NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

’राजा नफर्किने,नक्साले वार्ता गाह्रो’रन्जित रेले खोले नेपालका भित्री कुरा

सोमवार असार १६ , २०८२
Reading Time: 1 min read
A A
’राजा नफर्किने,नक्साले वार्ता गाह्रो’रन्जित रेले खोले नेपालका भित्री कुरा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१६ असार, काठमाडौं ।
नेपालमा भ्रष्टाचार कुन हदसम्म छ भन्ने कुरा बुझ्न कुनैपनि नेपालीलाई सरकारी–गैरसरकारी, राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्थाको रिपोर्ट हेरिरहनै पर्दैन ।

यहाँ हरेक नेपाली जो गरिखान भनेर घरबाट बाहिर निस्कन्छ, वा राज्यप्रतिको नागरिककै जिम्मेवारी पूरा गर्छु भन्दै सरकारी अड्डातिर लम्किएको नेपालीले हरेक मोडमा, हरेक कोठाचोटा, झ्यालढोका, आँगन, बरण्डा, सरकारी कार्यालयको परिषरभित्र बाहिर आफै नै भ्रष्टाचारको एक घटक बन्न बाध्य हुन्छ ।

किनभने यहाँ घुस नदिईकन न राज्यबाट सुविधा लिन पाइन्छ न राज्यको सेवा नै गर्न पाइन्छ । यहाँ कर तिर्न पनि धेरै झण्झट भोग्न नपरोस भन्नका लागि घुस बुझाउनु पर्ने अवस्था छ भने राज्यबाट पाउने सेवासुविधा लिनका लागि त ठुलै बार्गेनिंग नै चल्ने गरेको छ ।

यस्तोमा स्वयं नै भ्रष्टाचारमा बाध्य भएर फसेको नेपालीलाई यहाँ भ्रष्टाचार कुल लेभलमा हुने गरेको छ राम्रोसंग थाहा छ । यहाँ सरकारको नीति तथा कार्यक्रमै सेटिंगको आरोप लाग्छ ।

जुनै विकास निर्माणका योजना हुन, टेण्डरका कुरा हुन्, कमिशन पहिला नै छुट्याइन्छ । विदेशीले दिने अनुदान र ऋणमा त झनै भ्रष्टाचारीको दशैं नै आउँछ ।

कुनै महामारी, प्राकृतिक विपद् यिनिहरुका लागि भ्रष्टाचारको सिजन हो । यहाँ बालबालिकाहरुलाई स्कुलमा दिने खाजादेखि शवदाह गृहसम्म भ्रष्टाचार हुने गरेका छन् ।

राजनीतिमा कुनै इन्ट्रेस्ट नभएकाहरुलाई पनि वाइडबडी, ललितानिवास, गिरिबन्धु, यति, ओम्नी, सुन काण्ड, नक्कली शरणार्थीदेखि सरकारी प्रकरण, अहिलेको ताजा भिजिट भिसा प्रकरणहरुको लामो सूची उनीहरुलाई थाहा छ ।

यो मुलुकमा त्यति त सडक पनि बनेका छैनन होला जति भ्रष्टाचारका काण्डहरुको लामो सूचि छ । जुन मुलुकमा गृहमन्त्रालय, अध्यागमन, एयरपोर्ट र सुरक्षा निकाय नै मान्छे बेच्ने धन्दामा लागेको आरोप लाग्ने गरेको छ भने यहाँ भ्रष्टाचार यत्रतत्र सर्वत्र छ भन्नेमा कसैले भनिरहनै पर्दैन ।

यद्यपि कहिलेकाँही राष्ट्रिय–अन्तराष्ट्रिय रिपोर्टहरु र केही प्रभावशाली व्यक्तिहरुले नेपालको भ्रष्टाचारको पोल खोल्दा भने थाहा पाइकन पनि मन कुँडिदो रहेछ ।

केही दिनअघि नेपालका लागि भारतका राजदूत रहिसकेका रन्जित रेले एक अन्तर्वातामा नेपालबारे बोलेका कुराहरुले हरेक स्वाभिमानी नेपालीको शिर निहुर्याइदिएको छ ।

जसमा उनले आफू राजदूत भएर काठमाडौं बस्दाखेरी र अहिलेसम्म पनि नजिकबाट नियालीरहँदा यहाँ भ्रष्टाचारबाहेक केही नदेखेको भाव व्यक्त गरेका छन् ।

एकातिर जनअपेक्षा अनुसार विकास नहुनु, अर्कातिर भ्रष्टाचारमात्रै मौलाउनुले नेपाललाई खोक्रो पारिसकेको उनले बताएका छन् । यसैका कारण यहाँका दलहरु, नेताहरु, र पछिल्लो समय त व्यवस्थामाथि नै जनताले विश्वास गुमाउँदै गएको, लाखौं युवाहरु पलायन भइरहेको उनले दाबी गरेका छन् ।

विकासको गति कछुवा चालमा र भ्रष्टाचारमात्रै बढिरहँदा सरकारप्रति नागरिकहरुको आक्रोश पनि बढिरहेको र राजनीति पनि अस्थीर बनेको दाबी रेले गरेका छन् ।

रन्जित रेका यी भनाइहरु उनको व्यक्तिगत त होलान । तर काठमाडौंमा रहेको भारतीय दूतावासको नेतृत्व गरिसकेका, नेपाल राम्रोसंग बुझेका, यहाँका सामान्य कार्यकर्तादेखि प्रधानमन्त्रीसम्मको नाडी छामेका कुटनीतिज्ञ हुन् उनी ।

