×

NEPAL TIMES UPDATES

Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना 

१७ असार २०८२
१७ असार, काठमाडौं ।
रूसले यूक्रेनको सुमी क्षेत्र कब्जा गर्नका लागि निकै ठूलो संख्यामा सेनालाई उतारेको छ । रिपोट्र्सका अनुसार ५० हजारभन्दा धेरै रूसी सेनाको स्पेशल फोर्स रुसले तयार पारेको छ ।
सुमी त्यो स्थान हो जहाँबाट यूक्रेनले अगस्ट २०२४ मा रूसको कुस्र्क क्षेत्रमा आक्रमण गरेको थियो । यूक्रेनको कब्जामा अहिले पनि कुस्र्क क्षेत्रको एक ठूलो हिस्सा रहेकै छ ।
तर अब सुमी एक ठुलो लडाईको केन्द्रमा छ । जसमा दुवै पक्षका तर्फबाट आआफ्नो सक्षम सैनिकहरुलाई मोर्चामा पठाइएको छ । यद्यपि यूक्रेनी जनरल स्टाफले दाबी कि दुश्मन अर्थात रुसलाई यहाँ अघि बढ्न रोकिएको छ ।
तर यस्तो गर्न असंभव रहेको रुसको दाबी छ । यता यूक्रेनले भने अहिले अवस्था स्थिर रहेको र रुसका फौजलाई जूनाकिभका, यबलुनिभका, नोभोमिकोलेभका, ओलेक्सिएभका र किंडरातिभकाका सीमामा रोकिएको दाबी गरेको छ ।
यूक्रेनले भनेको छ कि उसको सेना सीमावर्ती क्षेत्रहरुमा डटेको छ र पलटवारका लागि तयार छ । यता रूसले भनेको छ कि उसको सेनलाई रोक्न असंभव छ । र निकै चाडो पुरै स्थिति काबूमा आउने छ ।
जनरल ओलेक्जान्डर सिरस्की, जो यूक्रेनका शीर्ष सैन्य कमांडर हुन्, उनले भनेका छन्, रूसको रणनीति, संख्याको दममा यूक्रेनी सेनालाई गलाउने रहेको छ ।
तर यसै महिना यूक्रेनले आफ्नो गोप्य एजेंसीको विशेष कमांडो यूनिट्सलाई मैदानमा उतारेको थियो जसले रूसको सेनालाई अग्रिम मोर्चामा नै रोक्नमा सफलता मिलेको थियो ।
सो संस्थाका प्रमुख लेफ्टिनेंट जनरल किरिलो बुदानोभले भने कि रूसले आफ्नो सबैभन्दा सक्षम सेनाको टुकडीलाई  सुमीमा पठाएको छ, जसमा १०४ औं एयरबोर्न डिभीजन, ४०औं नौसैनिक ब्रिगेड, ८३औं एयरबोर्न ब्रिगेड र १५५औं मरीन ब्रिगेड शामिल छन् ।
लेफ्टिनेंट जनरल किरिलो बुदानोभ भन्छन्, रूसको मुख्य उद्येश्य यूक्रेनी सीमाभित्र एक बफर जोन बनाउनु रहेको छ । तर उसले निकै तीव्र प्रतिरोधको सामना गर्नु परिरहेको छ ।
यद्यपि रूसले केही इलाकाहरुमा सफलता हात पारेको छ, तर त्यो  रणनीतिक रूपले धेरै महत्व राख्दैनन ।  यूक्रेनी सेनाले पनि थप धेरै टुकडीहरु पठाइरहेको छ र यसले आउने दिनहरुमा युद्ध थप खतरनाक हुने संभावना बढेको छ ।
यद्यपि यो रक्षा अभियान यूक्रेनी सेनाका लागि निकै महंगो साबित भइरहेको छ । वाल स्ट्रीट जर्नलको रिपोर्टका अनुसार जब यूक्रेनी सेनाले गत वर्ष रूसको कुस्र्क क्षेत्र कब्जा गरेको थियो, त्यसबेला सुमीमा बलियो सुरक्षा पंक्ति तैयार गरिने विश्वास गरिएको थियो ।
तर कुस्र्कबाट पछाडी हटेपछि सुमीमा कयौं स्थानहरुमा पुराना खाडलहरु र कमजोर किलाहरु देखिए । जसले गर्दा युक्रेनी सेनाले ड्रोन हमलका बीच आफूहरुका लागि नयाँ सुरक्षा ठेगाना बनाउनु पर्यो ।
