NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा आइतवार पुस २७ , २०८२
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ?

आइतवार असार २२ , २०८२
Reading Time: 1 min read
A A
ट्रम्पको साथले मस्कको भाग्य झनै चम्कियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२२ असार , काठमाडौं ।
अमेरिकी राजनीतिमा दुई नाम अहिले सबैभन्दा बढी चर्चा र विवादको केन्द्रमा छन्, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै सबैभन्दा धनी व्यक्ति इलोन मस्क।
यी दुईबीचको सम्बन्ध कुनै रोलरकोस्टरभन्दा कम छैन, कहिले मित्रता, कहिले शत्रुता र कहिले एकअर्कालाई उछिन्ने होडबाजी। मस्कले सरकारी पद त्यागेपछि आरोप प्रत्यारोप र चेतावनीका बीच नयाँ पार्टी खोलेको घोषणाले अमेरिकी राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ।
के हो यो विवादको जड? के साँच्चै मस्क नयाँ राजनीतिक शक्तिको रूपमा उदाउँदैछन् ? यसले दुई–दलीय किल्लामा टिकेको अमेरिकी राजनीतिमा कस्तो भूकम्प ल्याउन सक्छ? आउनुहोस्, यसको गहिराइमा पुगेर हेर्ने कोसिस गरौं , ट्रम्प राष्ट्रपति हुँदा, मस्कलाई उनका आर्थिक सल्लाहकार परिषद्हरूमा सामेल गराइएको थियो।
ट्रम्प मस्कको नवीनताबाट प्रभावित थिए भने मस्क सरकारसँग निकट रहेर आफ्नो व्यवसाय टेस्ला, स्पेसएक्स लाई सहज बनाउन चाहन्थे। जब ट्रम्पले पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई अलग्याउने निर्णय गरे, मस्कले नैतिकताको आधार देखाउँदै सल्लाहकार परिषद्बाट राजीनामा दिए।
यहाँबाट उनीहरूको सम्बन्धमा चिसोपना सुरु भयो।  अमेरिकी राष्ट्रपतिको पहिलो कार्यकालको अन्त्यमा क्यापिटलहिलमा भएको हिंसा र ट्रम्पका अभिब्यक्तिपछि उनलाई ट्वीटरमा प्रतिबन्ध लगाइएपछि उनी निकै कमजोर बने।
तर, जब मस्कले ट्वीटर किनेर त्यसलाई  एक्स बनाए र अभिव्यक्ति स्वतन्त्रताको नारा दिँदै ट्रम्पको खाता पुनस्र्थापित गरे  यसबाट उनीहरुको सम्बन्ध थप घनिष्ट बन्दै गयो ।
तर, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ’ट्रुथ सोसल’ लाई नै प्राथमिकता दिएर  एक्समा फर्किन अस्वीकार गरे। यो मस्कका लागि एक किसिमको अपमान थियो।
विवादको मुख्य जड दुई विशाल ’इगो’ को टकराव हो। दुवै आफूलाई स्थापित व्यवस्थाको विकल्प र जनताको आवाज ठान्छन्। ट्रम्प राजनीतिक मञ्चबाट यो गर्छन् भने मस्क प्रविधिको मञ्चबाट।
उनीहरू एउटै  संस्थापन विरोधी भोट र समर्थनका लागि प्रतिस्पर्धा गरिरहेका छन्। सन् २०२४ को राष्ट्रपति निर्वाचन अभियानमा मस्क ट्रम्पका सबैभन्दा ठूलो  चन्दा दाता थिए ।
उनले पूरै अवधिमा २८० मिलियन डलरभन्दा बढी चन्दा दिए । मुख्य रूपमा राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्प र अरू रिपब्लिकनलाई पनि उनले समर्थन गरेका थिए । तर अहिले ट्रम्पसँग सम्बन्ध बिग्रेपछि मस्कले आफ्नै राजनीतिक दल घोषणा गरेका हुन् । 
ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएपछि  इलोन मस्कले सरकार अत्यन्तै ढिलो र असक्षम भएको भन्दै त्यसलाई सुधार्न ’डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ डज नामक एक नयाँ विभाग बनाउनुपर्ने र त्यसको नेतृत्व आफूले निःशुल्क गर्ने बताएका थिए।
