँसिन्छ ? त्यो अबको निर्णय, कदम र सावधानीमा भर पर्नेछ। यसबारे तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

Tags: #गणतन्त्रवादी पूर्वराजा#नेपाल टाईम्स ट्रेन्डिंग#राजावादी गणतन्त्रको पछि

लोकप्रीय

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२

विचार

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२

थप समाचार

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने
आर्थिक

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान
Featured

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने
खेलकुद

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट
खेलकुद

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

World News:स्पेनले अमेरिकी एफ ३५ नकिन्ने, पुटिनसंग वार्ता गर्न ट्रम्पको शर्त || Nepal Times

00:14:03

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

00:17:47

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

00:14:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग

मङ्लबार साउन २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

पहिरोले ठाउँ ठाउँमा सडक अवरुद्ध, आज कहाँ छ जोखिम ?

मङ्लबार साउन २० , २०८२

हालका पोस्टहरू

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

डा. उज्ज्वल पाटनीको ‘बिजनेस ब्लु प्रिन्ट नेपाल’ काठमाडौंमा हुने

सोमवार साउन २६ , २०८२
‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

‘नेपाल टाइम्स’को नवौं वार्षिक उत्सवमा सम्पादक नेपाललाई सम्मान

आइतवार साउन २५ , २०८२
विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.