×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

’राजा नफर्किने,नक्साले वार्ता गाह्रो’रन्जित रेले खोले नेपालका भित्री कुरा

१६ असार २०८२

१६ असार, काठमाडौं ।
नेपालमा भ्रष्टाचार कुन हदसम्म छ भन्ने कुरा बुझ्न कुनैपनि नेपालीलाई सरकारी–गैरसरकारी, राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्थाको रिपोर्ट हेरिरहनै पर्दैन ।

यहाँ हरेक नेपाली जो गरिखान भनेर घरबाट बाहिर निस्कन्छ, वा राज्यप्रतिको नागरिककै जिम्मेवारी पूरा गर्छु भन्दै सरकारी अड्डातिर लम्किएको नेपालीले हरेक मोडमा, हरेक कोठाचोटा, झ्यालढोका, आँगन, बरण्डा, सरकारी कार्यालयको परिषरभित्र बाहिर आफै नै भ्रष्टाचारको एक घटक बन्न बाध्य हुन्छ ।

Advertisement
Advertisement

किनभने यहाँ घुस नदिईकन न राज्यबाट सुविधा लिन पाइन्छ न राज्यको सेवा नै गर्न पाइन्छ । यहाँ कर तिर्न पनि धेरै झण्झट भोग्न नपरोस भन्नका लागि घुस बुझाउनु पर्ने अवस्था छ भने राज्यबाट पाउने सेवासुविधा लिनका लागि त ठुलै बार्गेनिंग नै चल्ने गरेको छ ।

यस्तोमा स्वयं नै भ्रष्टाचारमा बाध्य भएर फसेको नेपालीलाई यहाँ भ्रष्टाचार कुल लेभलमा हुने गरेको छ राम्रोसंग थाहा छ । यहाँ सरकारको नीति तथा कार्यक्रमै सेटिंगको आरोप लाग्छ ।

जुनै विकास निर्माणका योजना हुन, टेण्डरका कुरा हुन्, कमिशन पहिला नै छुट्याइन्छ । विदेशीले दिने अनुदान र ऋणमा त झनै भ्रष्टाचारीको दशैं नै आउँछ ।

कुनै महामारी, प्राकृतिक विपद् यिनिहरुका लागि भ्रष्टाचारको सिजन हो । यहाँ बालबालिकाहरुलाई स्कुलमा दिने खाजादेखि शवदाह गृहसम्म भ्रष्टाचार हुने गरेका छन् ।

राजनीतिमा कुनै इन्ट्रेस्ट नभएकाहरुलाई पनि वाइडबडी, ललितानिवास, गिरिबन्धु, यति, ओम्नी, सुन काण्ड, नक्कली शरणार्थीदेखि सरकारी प्रकरण, अहिलेको ताजा भिजिट भिसा प्रकरणहरुको लामो सूची उनीहरुलाई थाहा छ ।

यो मुलुकमा त्यति त सडक पनि बनेका छैनन होला जति भ्रष्टाचारका काण्डहरुको लामो सूचि छ । जुन मुलुकमा गृहमन्त्रालय, अध्यागमन, एयरपोर्ट र सुरक्षा निकाय नै मान्छे बेच्ने धन्दामा लागेको आरोप लाग्ने गरेको छ भने यहाँ भ्रष्टाचार यत्रतत्र सर्वत्र छ भन्नेमा कसैले भनिरहनै पर्दैन ।

यद्यपि कहिलेकाँही राष्ट्रिय–अन्तराष्ट्रिय रिपोर्टहरु र केही प्रभावशाली व्यक्तिहरुले नेपालको भ्रष्टाचारको पोल खोल्दा भने थाहा पाइकन पनि मन कुँडिदो रहेछ ।

केही दिनअघि नेपालका लागि भारतका राजदूत रहिसकेका रन्जित रेले एक अन्तर्वातामा नेपालबारे बोलेका कुराहरुले हरेक स्वाभिमानी नेपालीको शिर निहुर्याइदिएको छ ।

जसमा उनले आफू राजदूत भएर काठमाडौं बस्दाखेरी र अहिलेसम्म पनि नजिकबाट नियालीरहँदा यहाँ भ्रष्टाचारबाहेक केही नदेखेको भाव व्यक्त गरेका छन् ।

एकातिर जनअपेक्षा अनुसार विकास नहुनु, अर्कातिर भ्रष्टाचारमात्रै मौलाउनुले नेपाललाई खोक्रो पारिसकेको उनले बताएका छन् । यसैका कारण यहाँका दलहरु, नेताहरु, र पछिल्लो समय त व्यवस्थामाथि नै जनताले विश्वास गुमाउँदै गएको, लाखौं युवाहरु पलायन भइरहेको उनले दाबी गरेका छन् ।

विकासको गति कछुवा चालमा र भ्रष्टाचारमात्रै बढिरहँदा सरकारप्रति नागरिकहरुको आक्रोश पनि बढिरहेको र राजनीति पनि अस्थीर बनेको दाबी रेले गरेका छन् ।

रन्जित रेका यी भनाइहरु उनको व्यक्तिगत त होलान । तर काठमाडौंमा रहेको भारतीय दूतावासको नेतृत्व गरिसकेका, नेपाल राम्रोसंग बुझेका, यहाँका सामान्य कार्यकर्तादेखि प्रधानमन्त्रीसम्मको नाडी छामेका कुटनीतिज्ञ हुन् उनी ।

