×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

१७ असार २०८२
१७ असार, काठमाडौं ।
१ जुलाईदेखि भारतको प्रधान शत्रु पाकिस्तान संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष बनेको छ । भलै उसको यो अध्यक्षता एक महिनाको लागि हुने छ, तर यसले भारतलाई भने निकै चिढ्याएको छ ।
यस वर्षको जनवरीमा नै पाकिस्तानले यो १५ सदस्यीय काउंसिलको अस्थायी सदस्यका रूपमा आफ्नो २ वर्षको कार्यकाल शुरू गरेको थियो । यस्तै २०१३ पछि यो पाकिस्तानको पहिलो अध्यक्षता हो ।
पाकिस्तानले यसअघि पनि सात पटक सुरक्षा परिषदमा यो पदमा रहेर काम गरिसकेको छ । अब यो उसको आठौं पटक हो । हुन त अध्यक्षता निकै   हदसम्म खाली एक कागजी भूमिका नै हो, जसमा कुनै कार्यकारी अधिकार हुँदैन ।
तर यो पद अहिले यस्तो समयमा पाकिस्तानले पाएको छ जतिबेला विश्वमा हरक्षेत्रमा भू–राजनीतिक तनाव बढीरहेको छ । पाकिस्तानका संयुक्त राष्ट्रका लागि स्थायी प्रतिनिधि, आसिम इफ्तिखार अहमदले शांतिपूर्ण संघर्ष समाधानका लागि इस्लामाबादको प्रतिबद्धतामा जोड दिएका छन् ।
तर यसमा भारतलाई भने के डर छ भने कतै यही अवसरमा पाकिस्तानले पुनः कश्मीरको मुद्दा त उठाउँदैन । भारतीय अखबार द इकोनोमिक टाइम्सले आफ्नो रिपोर्टमा भनेको छ, इस्लामाबादले यो जिम्मेवारी संभालेपछि उठाइन सक्ने विवादित मुद्दाहरुमा भारतले आफ्नो रणनीति तयार गरिरहेको छ ।
यस्तै पाकिस्तान संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष भएकोमा भारतले मंगलवार नै उमाथि मौखिक फायर खोलेको  छ । भारतले ’इस्लामाबाद’ सीमापार आतंकवादमा संलग्न भएको भनेको छ ।
हालैको पहलगाम   आतंकवादी आक्रमणमा विश्वलाई ध्यान दिन उसले भनेको छ । जुन पाकिस्तान समर्थित आतंकवादीद्वारा गरिएको उसको आरोप छ ।
भारतलाई लागेको सबैभन्दा ठूलो डर भनेको, उसलाई लाग्छ कि आगामी दिनहरुमा पाकिस्तानले चीनका साथ मिलेर कश्मीर मुद्दालाई तताउँने तयारी गरिरहेको छ ।
यस्तै कयौं वैश्विक मुद्दाहरुमा पनि अब पाकिस्तानले भारतविरोधी कदम उठाउन सक्ने डर उसलाई छ ।  पाकिस्तान अध्यक्ष बन्नु एक दिनअघि मात्रै भारतले संयुक्त राष्ट्र भवनको प्रवेश द्वारमा ’द ह्यूमन कस्ट अफ टेररिज्म’ नामक प्रदर्शनी आयोजना गरेको थियो ।
यसको लक्ष्य नै पाकिस्तानलाई आतंकवादसंग जोड्नु थियो । जसमा उसले आफ्नो देशमा भएका हमलामात्रै नभएर ९÷११ जस्ता वैश्विक हमलाहरुमा पनि पाकिस्तानको संलग्नता रहेको देखाउने कोशिश गरेको थियो ।
