NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने बिहिबार साउन १५ , २०८२
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल बिहिबार साउन १५ , २०८२
पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर बिहिबार साउन १५ , २०८२
ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ? बिहिबार साउन १५ , २०८२
नेपालको ‘होरा ई स्पोट्र्स’ पब्जी विश्वकपको फाइनलमा बिहिबार साउन १५ , २०८२
Next
Prev

समाचार

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

आइतवार बैशाख २८ , २०८२
Reading Time: 1 min read
A A
अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ वैशाख,काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यका उच्च पदमा पुगेकाहरुलाई मिडियाहरुले तिमी भनेर सम्बोधन गरेको मन पर्दैन । उनी आफ्ना फोटाहरुमा सुन लगाइदिएर भाइरल बनाइदिनेप्रति आक्रोशित हुन्छन् ।

आफ्ना उखान टुक्कामिश्रित र घरघरमा ग्यासको पाइप जोडिदिने जस्ता भाषणहरु नपत्याइदिदा उनी झन रिसाउछन् । खेतका बीचमा किन भ्युटावर बनाएको भनेर प्रश्न सोध्नेलाई देखिसक्दैनन ।

Advertisement

पार्टीमा र सरकारमा पनि नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्नेलाई त झनै आफू थप २० वर्षसम्म नचटपटाउने उत्तर दिन्छन् । तर ओली स्वयं, अरुलाई भने तिमी त परको कुरा कसैको नाम लियो भने मुख कुल्ला गर्छु भन्छन् ।

फलानोको जस्तो मेरो पेट छ र ? घुस खानलाई भन्दै नामै किटेर कटाक्ष गर्छन् । पूर्वराजा वा राजसंस्था पक्षधरहरुलाई गाली गरेको सुन्दा गणतन्त्रका प्रधानमन्त्रीले नै बोलिरहेका हुन् त भनेर सोच्नु पर्नेअवस्था छ ।

उनीहरुलाई ओलीले भूत, प्रेत लगायतका शब्दहरु प्रयोग गरेर सम्बोधन गर्छन् । ओली सबैलाई शिष्टाचारको पाठ सिकाउछन् । तर आफू भने अशिष्टताको प्रतिक बनेका छन् । सबैलाई अर्ती उपदेश दिने प्रधानमन्त्रीको बोली, व्यवहार र आचरणले पटक पटक अशिष्ट प्रदर्शन गरेको छ ।

अहिले एउटा त्यस्तै फोटो भाइरल भएको जसले उनी कति अशिष्ट छन् भन्ने देखाएको छ । यो फोटो हो शनिबारको । बालुवाटारमा भएको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीको पद तथा गोपनीयताको शपथग्रहण समारोह थियो ।

जहाँ प्रधानमन्त्री ओलीको उपस्थितिमा यी पदाधिकारीले सपथ लिइरहेका छन् । उनीहरु उभिएर सपथ लिइरहँदा प्रधानमन्त्री भने बीचमा कुर्सीमा बसिरहेका छन् । त्यो पनि असुहाउँदो आसनमा ।

प्रधानमन्त्रीको कार्यालयमा भएको औपचारिक कार्यक्रममा ओली भने घरमा भएको पारिवारिक गफमा बसेको जस्तो छेउ लागेर बसेको देखिएका छन् । उनको यो आसनले नै उनको शिष्टतालाई मापन गर्छ ।

यो तस्बिरमा विश्वविद्यालयका कुलपति प्रा.डा. रमेशकुमार ढुंगेलले रजिस्ट्रार डा. डम्बरध्वज चेम्जोङलाई शपथ खुवाउँदै छन् । शिष्टाचारका हिसाबले प्राज्ञिक व्यक्तित्वहरूको शपथमा उभिनुपर्ने प्रधानमन्त्री कुर्सीमा बसेका मात्रै छैनन्, आसन नै अस्वाभाविक छ ।

यतिमात्रै होइन सोही समारोहमा शिक्षामन्त्री रघुजी पन्तले विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की र अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई शपथ खुवाउँदा पनि प्रधानमन्त्री यस्तै आसनमा थिए । अन्न पानी कै शरीर हो, त्यसमाथि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्य पनि प्रतिकुल हुन् सक्छ ।

तर वालुवाटारका शपथ समारोहका तस्विरमा ओलीको बसाइको आसन हेर्दा उनी उभिनै नसकेर बसिरहे जस्तो चाँही देखिदैन । अरुलाई सपथ खुवाउँदा मात्रै होइन ओली आफैले प्रधानमन्त्रीको सपथ लिदा पनि यस्तै हर्कतले आलोचित भएका थिए ।

यसअघि तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ ग्रहण गराउँदा ओलीले इश्वरको नाममा भन्दा त्यो पर्दैन भनेका थिए । त्यसपछि उनको त्यो भनाइ र पूर्व राष्ट्रपति भण्डारीको हासेको कुरा व्यापक आलोचित भएको थियो ।

प्रधानमन्त्री जस्तो पदमा, शपथ ग्रहण जस्तो औपचारिक कार्यक्रममा राष्ट्रपतिलाई नै सिकाउने, अराउने खालको हेपाईपूर्ण व्यवहार ओलीले प्रदर्शन गरेको भनेर व्यापक आलोचना भएको थियो । अहिले फेरि विश्वविद्यालयका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रममा उनको आसन आलोचनाको केन्द्रमा परेको छ ।

उनको यो तस्विरले ४ दिन अघि मात्रै राष्ट्रपतिले भन्नु भयो भन्छ कि भने भन्छ ? भन्दै ओलीले मिडियालाई दिएको अर्ती,उपदेशको स्मरण गराएको छ ।

Tags: #प्रधानमन्त्री आफै अशिष्ट#प्रधानमन्त्री केपी शर्मा ओली#शिष्टाचार सिकाउने प्रधानमन्त्री

लोकप्रीय

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

बिहिबार साउन १५ , २०८२
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

बिहिबार साउन १५ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

बिहिबार साउन १५ , २०८२

विचार

थप समाचार

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने
खेलकुद

अन्तर्राष्ट्रिय

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

बिहिबार साउन १५ , २०८२
ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?
ताजा समाचार

ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

बिहिबार साउन १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२
ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

बिहिबार साउन १५ , २०८२

हालका पोस्टहरू

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

बिहिबार साउन १५ , २०८२
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

बिहिबार साउन १५ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

बिहिबार साउन १५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.