भारतीय राजदूतावासले नेपालको राजनीतिमा कति पहुँच राख्छ वा उसको भूमिका कति रहने गरेको छ, त्यो भनिरहनै परेन । यससंगै आर्थिक, सामाजिक कार्यका नाममा पनि उसले राम्रै बजेट छुट्याएको हुन्छ ।

सरकारी, गैरसरकारी, तिनै तहका सरकारसंग उसले काम गरिरहेको हुन्छ । त्यसो हुँदा रन्जित रे वा भारतीय दूतावासमा रहेकाहरुलाई यहाँ कसरी काम हुने गरेको छ, त्यो राम्रोसंग थाहा हुने कुरा नै भयो ।

यस्तै यो अन्तर्वार्तामा उनले नेपाली राजनीतिसंग जोडिएका विविध पक्षका बारेमा पनि कुरा गरेका छन् । नेपाली जनताहरुमा निराशा बढ्नु र युवाहरु पलायन हुनुमा यहाँ सरकारमा जाने दलका नेताहरुमा एकै अनुहार दोहोरिरहने परिपाटी पनि रहेको उनले बताएका छन्।

एउटै अनुहार, बृद्ध नेता पार्टीसत्ता र शासनसत्तामा वर्षौसम्म रहिरहँने तर उनीहरुबाट डेलिभरी केही नहुने प्रवृत्तिले पनि जनतामा निराशा बढेको भनेका छन् ।

रन्जित रेले नेपालका हरेक परिवर्तनमा भारतको भूमिका रहँदै आएको पनि स्वीकारेका छन । उनले वीपी कोइरालादेखि यता दिल्लीमा भएको १२ बुँदे लगायत हरेक राजनीतिक घटनाक्रमममा भारत कुनै न कुनैरुपमा जोडिएको, भारतले नेपालको विकास र विपदहरुमा पनि सबैभन्दा धेरै सहयोग गर्ने गरेको दाबी पनि उनको छ ।

रेले नेपाल र भारतको विशिष्ट सम्बन्धको पनि चर्चा गरेका छन् । यस्तै नेपालको संविधान २०७२ माथि पनि उनले टिप्पणी गरेका छन् । नेपालको नयाँ संविधानलाई उनले सम्झौताहरुको दस्तावेज भनेका छन् ।

संविधानमा भएका कुराहरु राम्रोसंग कार्यान्वयन नहुँदा पनि नेपाल पछाडी परेको बताएका छन् । उनले नेपालको चुनावी प्रणालीमाथि पनि चर्चा गरेका छन् । जसका कारणले नेपालमा जहिल्यै अस्थीरता रहने, गठबन्धन बन्ने र भत्कने गर्ने गरेको बताएका छन् ।

कार्यक्रममा रन्जित रेले नेपालका नयाँ दल र बालेन शाहका बारेको क्रेजका बारेमा पनि कुरा गरेका छन् । नेपालमा राजा फर्कने कुरामा भने उनले सम्भव नभएको प्रतिक्रिया दिएका छन् ।

भारतले राजावादीहरुलाई सहयोग गरेको भन्ने प्रश्नमा उनले भारत सरकारको तर्फबाट त्यस्तो केही नभएको तर केही समूहले सहयोग गरेको भएपनि त्यो प्रभाव पार्ने स्तरको नभएको भनेका छन् ।

नेपालमा राजावादीहरुको समर्थनमा जनमत पनि नभएको र ज्ञानेन्द्र शाहले चुनाव लडेर आउने पनि आफूलाई नलागेको उनले बताएका छन् । रंजित रेले नेपाल–भारतको सीमा विवादका बारेमा पनि टिप्पणी गरेका छन् ।

जसमा उनले वार्ताको माध्यमले विवादको समाधान हुने तर्क गरेका छन् । तर नेपालको संसदले नै नक्सा संसोधन गरेकाले वार्ता त्यति सहज नहुने पनि भनेका छन् ।

यस्तै नेपालका दल विशेष गरी कम्युनिष्ट त्यसमा पनि एमालेले भारतविरुद्धको कार्ड प्रयोग गरेर राजनीति गर्ने गरेको आरोप उनको छ । केपी शर्मा ओलीसंग पहिला भारतको राम्रो सम्बन्ध भएपनि पछिल्लो समय ओलीले भारतविरुद्ध बोलेर जनसमर्थन आफ्नो पक्षमा पार्न खोजेको आरोप उनको छ ।

नेपालमा चिनियाँ गतिविधि बढिरहेको, अहिलेका कम्युनिष्ट दलमात्रै होइन पहिला पनि राजा महेन्द्रकै पालादेखि नेपाल चीनतर्फ ढल्किएको उनले भनेका छन् ।

तर नागरिकस्तरमा भने नेपाल र भारतबीचको सम्बन्ध विशिष्ट र ऐतिहासिक रहेको चर्चा गरेका छन् । यस्तै दुवै देशीबीच सुरक्षा सम्यन्त्रमा पनि राम्रो समन्वय रहेको जनाएका छन् ।

उनले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बनाउन दुवैतर्फका सीमामा रहने जनताको जीवनस्तर माथि उठाउन आवस्यक रहेको र सीमामा झन्झटिलो भन्दा पनि सहज सुरक्षा व्यवस्था गरिनुपर्ने तर्क गरेका छन् ।

यस्तै नेपालको पर्यटनबारे भने उनले दिल खोलेर कुरा गरेका छन् । यहाँका सम्पदा, हिमाल, पर्यटकिय स्थलका बारेमा गुणगान गाएका पूर्वराजदूत रेले भारतीयहरुलाई पनि पर्यटनका लागि नेपाल जान सुझाव दिएका छन् ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top