×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

१५ असार २०८२

१५ असार , काठमाण्डौ ।

पतञ्जलीको जग्गा प्रकरणमा अदालतबाट धरौटी माग गरिएका पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालमाथि पार्टी नेतृ रामकुमारी झाक्री आक्रोशित बनेकी छन् ।

Advertisement
Advertisement

अदालतमा भ्रष्टाचार मुद्दा चलेर ३५ लाख धरौटी माग गरेपछि पनि माधव नेपालले पार्टी अध्यक्ष पद नछाडेको विषयलाई लक्षित गर्दै अब मरेको सिनोलाई धेरै दिनसम्म बोकेर हिड्न नसक्ने भन्दै अर्ली महाधिवेशनमा जानु पर्ने माग गरेकी छन् ।

नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री समेत रहेकी झाँक्रीले पार्टी अध्यक्ष नेपालमाथि कानुनी र संवैधानिक समस्या देखिएकाले अब अर्ली महाधिवेशनमा जानुपर्ने बताएकी छन् ।

पार्टी निकट युवा सङ्घ नेपाल रुपन्देही जिल्ला भेलालाई शनिबार तिलोत्तमामा सम्बोधन गर्दै उनले समस्याको समाधान अर्ली महाधिवेशनबाट खोजिनुपर्ने बताएकी छन् ।पतञ्जलिको जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपामाथि मुद्दा चलेपछि अध्यक्ष पद समेत नछाडेको अवस्थामा झाँक्रीले पार्टी पुनर्गठन गर्नुभन्दा अर्ली महाधिवेशनमा जानु राम्रो हुने बताइन् ।

झाँक्रीले पार्टी अध्यक्ष नेपाललाई लक्षित गर्दै मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने कडा अभिव्यक्ति समेत दिएकी छन् । उनले भनेकी छन्, यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ । पार्टीमा अर्को ठूलो संकट छ । तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं । कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं । अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ । कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ । कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? गरौँ न त, अर्ली महाधिवेशन गरौँ । अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न…।

उनले कानुनी र संवैधानिक हिसाबले एकीकृत समाजवादी सहित अन्य पार्टीका सदस्यहरूमाथि पनि समस्या देखिएको प्रसङ्ग उल्लेख गर्दै अब पार्टी सुदृढ बनाउन करेक्सन गर्दै जानुपर्ने जिकिर गरिन् । एकीकृत समाजवादीको गत महाधिवेशन मनोनीतहरूबाट भएको सन्दर्भ कोट्याउँदै अब त्यसो गर्न नहुने उनको भनाई थियो ।

उनले पार्टीलाई सुधार गरेर लैजानुपर्नेमा जोड दिँदै अब असन्तुष्टिहरूलाई थुन्न नहुने बताइन् । नेता झाँक्रीले नेतृत्वमा एउटै व्यक्ति भइरहँदा ‘मास फ्रस्टेशसन’ भएको समेत दाबी गरिन् । उनले अब पार्टीलाई करेक्सन गर्दै नजाने हो भने असन्तुष्टिहरू बढ्दै जाँदा अराजकहरूको हातमा राजनीति जान सक्ने सङ्केत गरिन् ।

उनले पछिल्लो समय भएका राजनीतिक परिवर्तनले केही पनि गरेन भनेर भन्नलाई सजिलो भएपनि त्यसलाई चिर्ने गरी काम गर्ने पार्टी र नेता चाहिएको बताइन् । नेपालविरुद्ध विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्ट प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

त्यसलाई लिएर नै झाँक्रीले ‘अध्यक्षकै कारण संकट आएको’ बताएकी हुन् । तर पार्टीकै उपमहासचिव मेटमणि चौधरी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा उनले दिएको अभिब्यक्तिलाई लिएर नेकपा एसभित्र हलहल मच्चिएको छ ।

झाँक्रीको यो अभिव्यक्तिले नेकपा एसका नेता–कार्यकर्ताहरूर्ले आक्रोश ब्यक्त गरिरहेका छन् । पोलिटब्युरो सदस्य सुदेश पराजुलीले झाँक्रीले स्टन्ट गरेको आरोप लगाएका छन् । “लुम्बिनीतिर एउटा विक्षिप्त मानसिकताको पराकाष्ठा छरपस्ट भएछ । हिजोदेखि यो मानसिकता कहिले लुकेर, कहिले हो कि होइन कि जस्तो गरेर, कहिले कुनै नेतालाई भ्रममा पारेर, कहिले सामाजिक दुनियालाई प्रयोग गरेर, कहिले नक्कली स्टन्टबाजी गरेर उदय भएको हो,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

लुम्बिनी तिर एउटा विक्षिप्त मानसिकताको पराकाष्ठा छरपस्ट भएछ । हिजो देखि यो मानसिकता कहिले लुकेर, कहिले हो कि होईन की जस्त्तो गरेर , कहिले कुनै नेतालाई भ्रममा परेर , कहिले सामाजिक दुनियालाई प्रयोग गरेर , कहिले नक्कली स्टण्डबाजी गरेर उदय भएको हो ।  ’’ कहिले पदका निम्ति जस्तो सुकै सम्झौता गरेर प्राप्ति , कहिले पद सत्ता हस्तान्तरण गर्नु पर्दा रुवावासी’’ यो मानसिकताको विशेष गुण हो ।यस्तो मानसिकताको विश्वास गरेर हामी मुर्ख नबनौ ।

झाँक्री महाधिवेशनपछि नेकपा एसभित्र असन्तुष्ट छिन् । नेकपा एस स्थापनाका बखत अध्यक्ष नेपाललाई हात समाउँदै निर्वाचन आयोग लग्दै गरेको उनको तस्विर भाइरल बनेको थियो । तर पछिल्लो समय उनी नेकपा एमालेमा प्रवेश गर्न लागेको चर्चा पनि चलेको थियो ।

अध्यक्ष नेपालको मुद्दामा थुनछेक आदेश आउने बखत झाँक्री विशेष अदालत समेत पुगेकी थिइन् । माधव नेपाल धरौटीमा छुटेपछि दुई दिन अघि बसेको नेकपा एसको सचिवालय बैठकले माधव नेपालले तत्काल अध्यक्ष नछाड्न र सफाइ पाउने विश्वास रहेको निष्कर्ष निकालेको थियो ।

अदालतबाट भ्रष्टचारको मुद्दा दायर भएसँगै माधवको सांसद पद लिलम्बन रहेपनि उनले पार्टी अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारी भने छाडेका छैनन् ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top