×

NEPAL TIMES UPDATES

Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

२० असार २०८२
२० असार, काठमाडौं । 
अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्पको कर तथा खर्च विधेयक जसलाई बिग ब्युटिफुल बिल नाम दिइएको छ, सो विधेयक बिहीवार पारित गरेको छ ।
यसअघि माथिल्लो सदन सिनेटले विधेयक पारित गरिसकेकाले अब ट्रम्पको हस्ताक्षरपछि यो कानून बन्नेछ । दुवै सदनमा विधेयक झिनो बहुमतले पारित भएको हो ।
विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरूले विधेयकको चर्को विरोध गरेकोमा सत्तारूढ रिपब्लिकन पार्टीकै कतिपय सांसदहरूले पनि यसलाई मन पराएका थिएनन् ।
असन्तुष्ट रिपब्लिकनहरूलाई ट्रम्पले धम्क्याएर वा फकाएर आफ्नो पक्षमा पारेको भए पनि हाउस अफ रिप्रेजेन्टेटिभ्समा दुई रिपब्लिकन सांसदले विधेयकको विपक्षमा मतदान गरेका छन् ।
सन् २०१७ मा पहिलो कार्यकाल आरम्भ गरेलगत्तै ट्रम्पले करकटौती र रोजगारी ऐनमा हस्ताक्षर गरेका थिए । त्यसले कर घटाएको थियो र सबै करदाताहरूको करछुटको सीमा बढाएको थियो ।
तर, त्यसले विशाल तलब भएका कर्मचारीलाई बढी फाइदा गरायो । त्यस ऐनका प्रावधानहरूको म्याद यसै वर्ष अन्त्य हुन लागेको थियो । तर, ट्रम्पले विशाल सुन्दर विधेयक भनी व्याख्या गरेको यस कानूनले ती प्रावधानलाई स्थायी बनाउनेछ ।
सन् २०२८ सम्म एकल व्यक्तिका लागि औसतमा एक हजार डलर, घरमूलीका लागि १५ सय डलर र विवाहित जोडीका लागि २ हजार डलर करछुट दिइनेछ ।
विधेयकमा अन्य करछुटका पनि व्यवस्था छन् तर ट्रम्प राष्ट्रपति हुँदासम्म मात्र तिनको म्याद रहन्छ ।  पोहोर साल राष्ट्रपति निर्वाचनमा ट्रम्पले गरेका प्रतिज्ञालाई विधेयकमा पूरा गरिएको छ ।
टिप र ओभरटाइमबाट भएको आयमा कर तिर्नुपर्दैन ।  त्यस्तै, अमेरिकामा बनेका गाडी किन्नका लागि लिएको ऋणमा ब्याज पनि तिर्नुपर्दैन ।
६५ वर्षभन्दा माथिका मानिस एकल छन् र ७५ हजार डलरसम्मको आम्दानी छ भने ६ हजार डलर करछुट पाउनेछन् । विवाहित जोडीका लागि डेढ लाख डलरसम्मको आम्दानीमा त्यति करछुट दिइनेछ ।
ट्रम्पको कार्यकाल अन्त्य हुनुभन्दा ठीक अघि सन् २०२८ मा यी सुविधाहरूको म्याद सकिनेछ । अवैध आप्रवासीहरूलाई अमेरिकाबाट हटाउने ट्रम्पको योजना अनुसार इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आईस) ले हिरासत केन्द्रका लागि ४५ अर्ब डलर र देशनिकाला कारवाहीका लागि १४ अर्ब डलर पाउनेछ ।
त्यसबाहेक सन् २०२९ सम्म थप १० हजार नयाँ एजेन्ट नियुक्त गर्नका लागि अर्बौं डलर छुट्याइएको छ ।  सीमालाई थप सुरक्षित बनाउनका लागि संरचना निर्माणमा ५० अर्ब डलरभन्दा बढी रकम छुट्याइएको छ ।
