×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

स्पेनमा रहँदा पनि ओलीलाई विद्या र देउवाकै टेन्शन

२० असार २०८२
२० असार, काठमाडौं ।
नेपालको प्रतिनिधित्व गर्दै युरोपमा रहँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई घरेलु राजनीति त्यसमा पनि विशेषगरी सरकारमा र पार्टीमा आफ्नो नेतृत्वलाई लिएर बढिरहेको असुरक्षाले सताएको छ ।
विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा स्पेन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै छन् ।
तर त्यहाँ रहँदा पनि ओलीलाई सरकारमा शेरबहादुर देउवा र पार्टीमा विद्यादेवी भण्डारीको भयले सताइरहेको देखियो । यी दुईका बारेमा ओलीले स्पेनमा रहँदा पनि गरेको टिप्पणीले त्यस्तो देखिएको हो ।
स्पेन जानुअघि नै ओलीले एमालेमा फर्किएर भण्डारीले कुनै बम फोड्न नसक्ने वा उनका कारणले पार्टी विभाजन नहुने अथवा आफ्नो अध्यक्षको कुर्सीमा कुनै आँच नआउने प्रष्ट पारेका थिए ।
विद्या भण्डारीको नाम उछालेर वा पार्टीका औपचारिक कार्यक्रमहरुमा उनलाई अघि सारेर आफूलाई चुनौती नदिन पनि ओलीले पार्टीका नेताकार्यकर्ताहरुलाई चेतावनी दिइसकेका थिए ।
यसबीच स्पेनमा रहँदा पनि ओलीले विद्याका नाममा सन्देश दिएका छन् ।  प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको नाम उछालेर नेकपा एमालेभित्र विवाद सिर्जना गर्ने नियोजित प्रयास भइरहेको आरोप स्पेनमा रहँदा पनि लगाएका छन् ।
उनले यस्ता गतिविधिबाट पार्टीभित्र गलत सन्देश दिन खोजिएको बताए । बिहीबार साँझ म्याड्रिडस्थित नेपाली  राजदूत निवासमा युरोपस्थित नेपाली समुदायका प्रतिनिधिसँगको छलफलमा उनले भने, ‘पछिल्लो समय मेराविरुद्ध विद्या भण्डारी–विद्या भण्डारी भन्ने चर्चा चलाइएको छ । उहाँले आफैं केही भन्नुभएको छैन, अरूले उहाँको नाम अगाडि सारेका छन् ।’
उनले नेकपा एमाले परिपक्व र जिम्मेवार पार्टी भएको उल्लेख गर्दै आन्तरिक विषयहरू समाधान गर्न पार्टी सक्षम रहेको दाबी गरे । ‘देशबाट गरिबी हटाउनु छ, नेपाललाई आधुनिक र विकसित बनाउनु छ,’ उनले भने, ‘एमालेले विभिन्न उतारचढाव पार गरेको छ र अझ जिम्मेवार भएर अघि बढ्नेछ ।’
ओलीले विद्या भण्डारीले केही नभनेको बताएपनि उनी स्पेन हिड्ने दिननै भण्डारीले आफू सक्रियरुपमा एमालेमा फर्किएको घोषणा गरेकी थिइन ।
सो दिन मदन भण्डारीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीसमेत सहभागि भएका थिए । तर उनी भण्डारीले बोल्नुअघि नै कार्यक्रमबाट बाहिरिएका थिए ।
उनी बाहिरिनुअघि भण्डारीले आफ्ना कुरा सुन्न ओलीलाई आग्रह गरेकी थिइन । तर ओलीले विद्याका कुरा पहिलादेखि नै सुन्दै आएको, उनले राम्रो बोल्ने गरेको र सो दिनका कार्यक्रममा पनि राम्रै बोल्ने, उनले बोल्ने कुरासमेत आफूलाई थाहा भएको भन्दै बाहिरिएका थिए ।
त्यसअघि बोल्ने क्रममा ओलीले मदन भण्डारीमाथि समेत आरोप लाग्ने गरेको उल्लेख गरेका थिए । मदनलाई सहकारी ठगीको आरोपदेखि ४ वटी श्रीमती राखेकोसम्मका आरोप लगाइएको सो क्रममा ओलीले स्मरण गराएका थिए ।
