×

NEPAL TIMES UPDATES

Playing
US and Iran ceasefire covered in Top 20 headlines || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग प्रधानमन्त्रीको ब्रिफिङ,४ मिनेटमा के भने ? || Nepal Times
Apr 08, 2026
Playing
१७ देशका राजदूतसँग बालेन्द्रको सामूहिक भेट || Nepal Times
Apr 08, 2026
Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026

४ प्रदेशमा आज भारी वर्षाको सम्भावना, २४ घण्टाका लागि चेतावनी

२० असार २०८२
२० असार, काठमाडौं ।
आज ४ प्रदेश कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।
सैगरी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपातको पनि सम्भावना छ । मधेश प्रदेशमा भने तुलनात्मक रुपमा कम पानी पर्ने सम्भावना छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । हाल देशभर आंशिकदेखि देशभर साधारणतया बदली छ ।
सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम औंल्याएको छ ।
साथै शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुने, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने पनि सम्भावना औंल्याएको छ ।
त्यसैले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सबै सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध समेत गरेको छ ।
आज सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक आसपास भई बहने नदीमा पानीको बहाब बढ्ने भएकाले आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै अरू २१ जिल्लामा बाढीको जोखिम छ ।
काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, पाल्पा, जाजरकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, आसपास भई बहने स–साना नदीहरुमा बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै इलाम, झापा, मोरङ, ताप्लेजुङ, बागलुङ, रोल्पा, दैलेख, रुकुमपश्चिम, रुकुम पूर्व, सल्यान, अछाम, कालिकोट, कैलाली, कञ्चनपुर आसपास भई बग्ने नदीहरुमा बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
यसैबीच नेपालमा मनसुन भित्रिएको एक महिनापछि अद्यावधिक आँकलन सार्वजनिक गरिएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुनी आँकलन अद्यावधिक गरी आउँदो असोज मध्यसम्मको अवस्था सार्वजनिक गरेको हो ।
अद्यावधिक आँकलन अनुसार अबका तीन महिना मधेसका दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुनेछ । मनसुनको एक महिना बित्दा पनि मधेसमा उल्लेखनीय वर्षा हुन सकेको छैन ।
त्यस्तै अबका तीन महिना कोशीका दक्षिणी भागमा सरदर पानी पर्ने र देशका बाँकी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ । यसअघि गएको वैशाखमा विभागले गरेको पूर्वानुमान अनुसार यसवर्ष मधेसमा सरदर हाराहारी र कोशीमा सरदरभन्दा धेरै पानी पर्ने उल्लेख थियो ।
सामुद्रिक र मनसुनी गतिविधि हेर्दा कोशी र मधेसमा यसअघिको पूर्वानुमान संशोधन गरिएको विभागले बुलेटिनमार्फत जनाएको छ । पछिल्लो पूर्वानुमान अनुसार मधेस प्रदेशका सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका दक्षिणी भागमा कम पानी पर्ने देखिन्छ ।
कोशीका झापा, मोरङ, सुनसरी, इलाम, धनकुटामा, पाँचथर, भोजपुर, खोटाङका दक्षिणी भागमा सरदर पानी पर्ने आँकलन गरिएको छ । देशका अरू ठाउँमा भने यसअघिको मौसम पूर्वानुमान मिल्ने अनुमान छ ।
https://www.youtube.com/watch?v=J1SaW6IQaCM&t=51s
Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top