भारतीय राजदूतावासले नेपालको राजनीतिमा कति पहुँच राख्छ वा उसको भूमिका कति रहने गरेको छ, त्यो भनिरहनै परेन । यससंगै आर्थिक, सामाजिक कार्यका नाममा पनि उसले राम्रै बजेट छुट्याएको हुन्छ ।

सरकारी, गैरसरकारी, तिनै तहका सरकारसंग उसले काम गरिरहेको हुन्छ । त्यसो हुँदा रन्जित रे वा भारतीय दूतावासमा रहेकाहरुलाई यहाँ कसरी काम हुने गरेको छ, त्यो राम्रोसंग थाहा हुने कुरा नै भयो ।

यस्तै यो अन्तर्वार्तामा उनले नेपाली राजनीतिसंग जोडिएका विविध पक्षका बारेमा पनि कुरा गरेका छन् । नेपाली जनताहरुमा निराशा बढ्नु र युवाहरु पलायन हुनुमा यहाँ सरकारमा जाने दलका नेताहरुमा एकै अनुहार दोहोरिरहने परिपाटी पनि रहेको उनले बताएका छन्।

एउटै अनुहार, बृद्ध नेता पार्टीसत्ता र शासनसत्तामा वर्षौसम्म रहिरहँने तर उनीहरुबाट डेलिभरी केही नहुने प्रवृत्तिले पनि जनतामा निराशा बढेको भनेका छन् ।

रन्जित रेले नेपालका हरेक परिवर्तनमा भारतको भूमिका रहँदै आएको पनि स्वीकारेका छन । उनले वीपी कोइरालादेखि यता दिल्लीमा भएको १२ बुँदे लगायत हरेक राजनीतिक घटनाक्रमममा भारत कुनै न कुनैरुपमा जोडिएको, भारतले नेपालको विकास र विपदहरुमा पनि सबैभन्दा धेरै सहयोग गर्ने गरेको दाबी पनि उनको छ ।

रेले नेपाल र भारतको विशिष्ट सम्बन्धको पनि चर्चा गरेका छन् । यस्तै नेपालको संविधान २०७२ माथि पनि उनले टिप्पणी गरेका छन् । नेपालको नयाँ संविधानलाई उनले सम्झौताहरुको दस्तावेज भनेका छन् ।

संविधानमा भएका कुराहरु राम्रोसंग कार्यान्वयन नहुँदा पनि नेपाल पछाडी परेको बताएका छन् । उनले नेपालको चुनावी प्रणालीमाथि पनि चर्चा गरेका छन् । जसका कारणले नेपालमा जहिल्यै अस्थीरता रहने, गठबन्धन बन्ने र भत्कने गर्ने गरेको बताएका छन् ।

कार्यक्रममा रन्जित रेले नेपालका नयाँ दल र बालेन शाहका बारेको क्रेजका बारेमा पनि कुरा गरेका छन् । नेपालमा राजा फर्कने कुरामा भने उनले सम्भव नभएको प्रतिक्रिया दिएका छन् ।

भारतले राजावादीहरुलाई सहयोग गरेको भन्ने प्रश्नमा उनले भारत सरकारको तर्फबाट त्यस्तो केही नभएको तर केही समूहले सहयोग गरेको भएपनि त्यो प्रभाव पार्ने स्तरको नभएको भनेका छन् ।

नेपालमा राजावादीहरुको समर्थनमा जनमत पनि नभएको र ज्ञानेन्द्र शाहले चुनाव लडेर आउने पनि आफूलाई नलागेको उनले बताएका छन् । रंजित रेले नेपाल–भारतको सीमा विवादका बारेमा पनि टिप्पणी गरेका छन् ।

जसमा उनले वार्ताको माध्यमले विवादको समाधान हुने तर्क गरेका छन् । तर नेपालको संसदले नै नक्सा संसोधन गरेकाले वार्ता त्यति सहज नहुने पनि भनेका छन् ।

यस्तै नेपालका दल विशेष गरी कम्युनिष्ट त्यसमा पनि एमालेले भारतविरुद्धको कार्ड प्रयोग गरेर राजनीति गर्ने गरेको आरोप उनको छ । केपी शर्मा ओलीसंग पहिला भारतको राम्रो सम्बन्ध भएपनि पछिल्लो समय ओलीले भारतविरुद्ध बोलेर जनसमर्थन आफ्नो पक्षमा पार्न खोजेको आरोप उनको छ ।

नेपालमा चिनियाँ गतिविधि बढिरहेको, अहिलेका कम्युनिष्ट दलमात्रै होइन पहिला पनि राजा महेन्द्रकै पालादेखि नेपाल चीनतर्फ ढल्किएको उनले भनेका छन् ।

तर नागरिकस्तरमा भने नेपाल र भारतबीचको सम्बन्ध विशिष्ट र ऐतिहासिक रहेको चर्चा गरेका छन् । यस्तै दुवै देशीबीच सुरक्षा सम्यन्त्रमा पनि राम्रो समन्वय रहेको जनाएका छन् ।

उनले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बनाउन दुवैतर्फका सीमामा रहने जनताको जीवनस्तर माथि उठाउन आवस्यक रहेको र सीमामा झन्झटिलो भन्दा पनि सहज सुरक्षा व्यवस्था गरिनुपर्ने तर्क गरेका छन् ।

यस्तै नेपालको पर्यटनबारे भने उनले दिल खोलेर कुरा गरेका छन् । यहाँका सम्पदा, हिमाल, पर्यटकिय स्थलका बारेमा गुणगान गाएका पूर्वराजदूत रेले भारतीयहरुलाई पनि पर्यटनका लागि नेपाल जान सुझाव दिएका छन् ।

Tags: #रन्जित रेले देखेको नेपाल

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.