×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

प्रचण्डसंग फोटो खिचेर देउवालाई झस्काउँदै ओली

२३ बैशाख २०८२

२३ वैशाख , काठमाण्डौ ।

सरकारमै रहेर सरकारकै तिव्र आलोचना गर्दै आएको नेपाली काँग्रेसलाई झस्काउने गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच केही दिनयता हिमचिम निकै बढेको छ । कहिले दुई पार्टीका अध्यक्षहरु एक्लाएक्लै गफिन थालेका छन् त कहिले विभिन्न बहानामा एमाले–माओवादीका अन्य नेताहरुबीच पनि छलफल बाक्लिन थालेको छ ।

Advertisement
Advertisement

दुई अध्यक्षले आफ्ना पार्टीमा एकताको पक्षमा रहेका केही नेताहरुलाई समेत संगै साक्षी राखेर पनि वार्ता गर्न थालेका छन् । यसले नेपाली काँग्रेसलाई एकातिर यी दुई दल फेरि एक भएर ठूलो दल बन्ने, अझै त्यसमा नेकपा एकीकृत समाजवादी पनि मिसिने चिन्ता थपेको छ ।

किनभने एकातिर प्रदेशस्तरमा नेताहरुले पार्टी एकताको आह्वान गर्न थालिसकेका छन्, भने अर्कातिर माधव–ओलीबीच पनि निकै लामो समयदेखि घोचपेचको श्रृंखला अवरुद्ध छ। यसले सकारात्मक माहोल बन्दै गएको नेताहरुले बताएका छन् ।

अर्कातिर पार्टी एक नै नभएपनि माओवादीसहितका दलहरु फेरि एमालेसंग मिल्दै सरकारमा आए आफू बाहिरिनु पर्ने चिन्ता काँग्रेसलाई छ । यी अनुमानका बीच सोमबारको संसद् बैठकमा ओली र प्रचण्डबिचको भेट र हाउभाउलाई लिएर यतिबेला निकै चर्चा भइरहेको छ ।

नेपाली कांग्रेससँग सत्तासाझेदारी गरिरहेको एमालेको माओवादीसँगको भेटघाट र सम्पर्कलाई गठबन्धनमा संभाव्य खटपटको रुपमा पनि हेरिएको छ । यसअघि आइतबार साँझ पनि सिंहदरबारमा ओली र दाहालबीच कांग्रेसलाई झस्काउने गरी भेटघाट भएको थियो ।

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको पदाधिकारी चयनका विषयमा छलफल गर्न भन्दै नेता वर्षमान पुनलाई लिएर आइतबार ओलीसँग कुराकानी गरेका दाहालले सोमबार संसद्मा पनि कांग्रेसलाई देखाउने गरी सामिप्यता देखाएका हुन् ।

वर्षमान कम्युनिस्ट एकताका पक्षमा उभिएका नेता हुन् । दश महिनाअघि दाहाललाई कांग्रेससँग मिलेर सत्ता बाहिर पु¥याएपछि दुई नेताबीच तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ। तर आइतबार टिआरसीको विषयमा छलफल गर्न भन्दै बोलाएको बैठकमा ओलीले दाहाललाई फरक किसिमले महत्व दिएको फोटोमा देखिएको थियो ।

कांग्रेस–एमाले सम्मिलित सरकार बनेको १० महिनामै कांग्रेसकै एक खेमाले तीव्र आलोचना गरिरहेको छ । जसको जवाफ ओली निकट सूर्य थापाले सोमबारको संसद बैठकमा पनि दिएका छन् ।
यहीबीच प्रचण्ड र ओली एकसाथ देखिएपछि धेरैले राजनीतिक कोर्स फेरिन लागेको हो कि भन्ने अनुमान गरिरहेका छन् । सोमबार संसद्मा पनि ओली र दाहालले एकअर्काप्रति हार्दिकता प्रर्दशन गरे ।

यसअघि संसद्मा भेट्दा एकअर्कालाई बेवास्ता गर्ने, न्यूनतम संसदीय मर्यादा नाघेर प्रधानमन्त्री र विपक्षी दलका नेताले संसद्मा बोल्दासमेत उपस्थित नहुने तहमा रहेका ओली–दाहाल सोमबार फरक रुपमा प्रस्तुत भए ।

तर ठूला नियुक्तिको विषयलाई लिएर कांग्रेससँग मतभेद बढिरहेका बेला ओलीले रणनीतिक रुपमा दाहालसँग सम्बन्ध सुधार भएको देखाउन खोजेको नेताहरुको बुझाइ छ । कांग्रेसको बार्गेनिङ कम गराउन ओलीले आफूलाई प्रयोग गर्न खोजेको माओवादीको बुझाइ छ ।

ओलीले पटक–पटक भेट्न आग्रह गरेपछि मात्र आइतबार सिंहदरबार गएको र त्यहाँ कांग्रेसलाई देखाउन आफूहरूलाई प्रयोग नगर्न दाहालले भेटअघि नै फोनमा भनेको माओवादीका एक नेताले बताएका छन् ।

दाहालपछि लगत्तै आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ओलीसँगै भेट गरेका थिए । उक्त भेटलाई सार्वजनिक नगरेर प्रधानमन्त्री ओलीको सचिवालयले दाहालसँगको भेटघाट चलिरहेकै बेला फोटो सार्वजनिक गरेको थियो ।

जसले पनि ओली कांग्रेसको दबाबलाई कम गर्न माओवादी देखाउन खोजिरहेका छन् भन्ने दाबीलाई बल पु¥याएको छ । यसबीच आज पनि ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा उक्त भेटघाट भएको हो । भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेको पार्टी सचिवालयले जनाएको छ ।

उता हिजो संसद्मा एमाले सांसद सूर्य थापाले पनि सरकारसँग असन्तुष्ट कांग्रेसभित्रको पक्षलाई जवाफ दिएका थिए । थापाले कांग्रेसका असन्तुष्ट महामन्त्री गगन थापा र शेखर कोइरालालाई पार्टीभित्रको प्रतिस्पर्धाको निशाना सरकारलाई नबनाउन आग्रह गरेका छन् ।

यता शेखर कोइराला कांग्रेस एमालेको सरकार सात बुँदे सहमतिअनुसार अघि नबढेको बताउँछन् । उनले भनेका छन् सात बुँदे सहमतिमा आधार भएर सरकार बनेको हो। संविधान संशोधन, आर्थिक सुधारका कुरा, भ्रष्टाचारलाई अन्त्य गर्ने, सुशासन दिने कुरा, दण्डहिनतालाई अन्त्य गर्ने कुरा त्यो कुराहरुमा सरकार चुकेको छ।

Advertisement

तर कोइराला आफूले सरकार ढाल्न लागेको भनेर गलत प्रचार भएको दाबी गर्छन् ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top