१७ असार, काठमाडौं ।
दक्षिण एशियामा कूटनीतिक हलचल तिव्र भएको छ । पाकिस्तान र चीनले मिलेर एक नयाँ क्षेत्रीय संगठन बनाउने योजनामा काम गरिरहेका छन्, जसले दक्षिण एशियाई सहयोग संगठन (सार्क) को स्थान लिन सक्ने ठानिएको छ ।
मिडिया रिपोट्र्सका अनुसार, यो नयाँ संगठनका माध्यमले क्षेत्रीय देशहरुलाई एकजुट गरेर व्यापार र कनेक्टिभिटी बढाउनेमा फोकस गरिएको छ ।
यो मञ्चमा चीनको कडा प्रतिपस्र्धी र पाकिस्तानको प्रधान शत्रु भारतलाई पनि सहभागि हुनका लागि निम्ता दिने पनि योजना छ । इस्लामाबादका कुटनीतिक स्रोतहरुलाई उदृत गर्दै पाकिस्तानी अखबार ’एक्सप्रेस ट्रिब्यून’ ले दाबी गरेको छ कि चीन र पाकिस्तानबीच यो नयाँ संगठनलाई लिएर छलफल अन्तिम चरणमा पुगेको छ ।
दुवै देशको के मान्यता छ भने, दक्षिण एशियामा स्थायी विकास र आपसी हितका लागि एकताका लागि यस्तो संगठनको आवस्यकता छ। नयाँ बनाउन लागिएको यो संगठनको स्वरुप केही हदसम्म सार्क जस्तै नै हुनेछ, तर यसमा चीनको भूमिका महत्वपूर्ण हुनेछ ।
रिपोर्टका अनुसार, हालै चीनको कुनमिंग शहरमा पाकिस्तान, चीन र बांग्लादेशबीच त्रिपक्षीय बैठक भएको थियो । यसलाई नै यो नयाँ संगठनको तैयारीका रुपमा हेरिएको छ ।
यद्यपि, बांग्लादेशले कुनै पनि राजनीतिक गठबंधनको हिस्सा बन्न अस्वीकार गरेको छ । बांग्लादेशका विदेश मामिला सल्लाहकार तौहीद हुसैनले भनेका छन्, यो बैठक केवल सामान्य कुराकानी मात्रै थियो, कुनै गठबंधन बनाउने योजना थिएन ।
तर स्रोतहरुले बताएका छन् कि यो प्रस्तावित संगठनमा भारत, श्रीलंका, मालदिभ्स र अफगानिस्तानलाई सहभागि गराउने योजना छ । जसमार्फत व्यापार, कनेक्टिभिटी र क्षेत्रीय सहयोग बढाउने कुरा गरिएको छ ।
यद्यपि, भारत र चीनबीच सुल्झिनै बाँकी रहेको सीमा तनाव र पाकिस्तानसंगको उसको जानी दुश्मनीलाई हेर्दा भारत यो संगठनमा बसिहाल्ला भन्न ठाउँ छैन ।
यता सार्क संगठन पछिल्लो कयौं वर्षदेखि निष्क्रिय छ । २०१४ पछि यसको कुनै शिखर सम्मेलन हुन सकेको छैन । २०१६ मा इस्लामाबादमा सार्क सम्मेलन हुनुपर्ने थियो, तर जम्मू–कश्मीरको उरी हमलापछि भारतले यसमा सहभागि हुन अस्वीकार गर्यो ।
त्यसपछि बांग्लादेश, भूटान र अफगानिस्तानले पनि सम्मेलन बहिष्कार गरेका थिए । त्यो बेलादेखि नै यो संगठन ठप्प छ । यस्तोमा चीनको नेतृत्वमा सार्कको विकल्प खोजिन लागिएको हो ।
तर कतिपय भारतीय विशेषज्ञहरु के ठान्दछन् भने चीन र पाकिस्तानले नयाँ संगठन बनाएर यसको माध्यमले दक्षिण एशियामा भारतको भूमिकालाई कमजोर पार्न चाहान्छन् ।
यद्यपि, भारतलाई पनि यसमा सामेल गराउन कुरा भइरहेको छ । यस्तोमा अब भारत यसमा सहभागि हुन्छ वा हुँदैन त्यो भने हेर्न बाँकी छ।