×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

अर्ती दिने ओलीले नै मर्यादा विर्सिए,थचक्क बसिरहे

२८ बैशाख २०८२

२८ वैशाख,काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यका उच्च पदमा पुगेकाहरुलाई मिडियाहरुले तिमी भनेर सम्बोधन गरेको मन पर्दैन । उनी आफ्ना फोटाहरुमा सुन लगाइदिएर भाइरल बनाइदिनेप्रति आक्रोशित हुन्छन् ।

Advertisement
Advertisement

आफ्ना उखान टुक्कामिश्रित र घरघरमा ग्यासको पाइप जोडिदिने जस्ता भाषणहरु नपत्याइदिदा उनी झन रिसाउछन् । खेतका बीचमा किन भ्युटावर बनाएको भनेर प्रश्न सोध्नेलाई देखिसक्दैनन ।

पार्टीमा र सरकारमा पनि नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्नेलाई त झनै आफू थप २० वर्षसम्म नचटपटाउने उत्तर दिन्छन् । तर ओली स्वयं, अरुलाई भने तिमी त परको कुरा कसैको नाम लियो भने मुख कुल्ला गर्छु भन्छन् ।

फलानोको जस्तो मेरो पेट छ र ? घुस खानलाई भन्दै नामै किटेर कटाक्ष गर्छन् । पूर्वराजा वा राजसंस्था पक्षधरहरुलाई गाली गरेको सुन्दा गणतन्त्रका प्रधानमन्त्रीले नै बोलिरहेका हुन् त भनेर सोच्नु पर्नेअवस्था छ ।

उनीहरुलाई ओलीले भूत, प्रेत लगायतका शब्दहरु प्रयोग गरेर सम्बोधन गर्छन् । ओली सबैलाई शिष्टाचारको पाठ सिकाउछन् । तर आफू भने अशिष्टताको प्रतिक बनेका छन् । सबैलाई अर्ती उपदेश दिने प्रधानमन्त्रीको बोली, व्यवहार र आचरणले पटक पटक अशिष्ट प्रदर्शन गरेको छ ।

अहिले एउटा त्यस्तै फोटो भाइरल भएको जसले उनी कति अशिष्ट छन् भन्ने देखाएको छ । यो फोटो हो शनिबारको । बालुवाटारमा भएको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीको पद तथा गोपनीयताको शपथग्रहण समारोह थियो ।

जहाँ प्रधानमन्त्री ओलीको उपस्थितिमा यी पदाधिकारीले सपथ लिइरहेका छन् । उनीहरु उभिएर सपथ लिइरहँदा प्रधानमन्त्री भने बीचमा कुर्सीमा बसिरहेका छन् । त्यो पनि असुहाउँदो आसनमा ।

प्रधानमन्त्रीको कार्यालयमा भएको औपचारिक कार्यक्रममा ओली भने घरमा भएको पारिवारिक गफमा बसेको जस्तो छेउ लागेर बसेको देखिएका छन् । उनको यो आसनले नै उनको शिष्टतालाई मापन गर्छ ।

यो तस्बिरमा विश्वविद्यालयका कुलपति प्रा.डा. रमेशकुमार ढुंगेलले रजिस्ट्रार डा. डम्बरध्वज चेम्जोङलाई शपथ खुवाउँदै छन् । शिष्टाचारका हिसाबले प्राज्ञिक व्यक्तित्वहरूको शपथमा उभिनुपर्ने प्रधानमन्त्री कुर्सीमा बसेका मात्रै छैनन्, आसन नै अस्वाभाविक छ ।

यतिमात्रै होइन सोही समारोहमा शिक्षामन्त्री रघुजी पन्तले विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की र अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई शपथ खुवाउँदा पनि प्रधानमन्त्री यस्तै आसनमा थिए । अन्न पानी कै शरीर हो, त्यसमाथि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्य पनि प्रतिकुल हुन् सक्छ ।

तर वालुवाटारका शपथ समारोहका तस्विरमा ओलीको बसाइको आसन हेर्दा उनी उभिनै नसकेर बसिरहे जस्तो चाँही देखिदैन । अरुलाई सपथ खुवाउँदा मात्रै होइन ओली आफैले प्रधानमन्त्रीको सपथ लिदा पनि यस्तै हर्कतले आलोचित भएका थिए ।

यसअघि तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ ग्रहण गराउँदा ओलीले इश्वरको नाममा भन्दा त्यो पर्दैन भनेका थिए । त्यसपछि उनको त्यो भनाइ र पूर्व राष्ट्रपति भण्डारीको हासेको कुरा व्यापक आलोचित भएको थियो ।

प्रधानमन्त्री जस्तो पदमा, शपथ ग्रहण जस्तो औपचारिक कार्यक्रममा राष्ट्रपतिलाई नै सिकाउने, अराउने खालको हेपाईपूर्ण व्यवहार ओलीले प्रदर्शन गरेको भनेर व्यापक आलोचना भएको थियो । अहिले फेरि विश्वविद्यालयका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रममा उनको आसन आलोचनाको केन्द्रमा परेको छ ।

Advertisement

उनको यो तस्विरले ४ दिन अघि मात्रै राष्ट्रपतिले भन्नु भयो भन्छ कि भने भन्छ ? भन्दै ओलीले मिडियालाई दिएको अर्ती,उपदेशको स्मरण गराएको छ ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top