यूक्रेनी सैनिकहरुको अर्को पनि आरोप के छ भने, कयौं इलाकाहरुलाई माइनिंग (बारूदी सुरंगहरुबाट सुरक्षित गरिएको थिएन । एक इन्फ्यान्ट्री कमांडर किरिलो भन्छन्, “यस्तो लाग्छ जस्तो तयारीहरु ट्याँक कलमका लागि गरिएका थिए, जबकि असली युद्ध ड्रोन हमलाहरुको हो । हरेक दिन जब एक पोजीशन तैयार हुँदैन थियो कोही पनि फिर्ता आउँदैन थिए“  ।
यता रूसी पक्षले दाबी गरेको छ कि सुमीका कयौं क्षेत्रमा यूक्रेनी सैनिकहरु र उनीहरुको उपकरणहरुमा भारी क्षति पुगेको छ । रूसी रक्षा मंत्रालयले भनेको छ कि सुमीका अलग–अलग इलाकाहरुमा एएफयुका कयौं ब्रिगेडहरु, स्पेशल अप्स डिट्याचमेंट्स र एयर असल्ट यूनिट्सलाई हानी पुगेको छ ।
रूसले हालै युक्रेनमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई हमला पनि गरेको थियो ।  जसमा ४७७ ड्रोन र २६० मिसाइलहरु हानेको थियो।
यूक्रेनी वायुसेनाले भनेको थियो कि यसमा २४९ ड्रोन र २२६ मिसाइलहरुलाई नष्ट गरिएको छ । रूसी हमलामा यूक्रेनी एफ–१६ को एक फायटर पायलट पनि मारिएका थिए । केही सर्वसाधाण पनि मारिएका थिए ।
यसको अलावा रूसले अब एसयु–३० फाइटर जेट्सबाट केएच–३१ सुपरसोनिक एंटी–शिप मिसाइलहरु लन्च गरेर यूक्रेनी समुद्री ड्रोनलाई निशाना बनाइरहेको छ ।
यद्यपि युक्रेनी गुप्चतर एजेन्सीका प्रमुखले यो दाबीलाई खारेज गर्दै भनेका छन्, यति महंगा मिसाइलहरुको प्रयोग साना, तेज रफ्तार ड्रोन बोट्समा गर्नु “मूर्खतापूर्ण“ हो ।
जे होस् अब सुमीको लडाई यूक्रेन–रूस युद्धको यो चरणमा निकै निर्णायक बन्ने देखिएको छ । दवै पक्ष अब्बल सैनिक मोर्चामा छन् र प्रविधि, रणनीति, हिम्मत र सैनिकहरुको संख्याले यो लडाईमा आफ्नो भूमिका निभाइरहेको छ ।
यद्यपि रूससंग हतियारहरुको भण्डार छ तर यूक्रेनी सेना पनि पछि हट्ने नामै लिइरहेको छैन । यस्तोमा आउने साताहरुमा यो स्पष्ट हुने छ कि सुमीमा कसको पल्ला भारी छ ।
यसैबीच अब अमेरिकी हतियार सहयोगबिना युक्रेनले ६ महिनामात्रै युद्ध लड्न सक्ने विवरणहरु पनि आइरहेका छन् । तर अहिले भने युक्रेनले पनि रुसलाई जवाफ फर्काउन भने छाडेको छैन ।
उसले हालैको आफ्नो एफ १६ फाइटर जेट खसालेको बदाला स्वरुप फेरि रुसी एयरबेसलाई निशाना बनाएको छ । यसैबीच जेलेन्स्कीले देशको सेनालाई बारुदी सुरुङ प्रयोग गर्न आधिकारिक रूपमा अनुमति दिने आदेशमा हस्ताक्षर गरेका छन् ।
युक्रेनले पहिले ओटावा सन्धिमा हस्ताक्षर गरेको थियो, जसले बारुदी सुरुङको प्रयोगमा प्रतिबन्ध लगाएको थियो। यद्यपि, रुसले कहिल्यै यो सन्धिमा हस्ताक्षर गरेन।
युद्धको समयमा उसले बारुदी सुरुङ प्रयोग गरेको आरोप छ । यस्ता हतियारहरू प्रयोग नगर्नुले आफूलाई नोक्सानमा पारिरहेको युक्रेनको तर्क छ ।
यद्यपि, राष्ट्रपति जेलेन्स्कीको आदेश अब युक्रेनी संसद्बाट अनुमोदन हुन बाँकी छ । यसैबिच, आधिकारिक रूपमा पोल्याण्ड, फिनल्याण्ड र तीन बाल्टिक देशहरू अर्थात् इस्टोनिया, लाटभिया र लिथुआनियाले पनि ओटावा सन्धिबाट पछि हट्ने बताएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top