NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो बिहिबार असार १९ , २०८२
मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक बिहिबार असार १९ , २०८२
कुलमानको मध्यपूर्व यात्राः चुनावको तयारी कि जनमतको परीक्षण? बिहिबार असार १९ , २०८२
दिलभुषण पाठक अदालतमा उपस्थित, थुनछेक बहस हुँदै बिहिबार असार १९ , २०८२
५२ पदाधिकारीको नियुक्ति सदर भएपछि के भन्छ एमाले ? बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने

बुधबार असार १८ , २०८२
Reading Time: 1 min read
A A
Advertisement
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१८ असार, काठमाडौं।  
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा नलिने निर्णय गरेकी छन् । पूर्वराष्ट्रपति भण्डारीको स्वकीय सचिवालयले बुधबार गृह मन्त्रालयमा पुगेर सेवा सुविधा नलिनेसम्बन्धी पत्र दर्ता गराएको हो ।
 एमालेको राजनीतिमा फर्किएको घोषणा गरेलगत्तै उनले  पूर्व राष्ट्रपतिका रुपमा  सुविधा लिइरहेको भन्दै आलोचना भएको थियो । गत शनिबार मात्रै पूर्व राष्ट्रपति भण्डारीले सामाजिक–आर्थिक रूपान्तरण, सुखी जनता र समुन्नत नेपाल निर्माण गर्ने दायित्व अझै अधुरो रहेको भन्दै पुनः नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।
‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीमा जननेता मदनकुमार भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा बोल्दै उनले भनेकी थिइन्, ’राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन। देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो।’
भण्डारी निकट स्रोतका अनुसार, उनी सक्रिय राजनीतिमा फर्किएकी अवस्थामा पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा लिँदा प्रश्न उठ्ने भएकाले उनले सेवा सुविधा त्याग्ने निर्णय गरेकी हुन् ।
उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् । ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, उनी निकट स्रोतले भन्यो ।
पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सचिवालयमा सरकारले उपलब्ध गराएका एक उपसचिव, एक शाखा अधिकृत, एक जना कार्यालय सहायक पनि फिर्ता गर्न गृहलाई पत्र लेखेको भण्डारीनिकट स्रोतले जानकारी दिएको छ ।
पत्र पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले लेखेका हुन् । ’पूर्वराष्ट्रपतिले आफ्नो कार्यकाल पूरा गरी सेवा निवृत्त हुनु भएपछि पूर्व राष्ट्र प्रमुखको हैसियतमा नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधामध्ये सुरक्षाबाहेक आजैका मितिदेखि लागू हुने गरी कुनै पनि सेवा सुविधा नलिने निर्देशन मुताविक यो निवेदन पेस गरेको छु।
यसको कार्यन्वयन गरी सहयोग गरिदिनुहुन अनुरोध छ’ राईले लेखेको पत्रमा उल्लेख छ । यससंगै सरकारले प्रदान गरेको सेवा सुविधा परित्याग गर्ने भण्डारी सम्भवतः पहिलो नेता बनेकी छन् ।
प्रधानमन्त्री र सभामुख भइसकेका नेताहरू सरकारी सेवा सुविधा लिएरै पार्टीको कार्यकारी भूमिकामा छन् । भण्डारीको हकमा पूर्व राष्ट्र प्रमुखको हैसियतमा दिइने सुरक्षा प्रोटोकल भने उनले चाहेर पनि त्याग्न नमिल्ने र सेना तथा प्रहरीले प्रदान गर्ने मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् ।
भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रूपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ ।
रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई स्वकीय सचिवका रूपमा कार्यरत थिए । तर, आजकै मितिबाट उनले सो सुविधा पाउने छैनन् ।
त्यस्तै पूर्व राष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा लिइएको छ । भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले अरू पदाधिकारीले जस्तो गाडी सुविधा नलिएको तर २०७ लिटर पेट्रोल मासिक रूपमा उपलब्ध गराइएको छ । त्यस्तै सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराउने गरिएको गृहले जनाएको छ ।
Advertisement
Tags: #पूर्वराष्ट्रपति#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सुविधा  फिर्ता

लोकप्रीय

ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

बिहिबार असार १९ , २०८२
मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक

मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक

बिहिबार असार १९ , २०८२
फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने

कुलमानको मध्यपूर्व यात्राः चुनावको तयारी कि जनमतको परीक्षण?

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो
अन्तर्राष्ट्रिय

ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

बिहिबार असार १९ , २०८२
मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक
खेलकुद

मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक

बिहिबार असार १९ , २०८२
फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने
ताजा समाचार

कुलमानको मध्यपूर्व यात्राः चुनावको तयारी कि जनमतको परीक्षण?

बिहिबार असार १९ , २०८२
दिलभुषण पाठक अदालतमा उपस्थित, थुनछेक बहस हुँदै
ताजा समाचार

दिलभुषण पाठक अदालतमा उपस्थित, थुनछेक बहस हुँदै

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

बिहिबार असार १९ , २०८२
मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक

मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक

बिहिबार असार १९ , २०८२
फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने

कुलमानको मध्यपूर्व यात्राः चुनावको तयारी कि जनमतको परीक्षण?

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.