मदनप्रति उनले गरेको यो टिप्पणीमाथि भने धेरैले आलोचना गरेका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्रीजस्ता व्यक्तिले आफ्नो श्रद्धेय नेतामाथि यस खालको टिप्पणी अशोभनिय, अवान्छित र छुद्र रहेको भन्दै एमालेभित्र र बाहिरसमेत आलोचना गरिएको छ ।
स्वर्गीय मदनमाथि ओलीले यस्ता टिप्पणी गरेर विद्या भण्डारीप्रतिको आगो पोखेको रुपमा पनि केहीले अथ्र्याएका छन् । यता भण्डारीले भने आफू एमालेमा सक्रियरुपमा फर्किएको घोषणामात्रै गरेकी छैनन उनले पूर्वराष्ट्रपतिको रुपमा आफूले पाउँदै आएको राज्यले दिएका सेवासुविधासमेत फिर्ता गरिसकेकी छन् ।
उनको यो तयारी एमालेको आम नेता बन्नका लागि भन्दा पनि अबको नेतृत्वकै लागि रहेको बुझ्न सकिन्छ । अहिलेमात्रै होइन शितलनिवासबाट छाड्नै लाग्दादेखि नै विद्या भण्डारीले यसको संकेत गरिसकेकी थिइन ।
यद्यपि केही समय उनी निस्क्रिय नै रहिन् । तर पार्टी सदस्यता नवीकरण र भित्रभित्रै आफू गुटका नेताहरुसंग उनको सरसल्लाह चलिरहेकै थियो ।
पछिल्लो पटक चीन भ्रमणबाट फर्किएपछि भने उनको देशव्यापी दौडाहा चलेको थियो । एमालेले आयोजना गरेका कार्यक्रमहरुमा सहभागि हुन उनी जिल्लाजिल्ला पुगिन् । जुन ओलीका लागि असैह्य थियो ।
उनले भण्डारीलाई नेताका रुपमा नबोलाउन निर्देशन नै जारी गरे । त्यसको जवाफमा भण्डारीले पनि आफू एमालेमा स्थापित भइसकेको, ब्राण्ड बनेको र आफूलाई पार्टीका कार्यक्रममा जान कसैको अनुमति आवस्यक नपर्ने भन्दै ओलीलाई चुनौती दिएकी थिइन ।
यस्ता दोहोरी चलिरहेका बेला र विद्याबीच बालुवाटारमा भेटवार्तासमेत भयो । जसमा विद्याले आफ्नो नेतृत्वको चाहाना प्रकट गर्दै सघाउन ओलीलाई आग्रह गरेका कुराहरु पनि बाहिर आए ।
तर त्यसपछि ओलीका भाषणहरु जस्ता सुनिए, त्यसले उनी विद्याप्रति चिढिएकै सुनिए ।  यस्तै   सरकारमा आलोपालोको सहमति गरेका काँग्रेस सभापतिलाई पनि पुनः कुर्सी छाड्ने मिति  ओलीले स्पेनबाट सम्झाएका छन् ।
स्पेनबाटै ओलीले सत्ता साझेदारीको सहमति अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको बताएका हुन् ।
बुधबार राति म्याड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजित प्रवासी नेपाली मञ्च निकटका कार्यकर्ताहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले उक्त भनाइ राखेका हुन् ।
सो क्रममा ओलीले भने, ‘देशमा स्थायित्वका लागि दुई ठूला दलबीच सहकार्य गरिएको हो। अहिलेको सरकार स्थायित्वका निम्ति बनाइएको हो। आगामी निर्वाचनमा एमाले र कांग्रेस प्रतिस्पर्धी हुनेछन् । त्यसैले अहिलेको सहकार्यलाई २०४६ सालको साझा आन्दोलनकै भावनाबाट हेर्नुपर्छ।’
ओलीले वर्तमान सरकारको संरचना गठबन्धनको स्पष्ट सहमतिअनुसार बनेको भन्दै सत्ता हस्तान्तरणबारे अन्योल नरहेको बताए । ‘मैले दुई वर्ष सरकारको नेतृत्व गर्ने कुरा हो । तर, त्यो अवधि सकिएपछि मात्र हस्तान्तरण गर्नुपर्छ भन्ने छैन, बरु १०÷१५ दिन अगावै पनि देउवाजीलाई पद सुम्पिन्छु’, ओलीको भनाइ थियो ।