विदेशमंत्री एस. जयशंकरले भनेका थिए कि यो प्रदर्शनीले आतंकवादका पछाडि रहेका दोषीहरुलाई बेनकाब गर्न र वैश्विक स्तरमा आतंकवादविरुद्ध एकजुट हुनका लागि माग गर्न आयोजना गरिएको हो ।
तर भारतका यी प्रयासहरुले पनि पाकिस्तानलाई सुरक्षा परिषदको अध्यक्ष बन्नबाट रोक्न सकेन । सुरक्षा परिषदमा पाकिस्तान र चीन साथसाथै देखिएका छन् ।
अब पाकिस्तानले उच्च–स्तरीय बैठकहरु र खुला बहस आयोजना गर्न सक्छ । उसको स्थायी प्रतिनिधि असीम इफ्तिखार अहमदले अधिकांश बैठकहरुको अध्यक्षता गर्नेछन्, यस्तै उप–प्रधानमंत्री मोहम्मद इशाक डार जस्ता नेता पनि यसमा सामेल हुनसक्छन् ।
यसबीच, पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपलाई पनि नोबेल पुरस्कारका लागि नाम प्रस्ताव गर्न सक्ने ठानिएको छ । यद्यपि पाकिस्तान इरान र इजरायल–हमास युद्ध जस्ता मुद्याहरुम भने रूस र चीनको साथमा उभिएको देखिन्छ ।
यसैबीच भारतले अब इजरायलबाट थप घातक मिसाइल किन्ने योजना बनाएको छ । पाकिस्तानविरुद्ध हालैको युद्धमा उसले र्याम्पेज एयर–लन्च क्रूज मिसाइल (एएलसीएम)ले हमला गरेको थियो ।
भारतीय वायु सेनाले जगुआर लडाकू विमानमार्फत पाकिस्तानी वायु सेनाको सुक्कुर बेसमा यसै मिसाइलले पिन प्वाइंट हमला गरेको थियो । पिन प्वाइंट हमला गर्न माहिर मिसाइलहरु बनाउनमा इजरायलको कुनै मुकाबला छैन ।
र अब भारतीय वायुसेनाले इजरायलबाट एएलसीएम भन्दा पनि धेरै विनाशक मिसाइल किन्ने निर्णय गरेको छ । केही मिडिया रिपोट्र्सका अनुसार भारतीय वायुसेनाले अब एयर लोरा मिसाइल किन्न लागेको हो ।
यो मिसाइल इजरायल एयरोस्पेस इंडस्ट्रीजले डेभलप गरेको हो । यो एक लन्ग–रेंज आर्टिलरी मिसाइल हो, जुन सटीक स्ट्राइक सामरिक मिसाइलको एक डीप स्ट्यान्ड–अफ भेरिएंट हो ।
अर्थात भारतले आफ्नो सटीक हमला गर्ने क्षमतामा थप विस्तार गर्न लागेको हो । एयर लोरा एक एडभांस एयर–लन्च ब्यालिस्टिक मिसाइल (एएलबीएम) हो ।
यसको रेंज ४०० किलोमीटर छ जसले यसलाई र्याम्पपेज भन्दा निकै धेरै खतरनाक बनाएको छ । यो मिसाइलको वजन लगभग १,६०० किलोग्राम छ र यो सुपरसोनिक स्पीडले उडान भर्न सक्छ ।
यसमा एडभांस आइएनएस÷जीपीएस नेभिगेशन सिस्टम, जीएनएसएस एंटी–ज्यामिंग प्रविधि र ’फायर एंड फरगेट’ क्षमता पनि छ, जसले यसलाई अत्यधिक सटीक र दुश्मनको इलेक्ट्रोनिक ज्यामिंगबाट बच्न सक्षम बनाएको छ ।
इजरायलले यसलाई सतहदेखि सतहमा मार हान्ने मिसाइल (एसएसएम )साइटहरु, मल्टीपल लन्च रकेट सिस्टम यूनिट्स, एयरबेस, एयर डिफेंस सिस्टम, कमांड पोस्टका साथै दुश्मनहरुको महत्वपूर्ण सैन्य पूर्वाधारहरुलाई ध्वस्त पार्नका लागि डिजाइन गरेको हो ।
