NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
Reading Time: 1 min read
A A
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
 १६ असार ,काठमाडौ ।
शनिबार सक्रिय राजनीतिमा फर्कने सार्वजनिक घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अब सरकारले पूर्वराष्ट्रपतिको हैसियतले दिएका सबै सेवासुविधा पनि फिर्ता गर्ने भएकी छन् ।
सम्भवतः पूर्वराष्ट्रपति भण्डारीले आगामी साउन १ देखि आफूले पूर्वराष्ट्रपतिको हैसियतले पाउँदै आएका सेवासुविधा फिर्ता गर्ने बताइएको छ । सरकारले उनका दुई स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा दिने गरेको छ ।
उनको इन्धन खर्च पनि सरकारले व्यहोर्दै आएको छ । उनले आगामी साउन १ देखि यी सबै सेवासुविधा फिर्ता गर्ने निर्णय गरेको बुझिएको छ । पूर्वराष्ट्रपति भण्डारी बुढानीलकण्ठस्थित आफ्नै घरमा बस्छिन् भने उनको आफ्नै सवारी साधन प्रयोग गर्दै आएकी छन् ।
उनले घरभाडा र सवारी साधन नलिएको पनि उनको सचिवालय स्रोतले जानकारी दिएको छ । असार १४ गते एमालेका पूर्वमहासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको जानकारी दिँदै सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी थिइन् ।
पूर्वराष्ट्रपति भण्डारीमा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणाले एमाले र समग्र राजनीतिमै तरंग उत्पन्न गरेको छ । यो घोषणासंगै एमालेमा कित्ताकाटको अवस्था पनि देखिन थालेको छ ।
भण्डारीको घोषणासँगै नेताहरूले निकटता देखाउने संकेत गर्न थालेका छन् । अध्यक्ष केपी ओली समूह र विद्या भण्डारी समूहको कित्तामा रहेको छनक पदाधिकारीहरूले १४ असारको कार्यक्रममै दिएका छन् ।
१९ जनाको पदाधिकारी रहेको एमालेमा को कता लाग्छन् भन्ने चासो देखिएको छ । अहिलेसम्म विद्या भण्डारी समूहमा पदाधिकारी नौ जना खुलेका छन् ।
केपी ओली समूहमा ७ खुलेका छन् भने दुई जना दुवै समूहमा खुलिसकेका छैनन् । सचिव टोपबहादुर रायमाझी निलम्बनमा छन् । विद्या भण्डारी समूहको नेतृत्व भने अहिले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने देखिएको छ ।
यो समूहमा पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पनि भण्डारीलाई साथ दिने सम्भावना छ । यी तिनै जना नेता एमालेभित्र ओली लाइनमा नेता होइनन् ।
एमाले विभाजित हुँदा माधव नेपालसँग जान रोकिएका उनीहरू अहिले पनि ओलीका कतिपय निर्णयको विपक्षमा रहने गरेका छन् । एमालेको विधानमा भएको ७० वर्षे उमेर र दुई कार्यकालको बाध्यात्मक व्यवस्थाको पक्षमा उनीहरू छन् ।
त्यसैले, उनीहरूको साथ ओलीभन्दा भण्डारीको पक्षमा हुने आकलन गरिएको छ । त्यसैगरी, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि रहने सम्भावना छ ।
गुरुङलाई मन्त्री बनाएको पनि भण्डारीकै कोटाबाट भन्ने पहिला पनि चर्चा भइरहेको थियो । त्यसो त, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र रघुविर महासेठलाई पनि भण्डारीनिकट भनेर चर्चा गरिएको छ ।
यद्यपि, भट्टराई अहिले संस्थापन लाइनमा देखिन्छन् भने विश्वकर्मा मौन बसिरहेका छन् । विष्टले पनि आफ्नो धार प्रस्ट पारेका छैनन् । महासेठलाई भने पहिला ओलीनिकट मानिएको थियो ।
खासमा महासेठ वामदेव गौतमनिकट नेता हुन् । गौतमले झलनाथ खनाल समूह छोडेर ओलीको कित्ता लिनुअघि नै महासेठले गौतमलाई छोडेको एमाले नेताहरू बताउँछन् ।
अहिले केपी ओली समूहमा उपाध्यक्ष रामबहादुर थापा, गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल भने खुलेर देखिएका छन् ।
महासचिव पोखरेलले काठमाडौंमा भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषण गर्दै गर्दा पोखरामा पुगेर आलोचना गरिरहेका थिए । त्यसो त, महासचिव पोखरेलले केही दिनअघिको एमाले सचिवालय बैठकमा भण्डारीलाई रोक्न पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किने विधानबाटै रोक लगाउनुपर्ने प्रस्ताव नै उठाएका थिए ।
सचिव पद्मा अर्याललाई पनि ओलीनिकट सचिवकै रूपमा हेरिएको छ । उपाध्यक्ष विष्णु पौडेल र सचिव लेखराज भट्ट मौन देखिएका छन्। हुन त, पौडेललाई केही समय अघि विद्या भण्डारीनिकट भनेर चर्चा गरिएको थियो ।
तर, अर्थमन्त्री भएपछि पौडेल मौन रहँदै आएका छन् । अर्याललाई पनि पहिला भण्डारीकै समूहमा लिने गरिए पनि अहिले उनी ओली लाइनमा देखिएकी छन् ।
विद्याभण्डारीले एमालेमा सक्रिय राजनीति सुरु गर्ने घोषणासँगै एमाले भित्रै को कता भन्ने  चासो र विश्लेषण भइरहेको प्रति  पार्टी उपाध्यक्ष्य अष्टलक्ष्मी शाक्यले भने असन्तुष्टि जनाएकी छन् ।
उनले पार्टीको महाधिवेशनबाट पार्टीको नेतृत्व बनाउने प्रक्रिया एमालेको विधानमा  रहेको उल्लेख गर्दै  सामाजिक संजालमा लेखेकी छन्, महाधिवेशन आउनअझै धेरै समय बाँकी छ।
तर आज यो वा ऊनेता को नाम जोडेर पदाधिकारीहरूलाई विभाजित गरेको फोटो देख्दा मलाई अचम्म लाग्यो र दुख पनि लाग्यो । यसरी गलत  सूचना दिने छुट कसैलाई पनि छैन ।सम्बन्धित निकायलाई सचेत गराउन चाहन्छु ।
LS Auto
Tags: #ओली र भण्डारी#पूर्वराष्ट्रपतिका सुविधा#विद्या भण्डारी

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.