×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

पेट्रोल ५ र डिजल ४ रूपैयाँले महँगियो, हवाई भाडा बढ्ने

१७ असार २०८२
१७ असार, काठमाडौं ।
नेपालमा पेट्रोलियम पदार्थको मूल्य भारी मात्राले बढेको छ । यसलाई इरान–इजरायल युद्धको असरका रुपमा हेरिएको छ । जुन २ सातापछि नेपालमा देखिएको हो ।
भारतबाट इन्धनको मूल्य बढेर आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोल ५, डिजेल तथा मट्टितेल ४ र हवाई इन्धनको भाउ प्रतिलिटर ७ रूपैयाँले महँगो बनेको हो ।
एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । भाउ बढेपछि काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ६५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ एक सय ४९ रुपैयाँ पुगेको छ ।
यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको  भाउ एक सय ६४ रुपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ एक सय ४८ रुपैयाँ पुगेको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा भने पेट्रोलको भाउ एक सय ६२ रुपैयाँ ५० पैसा तथा मट्टीतेल र डिजेलको भाउ एक सय ४६ रुपैयाँ ५० पैसा पुगेको छ ।
यसैगरी हवाइ इन्धनको भाउ पनि आन्तरिकतर्फ प्रतिलिटर सात रूपैयाँले तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५१ डलरले बढेको छ ।नयाँ मूल्यसूचीसँगै सार्वजनिक यातायात र हवाई भाडा पनि बढ्ने देखिएको हो ।
दुईसाता अघि इरान र इजरायलबीच युद्ध भएपछि त्यसको असर नेपाली बजारमा देखिएक हो । इन्डियल आयल कर्पोरेसनले आगामी १५ दिनका लागिका बढाएर मूल्य तोक्दा नेपालमा पनि भाउ बढाउनुपरेको नेपाल आयल निगमले जनाएको छ ।
उता विश्व बजारमा सुनको मूल्यमा पनि उच्च वृद्धि भएको छ । मंगलबारको कारोबारमा सुनको मूल्य १.३९ प्रतिशत अर्थात ४६ डलरले बढेको छ ।
यो वृद्धिसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार ३२० डलरमा भईरहेको छ । डलर कमजोर बनेका कारण सुनको मूल्य बढेको हो । चाँदीको भाउ भने आज घटेको छ ।
चाँदी आज ०.०५ डलरले घट्दै प्रतिऔंस ३५.९५ डलरमा कारोबार भईरहेको छ । यस्तै आज डलरको भाउ पनि बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.९२ रुपैयाँ र बिक्रीदर १३७.५२ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.४७ रुपैयाँ र बिक्रीदर १३७.०७ रुपैयाँ कायम थियो । यस्तै आज एक यूरोको खरिददर १६०.५९ रुपैयाँ र बिक्रीदर १६१.२९ रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८७.७२ रुपैयाँ र बिक्रीदर १८८.५५ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२८ रुपैयाँ र बिक्रीदर ३७.४४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.११ रुपैयाँ र बिक्रीदर १९.१९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.५१ रुपैयाँ र बिक्रीदर ३२.६५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५७ रुपैयाँ र बिक्रीदर ३७.७३ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१० रुपैयाँ र बिक्रीदर १०.१४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४७.८५ रुपैयाँ र बिक्रीदर ४४९.८१ रुपैयाँ कायम भएको छ ।
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top