×

NEPAL TIMES UPDATES

Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026
Playing
पश्चिम एसियामा दिगो शान्ति कि भीषण यु द्ध ?४८ घण्टा निर्णायक || Nepal Times
Apr 15, 2026
Playing
रुस–चीनसंग नजिक रहेको उत्तर कोरिया किन इरानसँग दूरी बढाउँदैछ ? || Nepal Times
Apr 15, 2026
Playing
दीपक भट्टसँग १० विलासी गाडी, शुद्धीकरण विभागले गर्याे जफत|| Nepal Times
Apr 15, 2026
Playing
सदावहार प्रतिपक्षी’ प्रेम सुवालको बिदाइ र हर्क साम्पाङको इन्ट्री || Nepal Times
Apr 15, 2026
Playing
बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य || Nepal Times
Apr 15, 2026
Playing
Top 15 Afternoon News || April-15-2026 || Nepal Times
Apr 15, 2026
Playing
गृहमन्त्रीले निर्देशनपछि कार्यक्षमताका आधारमा डिआइजीको बढुवा || Nepal Times
Apr 15, 2026
Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026

ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

१९ असार २०८२

१९ असार , काठमाडौं ।
अमेरिकामा आफ्नो व्यापार साम्राज्य खडा गरि विश्वकै सबैभन्दा धनाढ्य बनेका इलोन मस्क आफ्नै राष्ट्रपतिसंगको टकराव बढ्दा पनि फोब्र्सको सूचिको पहिलो स्थानमा यथावत छन् ।

पछिल्ला दिनहरुमा तनाव बढ्दै जाँदा डोनाल्ड ट्रम्पले मस्कको व्यापारलाई सरकारले दिदै आएको सबै सब्सिडी बन्द गर्दै उनको व्यापार ठप्प पार्ने मात्रै होइन, उनलाई दक्षिण अफ्रिका फर्किन बाध्य पार्ने चेतावनी दिइरहेका छन् ।

Advertisement
Advertisement

ट्रम्पको यस्तो चेतवानीका बावजुद इलोन मस्क अहिले पनि विश्वको धनीहरुको सूचिमा पहिलो स्थानमा नै रहेका छन् । फोब्र्स पत्रिकाले संसारका सबभन्दा धनाढ्य व्यक्तिहरूको नयाँ सूची सार्वजनिक गरेको छ ।

सन् २०२५ को पहिलो ६ महिनाको तथ्यांकलाई आधार बनाएर फोब्र्सले मंगलवार नै सूची प्रकाशित गरेको थियो । सूचीमा इलोन मस्क नै पहिलो स्थानमा कायम छन् ।

मस्कसँग ४०६.५ अर्ब डलर बराबरको सम्पत्ति रहेको फोब्र्सले उल्लेख गरेको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँगको झगडापछि मस्कले केही दिनयता १२ अर्ब डलर गुमाएको बताइएको छ ।

दोस्रो स्थानमा नयाँ धनाढ्य आएका छन् । उनी हुन् ल्यारी एलिसन । उनी विशाल सफ्टवेयर कम्पनी ओराकलका सहसंस्थापक र अध्यक्ष हुन् । हालैका दिनमा ओराकलको स्टक मूल्य ३२ प्रतिशतले बढेपछि उनको सम्पत्ति २६२ अर्ब डलर पुगेको थियो ।

गत मे महिनामा उनी चौथो स्थानमा थिए । त्यसक्रममा उनले मेटाका मार्क जुकरबर्ग र अमेजनका जेफ बेजोसलाई पछि पारेका हुन् । जुकरबर्ग २५५ अर्ब डलर र बेजोस २३३ अर्ब डलरका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

पाँचौं स्थानमा गूगलका सहसंस्थापक ल्यारी पेज छन् । उनीसँग १४५.९ अर्ब डलर बराबरको सम्पत्ति छ । उनीपछि वारेन बफेट १४५.६ अर्ब डलरका साथै छैटौं स्थानमा, स्टिभ बाल्मर १४१.२ अर्ब डलरका साथ सातौं स्थाना, सर्गे ब्रिन १३९.५ अर्ब डलरका साथ आठौं स्थानमा, बर्नार्ड अर्नाउ १३८.४ अर्ब डलरका साथ नवौं स्थानमा र जेनसेन ह्वाङ १०औं स्थानमा छन् ।

यी शीर्ष १० अर्बपतिहरूसँग २० खर्बभन्दा बढी सम्पत्ति छ । जुन महिनामा नास्डाक र एसएन्डपीको स्टक बढेपछि उनीहरूको सम्पत्ति बढेको हो ।

अमेरिकाले संसारभरिका मुलुकमाथि आयातकर लगाएपछि बढेको तनाव क्रमशः घट्दै गएपछि अर्बपतिहरूको सम्पत्तिमा पनि वृद्धि भएको हो ।

यो सूचीमा नेपालका एकमात्र अर्बपति विनोद चौधरी भने १८६४ औं र्यांकमा छन् । उनको कुल सम्पत्ति २ बिलियन रहेको छ । चौधरी सीजी गु्रप ग्लोबलका मालिक हुन् भने नेपालका एक मात्र डलर अर्बपति हुन् ।

नबिल बैंक र वाइवाइ उत्पादक सीजी फुड्समा उनको बहुमत सेयर स्वामित्व छ । वाइवाइ भारत, सर्बिया, बंगलादेशमा उत्पादन हुन्छ भने इजिप्टमा पनि कारखाना निर्माणको चरणमा छ ।

यसले ससका विविध प्रकार चाँडै लन्च गर्ने तयारी गरेको छ । यसबाहेक उनको आम्दानी सीजी ग्रुपकै होटलहरुबाट समेत आउँछ । होटलतर्फ यसले १४३ वटाको स्वामित्व र अन्य सम्पत्ति व्यवस्थापन गरेको छ ।

भारतको ताज चेनसँग मिलेर सीजीले विलासी होटलहरु सञ्चालन गर्दै आएको छ । उनका छोरा निर्वाणले नेपालमा र राहुल र वरुणले विदेशको व्यवसाय सम्हाल्दै आएका छन्।

निर्वाण र राहुल ग्रुपका प्रबन्धनिर्देशक रहेका छन् । चौधरी सन् २०१६ मा फोब्र्सको अर्बपति सूचीमा प्रवेश गर्दा १ अर्ब १० करोड डलर सम्पत्ति थियो ।

त्यसपछि सन् २०१९ सम्म उनको सम्पत्ति निरन्तर बढेर १ अर्ब ७० करोड डलर पुगे पनि २०२० र २०२१ मा १ अर्ब ४० करोडमा झरेको थियो ।

त्यसयता २०२२ मा १ अर्ब ५० करोड डलर पुगेको उनको सम्पत्ति सन् २०२३ मा पुनः १ अर्ब ८० करोड डलर पुगेको थियो । सन् २०२४ मा स्थिर रहे पनि अहिले सन् २०२५ मा उनी २ अर्ब डलरका मालिक बनेका हुन् ।

Advertisement

फोब्र्सले सन् १९८७ देखि संसारका अर्बपतिहरूको अभिलेख राख्न सुरु गरेको हो । सन् २०२५ को अप्रिलमा फोब्र्सको सूचीमा ३ हजार ८ जना डलर अर्बपति थिए ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top