NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने बिहिबार कार्तिक २० , २०८२
जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद् बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द बिहिबार कार्तिक २० , २०८२
रवि र छविको आज पेसी बिहिबार कार्तिक २० , २०८२
Next
Prev

समाचार

पूर्वराजा ज्ञानेन्द्रले गरे ‘सेफ ल्यान्डिङ’, जनआन्दोलन समितिलाई नचिन्ने

आइतवार बैशाख ७ , २०८२
Reading Time: 1 min read
A A
नेपालीलाई धरापमा पार्ने प्रपञ्च गरियोः पूर्वराजा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

६ वैशाख ,काठमाण्डौ ।

राजसंस्था पुनस्र्थापनाका लागि गठित जनआन्दोलन समितिका जनकमाण्डर बनाइएका दुर्गा प्रसाइँ हिरासत पुग्नु तथा समितिका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा परेपछि पूर्वराजाले राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ खोजेका छन् ।

चैत १५को प्रर्दशन हिंसात्मक र अराजक बनेपछि त्यसको जिम्मेवार पूर्वराजालाई बनाउनु पर्ने निचोडमा शीर्ष राजनीतिक दल र सरकार समेत पुगिसकेको अवस्थामा ज्ञानेन्द्रले भने जनआन्दोलन समितिको गठन प्रति नै अनविज्ञता प्रकरण गरेका थिए ।

उनकै उक्साहटमा दुई जनाको ज्यान जाने गरी हिंसात्मक आन्दोलन भएको राजनीतिक दलका नेताहरुले आरोप लगाइरहदा ज्ञानेन्द्रले भने आफूलाई सो समिति गठनका विषयमा कुनै जानकारी नभएको राप्रपाका नेताहरुलाई बताएका छन् ।

नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न भन्दै पूर्वराजाले निर्मल निवासमा राप्रपाका सातजना नेतालाई शनिबार ‘लन्च मिटिङ’मा बोलाएर यस्तो धारणा राखेका हुन् । सो भेटका क्रममा पूर्वराजा शाहले राजसंस्था पुनस्र्थापनाको आन्दोलनको नेतृत्व राप्रपाले नै गर्नुपर्ने बताएका राप्रपाका नेताले दाबी गरेका छन् ।

‘भेटमा उहाँले आन्दोलन नभई ‘जनताको भावना’को नेतृत्व गर्नुपर्ने शब्दावली प्रयोग गर्नुभयो,’ तीन नेताले भनेका छन् । भेटका अवसरमा पूर्वराजा शाहले संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्य पुनस्र्थापनाका संयुक्त जनआन्दोलन समितिको गठनप्रति अनविज्ञता प्रकट गरेको ती नेताको दाबी छ ।

साथै पूर्वराजाले तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईँलाई आफूले जनकमान्डर नतोकेकोसमेत प्रष्टीकरण दिएको उनको भनाइ छ । तीनकुने घटनामा दुई जनाको मृत्यु भएकोप्रति पूर्वराजा शाहले चिन्ता व्यक्त गरेपछि राप्रपा नेताहरूले नवराज सुवेदी संयोजकत्वको समितिबारे जिज्ञासा राखेका थिए ।

त्यसको जवाफमा उनले आफ्नो निर्देशनमा नभएको बताएका हुन् । ‘मैले कुनै समिति बनाउन निर्देशन दिएको या संयोजक तोकेको छैन, कसैलाई जनकमान्डर बनाएको होइन’,शाहको भनाइ उद्धृत गर्दै भेटमा सहभागी राप्रपाका एक नेताले भनेका छन् ।

तर ज्ञानेन्द्रले दिएको अनविज्ञता जनाएको खबर बाहिरिरहदा चैत १४ गते प्रसार्इँ र सुवेदीले ज्ञानेन्द्रसँग भेटवार्ता गरेका थिए । ज्ञानेन्द्रसँगको भेटवार्ता पछि नै प्रसाईँलाई जनकामण्डर बनाइएको थियो ।

चैत १५ को घटनापछि सुवेदी नजरबन्दमा परेका छन् भने आन्दोलन समितिको संयोजक डा. जगमान गुरुङ तोकिएका छन् । राजसंस्था पुर्नस्थापनाको आन्दोलनको नेतृत्व कसले गर्ने भन्नेमा सहमति नभएपछि पञ्चायतकालका मन्त्रीसुवेदीलाई संयोजक बनाइएको थियो ।

यसप्रति राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रश्न उठाउँदै आएका थिए । सुवेदीको नेतृत्वको आन्दोलनमा उनी सहभागीसमेत भएका थिएनन् । त्यसमा सहभागी भएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवलशमशेर राणा अहिले प्रहरीको हिरासतमा छन् ।

गणतन्त्र पक्षधर दलहरूले चैत १५ गतेको घटनाको जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्ने बताइरहेका बेला उनले सुवेदीलाई संयोजक र प्रसाईंलाई कमान्डर तोकिएको विषयमा अनविज्ञता व्यक्त गरेका हुन् ।

राजसंस्था पक्षधर दल राप्रपाले आज काठमाडौंको बिजुलीबजारलगायत ठाउँमा विरोध प्रदर्शन गर्दैछ । सामूहिक गिरफ्तारी दिँदै आन्दोलनलाई थप सशक्त बनाउने रणनीति लिएको राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ ।

राप्रपाका सिमित नेताको नेतृत्वमा प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै काठमाडौको सुरक्षा कडा बनाइएको छ । जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना लागु गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताएका छन् ।

राप्रपाले प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छैन । अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने खबर बाहिरिएपछि निषेधित क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ । बालुवाटार स्थित प्रधानमन्त्रीको निवास आसपासको निषेधित क्षेत्रमा पनि ठुलो सङ्ख्यामा सुरक्षा परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ ।

तर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने जे गर्ने हो भनेरै गर्ने बताएका छन् । उनले आजको प्रर्दशनबारे सामाजिक संजालमार्फत भनेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, योयो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो ।

जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौं ।’ वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी भएको भन्दै लिङ्दनेले थप लेखेका छन्, ‘हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ ।’

Tags: # ज्ञानेन्द्रले जनआन्दोलन समितिलाई नचिन्ने# पूर्वराजा ज्ञानेन्द्रले गरे ‘सेफ ल्यान्डिङ’#पूर्वराजा#राजसंस्था पुनस्र्थापना#राप्रपाको शरणमा ज्ञानेन्द्र

लोकप्रीय

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२

विचार

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२

थप समाचार

७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ
ताजा समाचार

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए
ताजा समाचार

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द
अन्तर्राष्ट्रिय

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.