मेक्सिको सीमामा पर्खाल ठड्याउने कामलाई अघि बढाइन सक्छ । विधेयकमा रिपब्लिकनहरूले सामाजिक सुरक्षाका दुईवटा कार्यक्रमको खर्चकटौती गरेका छन् । मेडिकएडले गरिब र अपांगता भएका अमेरिकीहरूलाई स्वास्थ्य सेवा दिँदै आएको छ।
सप्लिमेन्टल न्युट्रिशन असिस्टेन्स प्रोग्राम (स्न्याप) ले गरिबहरूलाई खाद्यान्न किन्न सहायता गर्छ । यी दुवैमा लगानी घटाइएको छ र त्यो सुविधा पाउनका लागि थप शर्त तेस्र्याइएको छ ।
सेन्टर अन बजेट एण्ड पोलिसी प्रायोरिटीज नामक संस्थाले मेडिकएडमा ल्याइएको परिवर्तनबाट १ करोडभन्दा बढी मानिस स्वास्थ्यसेवाबाट वञ्चित हुने र ८० लाखभन्दा बढी मानिस स्न्यापबाट वञ्चित हुने आकलन गरेको छ । 
जो बाइडनको कार्यकालमा संसद्ले बनाएका धेरैजसो करछुटका कार्यक्रमलाई यस विधेयकले हटाइदिनेछ । उपभोक्ता र व्यापारिक कम्पनीहरूलाई विद्युतीय वाहन तथा अन्य स्वच्छ ऊर्जा प्रविधि उपयोगका लागि प्रोत्साहन गर्न ल्याइएका कार्यक्रम हटेका हुन्।
विद्युतीय कारका लागि दिइने गरेको ऋण बन्द गरिनेछ र आफ्नो घरमा स्वच्छ ऊर्जा उपयोग हुने उपकरण लगाउन खोज्ने अमेरिकीहरूले सहुलियत पाउने छैनन् ।
मस्यौदा विधेयकमा वायु तथा सौर्य ऊर्जा परियोजनामा नयाँ एक्साइज कर लगाउने व्यवस्था थियो तर सिनेटरहरूले अन्तिम घडीमा त्यसलाई हटाइदिए ।
अमेरिकीहरूले संघीय करसँगै राज्य तहको र स्थानीय कर पनि तिर्नुपरेको छ र यस विधेयकले त्यसमा कत्तिको राहत दिन्छ भन्ने कुरा हेरिएको थियो ।
डेमोक्रेटहरूको सरकार रहेका राज्यका हाउसका रिपब्लिकन सांसदहरूले करछुटको सीमा १० हजार डलरबाट बढाएर ४० हजार डलर नबनाउन्जेल विधेयकलाई समर्थन नगर्ने अडान लिएका थिए ।
सिनेटले ४० हजार डलरको सीमा राखेको छ तर त्यो सन् २०२८ सम्म मात्र लागू हुनेछ । अमेरिकी सरकारले ऋण लिने अधिकार (जसलाई डेट लिमिट भनिन्छ) लाई यस विधेयकले बढाएर ५० खर्ब डलर पु¥याएको छ ।
अमेरिकाका ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले अगस्ट महिनाभित्र सरकारले सीमापार गर्ने र त्यसपछि ऋणमा डिफल्ट गरेर आर्थिक संकट आउने पूर्वानुमान गरेका छन् ।
यस विधेयकले गरिब भन्दा पनि धनी करदातालाई बढी लाभ दिने येल विश्वविद्यालयको बजेट ल्याबले जनाएको छ । स्न्याप र मेडिकएडमा कटौतीका कारण न्यून आय भएका करदाताको आम्दानीमा २.५ प्रतिशतको कमी हुनेछ ।
बढी आम्दानी भएका मानिसको आय २.४ प्रतिशतले बढ्नेछ । रिपब्लिकन पार्टीले यस विधेयकलाई सरकारी खर्च नियन्त्रणका रूपमा उपयोग गर्न खोजेको भए पनि यसले सन् २०३४ सम्ममा बजेट घाटा ३३ खर्ब बनाउने कंग्रेशनल बजेट अफिसले आकलन गरेको छ ।
Advertisement

भर्खरको समाचार

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

सम्बन्धित खबरहरु

Scroll to Top