प्रदेश समन्वय परिषद्को प्रथम बैठक सुरु

प्रदेश समन्वय परिषद्को प्रथम बैठक सुरु

विराटनगर, १७ असोज
प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा प्रदेश एकको समन्वय परिषद्को प्रथम बैठक विराटनगरमा सुरु भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०५ बमोजिम प्रदेश तथा स्थानीय तहले गर्ने काम कारवाहीमा नीतिगत सामञ्जस्यता, योजना व्यवस्थापनमा रणनीतिक साझेदारी, साझा अधिकार क्षेत्रको प्रयोग, प्राकृतिक स्रोतसाधनको उपयोग र बाँडफाँडसम्बन्धी विषयमा प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्न प्रदेश समन्वय परिषद् रहने व्यवस्थाबमोजिम बैठक सुरु भएको हो ।

होटल एसियाटिकमा जारी बैठकमा प्रदेश १ का १३७ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, १४ जिल्ला समन्वय समितिका प्रमुख र प्रदेश सरकारका मन्त्री तथा सचिवहरूको सहभागिता छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.