×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

किन असफल हुँदै छ ओलीको दुई तिहाइ सरकार ?

१७ आश्विन २०७५

समृद्धिको लक्ष्य र योजनासहित अगाडि बढेको दुई तिहाइ बहुमत प्राप्त सरकारप्रति जनस्तरबाट व्यापक रुपमा आलोचना शुरु भएको छ । महँगी घट्ने आशा गरेका नागरिकमाथि महँगी थोपरिएको छ । दशैंको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै सार्वजनिक यातायातमा भाडा वृद्धि गरिएको छ ।

सरकार मूलतः सात महिनाको अवधिमा नारा र भाषणमा मात्र बढी केन्द्रित भएको छ । नागरिकले सरकारको काम परिणाममा हेर्न चाहेका छन्, तर व्यवहारमा महसुस गर्ने गरी परिवर्तनको आभाष गर्न भने सकेका छैनन् ।

Advertisement
Advertisement

विगतमा राजनीतिक अस्थिरताका कारण काम गर्न नसकेको भन्दै पन्छिने चलन थियो, यस पटक पाँच वर्षको स्पष्ट म्यान्डेटसहित गठन भएको दुई तिहाइ बहुमत सरकारले पनि जनअपेक्षा अनुसार काम गर्न नसक्दा राजनीतिक अस्थिरता केवल बहानाबाजी मात्र भएको देखिएको छ । देशभर बलात्कारको घटना बढ्दो क्रममा रहेको छ ।कञ्चपुर घटनाले सिंगो सरकारमाथि नै प्रश्नचिन्ह खडा भएको छ ।

सरकारका मन्त्रीहरु काममा भन्दा पनि भाषण र उद्घाटनमा बढी रमाउन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली १२ दिने विदेश भ्रमणमा जानुभएपछि यता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मात्र होइन आफ्नै पार्टीभित्रबाटै चर्को आलोचना सुरु भएको छ ।

Advertisement
Advertisement

पार्टीका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ओलीसँग रुष्ट भएका छन् । प्रधानमन्त्री ओलीले सरकारको प्रतिरक्षा गर्न अरिङ्गालझै भएर लाग्न निर्देशन दिएको केही साता पनि बित्न नपाउँदै आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले संसद्देखि सडकसम्म सरकारविरुद्ध अरिङ्गालजस्तै खनिनु भएको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top