ओलीले स्पेनमा रहँदा विद्या र देउवाका बारेमा मात्रै होइन नयाँ दल रास्वपाका बारेमा पनि टिप्पणी गरे । ‘नयाँ नाममा आएकाहरूको वास्तविकता खुलिसकेको छ’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत केही समूहले निराशा र भ्रम फैलाउने काम गरिरहेको बताए ।
उनले विदेशमा रहेका नेपालीहरूलाई यस्ता भ्रामक प्रचारबाट प्रभावित नहुन आग्रह गर्दै भने, ‘देशमा सकारात्मक परिवर्तन सम्भव छ भन्ने विश्वासका साथ अघि बढ्नुपर्छ । तपाईंहरू विदेशमा भए पनि मातृभूमिको समृद्धिमा जोडिनु पर्छ ।’
उनले पछिल्लो समय आफूलाई ‘नयाँ शक्ति’ भनेर चिनाउने केही समूहले सहकारीलगायत माध्यमबाट आर्थिक अनियमितता गरिसकेको आरोपसमेत लगाए ।
‘नयाँ नाममा आएका यस्ता शक्तिहरूको वास्तविकता जनतामाझ खुलिसकेको छ,’ उनले भने, ‘हल्ला र प्रचारले मात्रै राजनीति सम्भव छैन । जनताले विश्वास गर्ने आधार ठोस काम र स्पष्ट दृष्टिकोण हो ।’
यस्तै सर्वोच्च अदालतले ५२ संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति सदर गर्ने निर्णयबारे पनि उनले प्रतिक्रिया दिएका छन् ।  सो फैसलासँग जोड्दै उनले देशमा विकासका प्रयासहरूविरुद्ध निरन्तर अवरोध सिर्जना गरिएको बताए ।
‘नेपालमा अहिले एउटा माहोल बनेको छ,’ उनले भने, ‘हिजो सर्वोच्च अदालतले एउटा फैसला गर्यो । केही तत्वहरू जमेर उजुरी हाल्न थाले । उनीहरूको उद्देश्य के हो भने राम्रो काम हुन नदिने । मुद्दा हाल्ने, काम रोक्ने प्रवृत्तिले मुलुकको समग्र प्रगति अवरुद्ध बनाउने खतरा छ ।’
प्रधानमन्त्रीले विकास निर्माणका काममा समेत मुद्दा हाल्ने प्रवृत्तिले योजना ठप्प हुने स्थिति बनाएको बताए । ‘बाटो बनाउने काममा मुद्दा दर्ता भइहाल्छ,’ उनले भने, ‘यदि केही गल्ती भएको छ भने काम रोक्न आदेश आउँछ । तर फैसला आउन २–३ वर्ष लाग्छ । त्यो बेलासम्म न त मेसिन रहन्छ, न कामदार। यसले स्रोतको दुरुपयोग मात्रै होइन, कार्यान्वयन प्रक्रिया नै ठप्प बनाउँछ ।’ 
उनले कानुनी प्रक्रिया आवश्यक भए पनि त्यसलाई ‘काम रोक्ने हतियार’को रूपमा प्रयोग नगर्न आग्रह गरे । यस्तै ओलीले युरोपमा रहेका नेपालीहरूको सक्रियता, योगदान र मातृभूमिप्रतिको सम्बन्धलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्केर आफ्नो सीप, श्रम र पुँजी देशको विकासमा लगाउन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले स्थायी रूपमा युरोपमा सेटल भइसकेका नेपालीलाई शुभकामना दिंदै अस्थायी रूपमा बसिरहेका र कठिनाइ भोगिरहेका नेपालीलाई नेपाल फर्केर आधुनिक कृषिमा अवसर खोज्न पनि सुझाव दिएका थिए ।
‘बाँझो जमिनमा कृषिका राम्रा सम्भावना छन्। धेरै साथीहरू फर्किएर त्यसमा लाग्नुभएको छ’,  ओलीले भनेका छन्  ।
Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top