यो उनको सरकारलाई व्यंग्य गर्ने र आफूलाई एक समाधानकर्ताको रूपमा प्रस्तुत गर्ने तरिका थियो । उनले  त्यसको नेतृत्व गर्दै अमेरिकी खर्च कटौतीका लागि अभूतपूर्व निर्णयहरु  गराए ।
उनकै सिफारिसमा अमेरिकी सहयोगका अधिकांश कार्यक्रमहरु बन्द भए । जसको  प्रभाव नेपालमा समेत एडीबीसहितका कार्यक्रम भएपछि नेपालले समेत यसको असर खेपिरहेको छ ।
पछिल्लो समय ट्रम्पसँग दूरी बढाएर सामाजिक संजालमा भिडिरहेका मस्कले ट्रम्पले आफ्नो महत्वकाक्षी ब्युटिफूल बिलपास गराएपछि  भने नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् ।
ट्रम्प प्रशासनको सरकारी दक्षता विभाग (डज) का प्रमुख रहेका मस्कले अचानक पद छाड्दै ट्रम्पले ल्याएको कर कटौती र खर्च वृद्धिसम्बन्धी विधेयक ‘बिग ब्युटिफुल बिल’ को कडा आलोचना गरेका थिए ।
त्यसयता ट्रम्प र उनीबीच सामाजिक सञ्जालमा भनाभन भएको थियो ।  ‘बिग ब्युटिफुल बिल’ भने पारित भइसकेको छ । उनले आफ्नो दलको नाम ‘अमेरिका पार्टी’ राखेको अमेरिकी संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
एक दिनअघि उनले सामाजिक सञ्जाल एक्समा अमेरिका पार्टी गठन गर्न समर्थन गर्ने कि नगर्ने भनी सोध्दै एक सर्वेक्षण पोस्ट गरेका थिए। “२ देखि १ को अनुपातमा तपाईंहरू नयाँ राजनीतिक पार्टी चाहनुहुन्छ र तपाईंहरूले त्यो पाउनुहुनेछ !,”
मस्कको एक्स पोस्टमा उल्लेख छ । नयाँ पार्टीले अमेरिकीलाई स्वतन्त्रता फिर्ता दिने पनि उनले जिकिर गरेका छन् । नयाँ पार्टीले केवल दुई वा तीन सिनेट सिट र आठदेखि १० हाउस जिल्लामा ध्यानकेन्द्रित गर्न सक्ने उनले बताएका छन् ।
मस्कले सन् २०२६ को मध्यावधि निर्वाचनमा केही सीमित कंग्रेस र सिनेट सिटमा उम्मेदवार खडा गरेर सक्रिय राजनीतिक हस्तक्षेप गर्ने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
आफ्नो पार्टीले प्रविधि र नवप्रवर्तनलाई केन्द्रमा राखेर देशको विकासमा योगदान पु¥याउने पनि मस्कले बताएका छन्। डज छाडेपछि नै ट्रम्पले भने मस्कको कडा आलोचना गरिरहेका छन् ।
ट्रम्पले उनका कम्पनीहरूलाई दिएको सरकारी अनुदान कटौती गर्ने  देखि अमेरिकी नागरिकता खोस्नेसम्मको चेतावनी दिइसकेका छन् । ‘इलनले इतिहासमा कुनै पनि मानिसभन्दा धेरै अनुदान पाइरहेका हुनसक्छन्।
र अनुदान बिना इलनले सायद दोकान बन्द गरेर दक्षिण अफ्रिका फर्कनुपर्नेछ। अब कुनै रकेट प्रक्षेपण, उपग्रह, वा विद्दुतीय कार उत्पादन हुने छैन। र हाम्रो देशले ठूलो रकम बचत गर्नेछ,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए।
अमेरिकालाई ’दुई–दलीय व्यवस्था’ भनिन्छ, तर यहाँ  लिबरटेरियन पार्टी, ग्रीन पार्टी जस्ता दजर्नाै साना राजनीतिक दलहरू छन्  । निर्वाचनमा यी साना पार्टीहरुले पनि उम्मेदवार उठाउने गरेका छन् ।
तर, चुनावमा डेमोक्रेटिक र रिपब्लिकनबाहेक अरू कसैले जित्न सक्दैनन्।    अमेरिकी निर्वाचन प्रणाली अनुरुप नै दुई उम्मेदवारबीच  कडा प्रतिस्पर्धा हुने गरेको छ ।
अमेरिकाको चुनाव प्रणालीमा जुन उम्मेदवारले सबैभन्दा बढी भोट ल्याउँछ, उसले सबै सिट जित्छ। दोस्रो वा तेस्रो हुनेले केही पनि पाउँदैन। यसले गर्दा मतदाताहरूलाई तेस्रो दललाई भोट दिनु ’भोट खेर फाल्नु’ जस्तो लाग्छ।
