NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

प्रधानमन्त्री नामकै बदनाम गर्ने रोजगार कार्यक्रम

बिहिबार बैशाख ४ , २०८२
Reading Time: 1 min read
A A
प्रधानमन्त्री नामकै बदनाम गर्ने रोजगार कार्यक्रम
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ वैशाख , काठमाण्डौ ।
देशमा प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मका नाममा अनेकौं रोजगार कार्यक्रम घोषणा गरिएका छन् । तर कार्यान्वयनको अवस्था हेर्ने हो भने तिनले कार्यकारीहरुको नामकै धज्जी उडाउने खालका बन्न पुगेका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको अवस्था झनै बिजोग देखिएको छ । अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम उद्देश्यअनुरुप चल्न नसक्दा यसको औचित्यमाथि प्रश्न उठ्न थालेको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको सचिवालयका अनुसार यो वर्ष रोजगारीको आशमा करिव ८ लाखले आवेदन दिएका थिए । अहिलेसम्म ७ हजार ५ सयले मात्रै रोजगारी पाएका छन् । लाखौंको अवेदन पर्दा न्युन संख्यामा रोजगारी दिन सरकारले थालेपछि यसको आवश्यकता र औचित्यमाथि प्रश्न उठेको हो ।

LS Auto

बेरोजगार व्यक्तिलाई न्युनतम रोजगारीको प्रत्याभुति गर्न आवश्यक रोजगार सेवा र सहायता प्रदान गर्ने, दक्ष तथा सक्षम जनशक्ति विकास गरी आन्तरिक रोजगारीको प्रवद्र्धन र बिस्तार गर्ने, सरकारी, निजी, सहकारी तथा गैरसरकारी क्षेत्रहरु बीचको समन्वय र सहकार्यमा थप रोजगारीका अवसर सिर्जना गर्ने, आन्तरिक रोजगारी सिर्जनाका लागि आवश्यक नीतिगत र संरचनात्मक व्यवस्था गर्ने, सार्वजनिक पूर्वाधारहरुको निर्माण, स्तरोन्नति र बिस्तारमा योगदान गर्ने र आन्तरिक रोजगार सिर्जना सम्बन्धी अध्ययन अनुसन्धान गरी रोजगारीका नयाँ क्षेत्रहरुको पहिचान गर्ने उद्देश्यले यो कार्यक्रमको सुरुआत ओलीले गरेका थिए ।

तर उद्येश्य एकातिर नतिजा अर्कोतिर देखिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा लाखौंलाई सरकारले फर्म भराएर रोजगारी दिन सकेको छैन । यसवर्ष ७४३ ओटा स्थानीय तहले बेरोजगारहरुको सूची दर्ता गरेका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अघि बढाउन सरकारले विश्व बैंकसँग ऋण समेत लिएको थियो । यही कार्यक्रम अन्तर्गत युवा रोजगारी प्रवद्धर्न गर्ने भन्दै रुपान्तरण पहल परियोजनाका लागि १३ अर्ब ६२ करोड रुपैयाँ अर्थात १ सय २० मिलियन अमेरिकी डलर ऋण लिइएको थियो ।

यो ऋण सकिनै लाग्दा पनि अहिलेसम्म कार्यक्रम कार्यान्वयनको अवस्था राम्रो देखिँदैन । यसबीच प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यस वर्ष बजेट घटाइएकाले पनि कम रोजगारी सिर्जना भइरहेको राष्ट्रिय कार्यक्रम निर्देशक डण्डुराज घिमिरेले बताउछन् ।

उनले भन्नुभयो– ‘यो वर्षको बजेट अनुसार सुचीकृत धेरै भएपनि ६० हजारसम्मलाई रोजगारी दिने लक्ष्य छ । सूचिकृत भए जतिले रोजगारी पाउँदैनन् । यसवर्ष बजेट पनि कम छ । ४ अर्ब ५ करोड विश्व बैंकको ऋण खर्च गर्दैछौं । त्यसबाट तालिमका कार्यक्रमहरु पनि चल्दैछन । सरकारले २ अर्ब ४ करोड बजेट दिएको छ । यसबाट पनि रोजगारी सिर्जना गराइनेछ ।’

घिमिरेका अनुसार रोजगारी सिर्जना गरेर तलब भुक्तानी भइसकेपछि मात्रै रोजगारी प्राप्त गर्नेको विवरण संकलन गरिने गरिएको छ । त्यसैले अहिले रोजगारी पाउनेको संख्यामा कमी देखिएको हो । त्यसो त कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ देखि प्रधानमन्त्री रोजगार कार्यक्रमको सिको गर्दै मुख्यमन्त्री रोजगार कार्यक्रम सुरु गरेको थियो ।

कर्णाली प्रदेशका बेरोजगार तथा कोभिडबाट प्रभावित युवालाई स्थानीयस्तरमा रोजगारी सृजना गर्न, आयआर्जनका क्रियाकलाप सञ्चालन गर्न र सामुदायिक पूर्वाधार निर्माण कार्यमा संलग्न गराई गरिबी निवारणमा योगदान पुर्याउन कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम अघि बढाइएको थियो ।

कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि भने २०७८ सालमा बनाइयो । चालु आर्थिक वर्षमा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ अर्ब १५ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ । यो कार्यक्रमबाट चालु आर्थिक वर्षको अहिलेसम्म कतिले रोजगारी पाए त्यसको समेत यकिङ हिसाव राख्न मुख्यमन्त्री कार्यालयले सकेको छैन ।

चालु वर्षमा आयोजनाहरुमा छुट्टाइएको बजेटको ५० प्रतिशत भन्दा बढी परिश्रमिकमा खर्च हुने गरेको मुख्यमन्त्री रोजगार कार्यक्रम सुर्खेतका प्रशासकीय अधिकृत नविन ढकालले जानकारी दिए ।

मुख्यमन्त्री रोजगार कार्यक्रमका प्रशासकीय अधिकृत नविन ढकालले भने– ‘यो वर्ष स्थानीय तहमार्फत बजेट खर्च भइरहेको छ । आयोजनाहरुमा छुट्टाइएको आधा भन्दा बढी बजेट पारिश्रमीकमा खर्च गर्नू भनेका छौं ।’

उनकाअनुसार अहिलेसम्म कतिले रोजगारी पाए भन्ने सन्दर्भमा आर्थिक वर्षको अन्त्यसम्म तथ्यांक आउनसक्ने सम्भावना छ । अहिले स्थानीय तहमार्फत परियोजना कार्यान्वयन हुने क्रम चलिरहेको छ । यो कार्यक्रमलाई अझ प्रभावकारी बनाउन कार्यविधि संशोधनको काम समेत चलिरहेको ढकालले जनाए ।

Tags: #प्रधानमन्त्री रोजगार कार्यक्रम#रोजगारी बढेन

लोकप्रीय

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२

विचार

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म
ताजा समाचार

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.