NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा सोमवार अशोज ६ , २०८२
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने आइतवार अशोज ५ , २०८२
पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास आइतवार अशोज ५ , २०८२
प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ आइतवार अशोज ५ , २०८२
अमेरिका, चीन वा जापान.. कुन देशको भिसा पाउन मुश्किल ? आइतवार अशोज ५ , २०८२
Next
Prev

समाचार

प्रचण्डसंग फोटो खिचेर देउवालाई झस्काउँदै ओली

मङ्लबार बैशाख २३ , २०८२
Reading Time: 1 min read
A A
प्रचण्डसंग फोटो खिचेर देउवालाई झस्काउँदै ओली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ वैशाख , काठमाण्डौ ।

सरकारमै रहेर सरकारकै तिव्र आलोचना गर्दै आएको नेपाली काँग्रेसलाई झस्काउने गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच केही दिनयता हिमचिम निकै बढेको छ । कहिले दुई पार्टीका अध्यक्षहरु एक्लाएक्लै गफिन थालेका छन् त कहिले विभिन्न बहानामा एमाले–माओवादीका अन्य नेताहरुबीच पनि छलफल बाक्लिन थालेको छ ।

दुई अध्यक्षले आफ्ना पार्टीमा एकताको पक्षमा रहेका केही नेताहरुलाई समेत संगै साक्षी राखेर पनि वार्ता गर्न थालेका छन् । यसले नेपाली काँग्रेसलाई एकातिर यी दुई दल फेरि एक भएर ठूलो दल बन्ने, अझै त्यसमा नेकपा एकीकृत समाजवादी पनि मिसिने चिन्ता थपेको छ ।

LS Auto

किनभने एकातिर प्रदेशस्तरमा नेताहरुले पार्टी एकताको आह्वान गर्न थालिसकेका छन्, भने अर्कातिर माधव–ओलीबीच पनि निकै लामो समयदेखि घोचपेचको श्रृंखला अवरुद्ध छ। यसले सकारात्मक माहोल बन्दै गएको नेताहरुले बताएका छन् ।

अर्कातिर पार्टी एक नै नभएपनि माओवादीसहितका दलहरु फेरि एमालेसंग मिल्दै सरकारमा आए आफू बाहिरिनु पर्ने चिन्ता काँग्रेसलाई छ । यी अनुमानका बीच सोमबारको संसद् बैठकमा ओली र प्रचण्डबिचको भेट र हाउभाउलाई लिएर यतिबेला निकै चर्चा भइरहेको छ ।

नेपाली कांग्रेससँग सत्तासाझेदारी गरिरहेको एमालेको माओवादीसँगको भेटघाट र सम्पर्कलाई गठबन्धनमा संभाव्य खटपटको रुपमा पनि हेरिएको छ । यसअघि आइतबार साँझ पनि सिंहदरबारमा ओली र दाहालबीच कांग्रेसलाई झस्काउने गरी भेटघाट भएको थियो ।

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको पदाधिकारी चयनका विषयमा छलफल गर्न भन्दै नेता वर्षमान पुनलाई लिएर आइतबार ओलीसँग कुराकानी गरेका दाहालले सोमबार संसद्मा पनि कांग्रेसलाई देखाउने गरी सामिप्यता देखाएका हुन् ।

वर्षमान कम्युनिस्ट एकताका पक्षमा उभिएका नेता हुन् । दश महिनाअघि दाहाललाई कांग्रेससँग मिलेर सत्ता बाहिर पु¥याएपछि दुई नेताबीच तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ। तर आइतबार टिआरसीको विषयमा छलफल गर्न भन्दै बोलाएको बैठकमा ओलीले दाहाललाई फरक किसिमले महत्व दिएको फोटोमा देखिएको थियो ।

कांग्रेस–एमाले सम्मिलित सरकार बनेको १० महिनामै कांग्रेसकै एक खेमाले तीव्र आलोचना गरिरहेको छ । जसको जवाफ ओली निकट सूर्य थापाले सोमबारको संसद बैठकमा पनि दिएका छन् ।
यहीबीच प्रचण्ड र ओली एकसाथ देखिएपछि धेरैले राजनीतिक कोर्स फेरिन लागेको हो कि भन्ने अनुमान गरिरहेका छन् । सोमबार संसद्मा पनि ओली र दाहालले एकअर्काप्रति हार्दिकता प्रर्दशन गरे ।

यसअघि संसद्मा भेट्दा एकअर्कालाई बेवास्ता गर्ने, न्यूनतम संसदीय मर्यादा नाघेर प्रधानमन्त्री र विपक्षी दलका नेताले संसद्मा बोल्दासमेत उपस्थित नहुने तहमा रहेका ओली–दाहाल सोमबार फरक रुपमा प्रस्तुत भए ।

