×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इन्टर मिलान क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेन

१७ असार २०८२
१७ असार, काठमाडौं ।
क्लब विश्वकपको अहिलेसम्मकै रोमाञ्चक खेलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै साउदी क्लब अल–हिलाल क्लब विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ ।
ओल्र्यान्डोमा मंगलबार बिहान सम्पन्न खेलमा हिलाल ४–३ ले विजयी भएको हो । हिलालका मार्कोस लियोनार्डोले अतिरिक्त समयको ११२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई क्वार्टरफाइनलमा पु¥याए ।
खेल निकै उतारचढावपूर्ण रह्यो । सिटीका बर्नार्डो सिल्भाले खेलको पहिलो गोल गरे । तर, दोस्रो हाफको सुरुआतमै खेल पूर्ण रूपमा बदलियो । लियोनार्डो, माल्कम र एर्लिङ हालान्डले छोटो समयमै गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याए ।
योसँगै खेल अतिरिक्त समयमा प्रवेश ग¥यो । अतिरिक्त समयमा कालिदु कुलीबालीले हेडरमार्फत गोल गर्दै हिलाललाई अग्रता दिलाए । तर, फिल फोडेनले त्यसलाई बराबरीमा ल्याए ।
अन्ततः मार्कोसले इडरसनको उत्कृष्ट बचाउपछि मिलिन्कोभिक–साभिचको प्रयासको रिबाउन्डमा गोल गर्दै हिलाललाई ४–३ को जित दिलाए ।
अब हिलालले क्वार्टरफाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेससँग प्रतिस्पर्धा गर्नेछ ।  यस हारसँगै सिटीको क्लब विश्वकप यात्रा समाप्त भएको छ ।
इटालियन क्लब इन्टर मिलानलाई हराउँदै फ्लुमिनेस एफसी फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो । प्रि–क्वाटरफाइनलमा फ्लुमिनेसले इन्टरलाई २–० ले पराजित गरेको हो ।
फ्लुमिनेसको जितमा जर्मन कानो र हर्कुलसले समान गोल गरे । खेलको तेस्रो मिनेटमा नै कानोले गोल गर्दै अग्रता दिलाए । हर्कुलसले इन्ज्युरी समयमा गोल गरे ।
युइएफए च्याम्पियन्स लिग फाइनलको खेलेको इन्टर क्लब विश्वकपमा क्वाटरफाइनल पुग्न सकेन । यसअघि बायर्न म्युनिख, पिएसजी, चेल्सी र पाल्मेइरास क्वाटरफाइनलमा पुगिसकेका छन् ।
Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top