दुई ठूला दलहरूले मिलेर यस्तो कानुन बनाएका छन् कि नयाँ दललाई सबै ५० राज्यमा आफ्नो उम्मेदवार उठाउन लगभग असम्भव छ।  यस्तै डेमोक्रेटिक र रिपब्लिकन पार्टीसँग अर्बौं डलरको चुनावी कोष हुन्छ, जससँग साना दलहरूले प्रतिस्पर्धा गर्नै सक्दैनन्।
राष्ट्रिय मिडियाले  समेत केवल दुई प्रमुख उम्मेदवारलाई मात्रै स्थान दिन्छ, जसले गर्दा तेस्रो दलका विचार र एजेन्डा जनतासम्म पुग्नै पाउँदैनन्।
यस्तो अवस्थामा अब प्रश्न उठेको छ,  यदि मस्कले साँच्चै पार्टी खोले भने के हुन्छ?  यसले अमेरिकी राजनीतिमा कस्तो प्रभाव पर्ला?  यो सर्वाधिक चासोको  प्रश्न हो।
यदि इलोन मस्कले आफ्नो असीमित सम्पत्ति र प्रभाव प्रयोग गरेर साँच्चै पार्टी खोले भने, त्यसले अमेरिकी राजनीतिमा भूराजनीतिक भूकम्प ल्याउन सक्ने विश्लेषण गर्न  थालिएको छ।
सुरुमा, उनको पार्टीले चुनाव जित्न नसके पनि स्पोइलरको भूमिका खेल्न सक्छ । अर्थात् दुई प्रमुख उम्मेदवारमध्ये कुनै एकको भोट काटेर अर्कोलाई हराइदिन सक्छ।
धेरै विश्लेषकहरू मान्छन् कि उनले दुवै पार्टीका असन्तुष्ट मतदातालाई तान्न सक्छन्, तर उनको एन्टी र प्रो–बिजनेस अडानले डेमोक्रेटिक पार्टीलाई बढी क्षति पु¥याउन सक्छ।
उनको पार्टीको मुख्य एजेन्डा सरकारी खर्च कटौती, प्रविधिको प्रयोग, अभिव्यक्ति स्वतन्त्रता र कर्मचारीतन्त्रको अन्त्य हुनेछ। यसले दुवै पुराना दलहरूलाई आफ्ना एजेन्डा परिवर्तन गर्न दबाब दिनेछ ।
यस्तै मस्कसँग चुनाव लड्न पैसाको कुनै कमी छैन। सबैभन्दा ठूलो कुरा, उनीसँग  एक्स जस्तो विश्वव्यापी सञ्चार प्लेटफर्म छ, जहाँबाट उनले मिडियालाई बाइपास गरेर सीधै करोडौं जनतासम्म आफ्नो सन्देश पु¥याउन सक्छन्।
यो उनको सबैभन्दा ठूलो शक्ति  मानिएको  छ।  उनले युवा, प्रविधि–प्रेमी र स्थापित राजनीतिबाट वाक्क भएका स्वतन्त्र मतदाताहरूको एक नयाँ समूहलाई आकर्षित गर्न सक्छन्, जसले अमेरिकी राजनीतिको समीकरण नै बदल्न सक्ने विश्लेषण समेत गर्न थालिएको  छ।
 इलोन मस्क र डोनाल्ड ट्रम्पबीचको द्वन्द्व व्यक्तिगत अहं र राजनीतिक प्रभावको लडाइँ हो। मस्कले नयाँ पार्टी खोलेको कुरा  सामाजिक संजालमा सिमित भएपनि उनले अमेरिकी राजनीति हल्लाइदिएका छन् ।
यदि भविष्यमा उनले यो कदम चाले भने, आफ्नो अपार सम्पत्ति, वैश्विक प्लेटफर्म  एक्स र संस्थापनविरोधी छविका कारण उनले अमेरिकी राजनीतिको किल्ला हल्लाउने क्षमता राख्छन्।
अहिले उनी पार्टी नखोलीकनै   एक्स मार्फत राजनीतिक बहसलाई प्रभावित गरिरहेका छन्, जुन आफैंमा एक शक्तिशाली राजनीतिक हतियार हो।
त्यसैले, मस्कको अर्को कदम के हुन्छ, त्यसले अमेरिकी र विश्व राजनीतिको भविष्यलाई समेत दिशानिर्देश गर्नसक्छ।
LS Auto
Tags: #ट्रम्प मस्कको महायुद्ध#२८० मिलियन डलर चन्दा#अमेरिकी राजनीति

लोकप्रीय

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

विचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

थप समाचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा
संगीत

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
समाचार

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.