तर ठूला नियुक्तिको विषयलाई लिएर कांग्रेससँग मतभेद बढिरहेका बेला ओलीले रणनीतिक रुपमा दाहालसँग सम्बन्ध सुधार भएको देखाउन खोजेको नेताहरुको बुझाइ छ । कांग्रेसको बार्गेनिङ कम गराउन ओलीले आफूलाई प्रयोग गर्न खोजेको माओवादीको बुझाइ छ ।

ओलीले पटक–पटक भेट्न आग्रह गरेपछि मात्र आइतबार सिंहदरबार गएको र त्यहाँ कांग्रेसलाई देखाउन आफूहरूलाई प्रयोग नगर्न दाहालले भेटअघि नै फोनमा भनेको माओवादीका एक नेताले बताएका छन् ।

दाहालपछि लगत्तै आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ओलीसँगै भेट गरेका थिए । उक्त भेटलाई सार्वजनिक नगरेर प्रधानमन्त्री ओलीको सचिवालयले दाहालसँगको भेटघाट चलिरहेकै बेला फोटो सार्वजनिक गरेको थियो ।

जसले पनि ओली कांग्रेसको दबाबलाई कम गर्न माओवादी देखाउन खोजिरहेका छन् भन्ने दाबीलाई बल पु¥याएको छ । यसबीच आज पनि ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा उक्त भेटघाट भएको हो । भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेको पार्टी सचिवालयले जनाएको छ ।

उता हिजो संसद्मा एमाले सांसद सूर्य थापाले पनि सरकारसँग असन्तुष्ट कांग्रेसभित्रको पक्षलाई जवाफ दिएका थिए । थापाले कांग्रेसका असन्तुष्ट महामन्त्री गगन थापा र शेखर कोइरालालाई पार्टीभित्रको प्रतिस्पर्धाको निशाना सरकारलाई नबनाउन आग्रह गरेका छन् ।

यता शेखर कोइराला कांग्रेस एमालेको सरकार सात बुँदे सहमतिअनुसार अघि नबढेको बताउँछन् । उनले भनेका छन् सात बुँदे सहमतिमा आधार भएर सरकार बनेको हो। संविधान संशोधन, आर्थिक सुधारका कुरा, भ्रष्टाचारलाई अन्त्य गर्ने, सुशासन दिने कुरा, दण्डहिनतालाई अन्त्य गर्ने कुरा त्यो कुराहरुमा सरकार चुकेको छ।

तर कोइराला आफूले सरकार ढाल्न लागेको भनेर गलत प्रचार भएको दाबी गर्छन् ।

Tags: #देउवालाई झस्काउँदै ओली#प्रचण्डसंग बढ्यो ओलीको हार्दिकता

लोकप्रीय

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा

सोमवार अशोज ६ , २०८२
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२

विचार

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा

सोमवार अशोज ६ , २०८२
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२

थप समाचार

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा
Breaking news

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा

सोमवार अशोज ६ , २०८२
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने
ताजा समाचार

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा
ताजा समाचार

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?
ताजा समाचार

प्रचण्डको भविष्यवाणी, जेनजीले पूरा गरे !ओलीको पत्तासाफ

आइतवार अशोज ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:भेनेजुएला–अमेरिकाबीच अघोषित यु*द्ध, ७ यु*द्ध रोकेको ट्रम्पको दाबी

World News:भेनेजुएला–अमेरिकाबीच अघोषित यु*द्ध, ७ यु*द्ध रोकेको ट्रम्पको दाबी

00:20:21

World News: UKको फाइटर जेट पोल्याण्डमा तैनाथ, अफगानिस्तानमा फेरि निहुँ खोज्दै Trump || Nepal Times

00:16:33

World News: Russia–भियतनामबीच गोप्य सम्झौता, पाक–चीनको प्रस्तावविरुद्ध भिटो || Nepal Times

00:21:52

World News: Americaमाथि व्यापार नाकाबन्दी, Russiaमा शक्तिशाली भूकम्प || Nepal Times

00:19:53

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

ओलीले शक्तिशाली शासक बन्न खिचेका ३ विभाग ८ वर्षपछि फिर्ता

आइतवार अशोज ५ , २०८२
अर्थमन्त्रीले दिए करदातालाई राहत, एक महिना थपियो कर तिर्ने समय

यस्तो हुन्छ जनताको सरकार,सर्किट लागेको भोलिपल्टै छानविन

शुक्रबार अशोज ३ , २०८२

हालका पोस्टहरू

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा

नेताहरु नसुध्रिए अझ ठूलो विद्रोह हुन सक्छः सुनिल शर्मा

सोमवार अशोज ६ , २०८२
हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

हितेन्द्रले राजीनामा नदिने, कुलमानको निर्देशन पालना गर्ने

आइतवार अशोज ५ , २०८२
बालकोटमा राखेको बैठकमा गएनन् प्रचण्ड–देउवा

पार्टी पुनर्गठन गर्ने प्रस्ताव कांग्रेसमा फेल माओवादीमा पास

आइतवार अशोज ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.