×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए

२० असार २०८२
२० असार, काठमाडौं । 
भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेका प्रहरी सहायक निरीक्षक (सई) कमल खड्कामाथि प्रहरी प्रधान कार्यालयले कारवाही गर्ने भएको छ ।
त्यसको लागि ट्राफिक प्रहरी पोष्ट नेपालगन्जमा कार्यरत उनलाई प्रहरी प्रधान कार्यालयमा हाजिर हुन आदेश दिइएको छ । विहिबार त्यस्तो आदेश पाए पनि खड्का अहिलेसम्म प्रहरी प्रधान कार्यालयमा हाजिर भने भैसकेका छैनन् ।
नेपालगन्जबाट आउंदै गरेको र आइतबार वा सोमबारसम्म हाजिर भैसक्ने बताइएको छ । त्यसपछि उनीमाथि थप कारवाही अगाडि बढ्नेछ ।
उनलाई चेतावनी दिएर छोड्ने कि नसिहत वा निश्चित अवधिको लागि निलम्बनसहितका अन्य कारवाही गर्ने भन्ने बारेमा छलफल भैरहेको बताइएको छ ।
पालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पुष्टि गरेका छन् ।
सहकारी ठगी प्रकरणमा रहेका आफ्ना सभापति लामिछानेलाई रिहा गर्नको लागि दबाब दिन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अहिले देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको छ ।
त्यहीक्रममा सई खड्का प्रहरीको बर्दीसहित रास्वपाको हस्ताक्षर अभियानमा सहभागी भएका थिए । नेपालगन्जमा राखिएको कार्यक्रम स्थलमै सरकारी बर्दीमै पुगेर खड्काले हस्ताक्षर गरेका थिए ।
त्यसलगत्तै रास्वपाका कार्यकर्ताहरुले नै उनको तस्विरलाई भाइरल बनाएका थिए । कतिपयले सामाजिक संजालमा खड्काले हस्ताक्षर गर्दै गरेको तस्विर राखेर लामिछानेलाई जेल हालिएकोमा प्रहरी भित्रै असन्तुष्टि बढिरहेको भन्दै विद्रोह हुन सक्ने आसयका पोष्टहरु गरिरहेका छन् ।
त्योसंगै यो घटना गृह प्रशासनमा समेत एक किसिमको खैलाबैला मच्चाएको छ । त्यस लगत्तै प्रहरी प्रधान कार्यालयले खड्का माथि कारवाही प्रकृया शुरु गरेको हो ।
प्रहरी संगठनको आचारसंहिता अनुसार प्रहरी कर्मचारीहरूले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था छ। निष्पक्षता र संस्थाको मर्यादा कायम राख्नुपर्ने संवैधानिक दायित्व विपरीत खड्काको व्यवहारले प्रहरी संगठनको छविमा आँच पुर्याएको ठहर गर्दै अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ ।
जागिरबाट अवकाश पाए पछि कुनै राजनीतिक पार्टीमा आवद्ध हुन अवरोध नभए पनि प्रहरीको सेवा अवधिभर कुनै पनि राजनीतिक पार्टीको समर्थन वा विरोध गर्न कानुनले नै निषेध गरेको छ ।
यता रास्वपाले ७ असारदेखि हस्ताक्षर अभियान जारी राखेको छ  । यो अभियानको मूल उद्देश्य रविमाथि राज्यले प्रतिशोध साँधेको भनेर जनतामाझ प्रचार गर्नु रहेको छ ।
स्थापना दिवसको अवसरमा सभापति रविले २० पृष्ठको दस्तावेज सार्वजनिक गरे, जसमा उनले अभियानबारे उल्लेख मात्र गरेका छैनन्, आफ्ना लागि अझै जनसमर्थन पनि खोजेका छन् ।
दुईपल्ट उपप्रधानमन्त्री, गृहमन्त्री भइसकेका रवि यतिबेला जिल्ला कारागार रुपन्देहीमा थुनुवाका रूपमा छन् ।  रास्वपा नेता प्रमोद न्यौपानेका अनुसार, रवि लामिछानेको तर्फबाट कानुनी प्रतिवाद जारी नै रहनेछ ।
सँगै उनलाई राज्यले फसाएकै हो भनेर प्रचार–प्रसार पनि हुनेछ । आफ्नो सभापतिविरुद्धको मुद्दालाई रास्वपाले नयाँ र वैकल्पिक शक्तिमाथि वर्तमान सत्ताले गरेको धरपकडका रूपमा व्याख्या गरेको छ ।
यही कुरा ऊ जनस्तरमा पु¥याउन चाहन्छ र आगामी चुनावको आधारसमेत तयार गर्न खोजिरहेको छ । उसको यो अभियान रवि लामिछानेमाथि अन्याय भएको भनी प्रचार गर्नुमा मात्र सीमित छैन, आगामी निर्वाचनका लागि जनसमर्थन बढाउनुमा पनि छ ।
रास्वपाको हस्ताक्षर अभियानमा कलाकारदेखि नेतासम्मले ऐक्यबद्धता जनाइरहेका छन् । अभियान सुरु भएको भोलिपल्ट ८ असारमा अभिनेता विपिन कार्कीले वनस्थलीमा रहेको रास्वपा कार्यालयमै गएर हस्ताक्षर गरे ।
१४ असारमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हस्ताक्षर गरी रास्वपा अभियानमा ऐक्यबद्धता जनाए । पछिल्लो समय रमेश उप्रेती, अशोक शर्मा, राजाराम पौडेल लगायतले पनि हस्ताक्षर गरिसकेका छन् ।
चितवनमा राउटे समुदायका मानिसहरूलाई  पनि हस्ताक्षर गराइएको  छ।  तर टिप्पणीकारहरुले भने  अदालतमा गइसकेको मुद्दामा हस्ताक्षरका आधारमा रविमाथि राजनीतिक प्रतिसोध साधिएको पुष्टि नहुने भन्दै रास्वपाको प्रचारवाहेक यसको तात्विक परिणाम नदेखिने बताउँदै आएका छन् ।
Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top