यसको सबैभन्दा ठूलो विशेषता भनेको यसमा रहेको डीप–पेनेट्रेशन वारहेड्स हो । अर्थात यदी शत्रुले आफ्नो कुनै हाई भ्याल्यू हतियारलाई कुनै बंकरमा वा हार्ड शेल्टरमा लुमाएर राखेको छ भने यो मिसाइलले त्यसलाई नष्ट गर्न सक्छ ।
रिपोट्र्सका अनुसार एक एसयु–३० एमकेआई लडाकू विमानले चार वटा एयर लोरा मिसाइलहरु लैजान सक्छ । जसले डीप–स्ट्राइक मिशनहरुका लागि महत्वपूर्ण मार हान्ने क्षमता प्रदान गर्दछ ।
जसबाट उनले एकै उडानमा दुश्मनका चार अहम ठेगानाहरुलाई पूरै ध्वस्त पार्न सक्छ । अर्थात एयर लोराको ४०० किमी रेंजले भारतीय वायुसेनालाई भारतभित्रै रहेर पाकिस्तानको कराची, सुक्कुर, बहावलपुर वा रावलपिंडीसम्म सटीक हमला गर्न सक्षम बनाउने छ।
यतिमात्रै होइन चीनविरुद्ध पनि संभावित संघर्षको स्थितिमा लाइन अफ एक्चुवल कन्ट्रोल पारी रणनीतिक टारगेट्सलाई यो मिसाइलले भेद्न सक्ने भारतले ठानेको छ ।
भारतले एयरो इंडिया २०२३ मा एयर लोरा मिसाइललाई भारतमा नै बनाउनका लागि इजरायलसंग एक सम्झौता ज्ञापनमा साइन गरेको थियो ।
यस अन्गर्तत एयर लोरालाई भारतमा भारत इलेक्ट्रोनिक्स लिमिटेड (बीइएल) र इजराइलको आईएआईको साझेदारीमा निर्माण गर्ने भनिएको छ ।
२०२३ को एरो इन्डिया सोमा दुवै कम्पनीहरुका बीच सम्झौता भएको थियो, जस अन्तर्गन बीइएललाई यो मिसाइल सिस्टमको प्रमुख कन्ट्रयाक्टर नियुक्त गरिएको थियो ।
यो साझेदारीले ’मेक इन इंडिया’ अभियान अन्गर्तत भारतको रक्षा क्षेत्रमा आत्मनिर्भरतालाई बढाउने ठानिएको छ । भारतीय नौसेनाले पहिला नै जमीन र समुद्रबाट लन्च गरिने लोरा भर्जनलाई आफ्नो हतियारमा सामेल गराइसकेको छ ।
अब एयर लोरा वायुसेनामा सामेल भएपछि भारतको त्रि–सेना क्षमता थप बलियो हुने ठानिएको छ । एयर लोराको सटीकताको अनुमान यसैबाट लगाउन सकिन्छ कि यसले करीब १० मीटर सर्कुलर एरर प्रोब्याबलका साथ टारगेटलाई भेद्न सक्छ ।
यसको मतलब हो कि यो मिसाइलले टारगेटको निकै नजिक वा त्यसलाई नै मार हान्न सक्छ । यही विशेषताले यसलाई शत्रुको एयरबोन अर्लि वार्निंग एण्ड कन्ट्रोल एयरक्राफ्ट, रडार सिस्टम, मोबाइल लन्चर र कमांड पोस्ट जस्ता टाइम–सेंसिटिभ हाई भ्याल्यू टारगेट्सलाई क्षण भरमै नष्ट गर्न सक्षम बनाएको हो ।
यस्तो शक्तिशाली मिसाइल भारतले इजरायलबाट किन्न लागेको संदर्भमा तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।
यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।
Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top