×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ?

२२ असार २०८२
२२ असार , काठमाडौं ।
अमेरिकी राजनीतिमा दुई नाम अहिले सबैभन्दा बढी चर्चा र विवादको केन्द्रमा छन्, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै सबैभन्दा धनी व्यक्ति इलोन मस्क।
यी दुईबीचको सम्बन्ध कुनै रोलरकोस्टरभन्दा कम छैन, कहिले मित्रता, कहिले शत्रुता र कहिले एकअर्कालाई उछिन्ने होडबाजी। मस्कले सरकारी पद त्यागेपछि आरोप प्रत्यारोप र चेतावनीका बीच नयाँ पार्टी खोलेको घोषणाले अमेरिकी राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ।
के हो यो विवादको जड? के साँच्चै मस्क नयाँ राजनीतिक शक्तिको रूपमा उदाउँदैछन् ? यसले दुई–दलीय किल्लामा टिकेको अमेरिकी राजनीतिमा कस्तो भूकम्प ल्याउन सक्छ? आउनुहोस्, यसको गहिराइमा पुगेर हेर्ने कोसिस गरौं , ट्रम्प राष्ट्रपति हुँदा, मस्कलाई उनका आर्थिक सल्लाहकार परिषद्हरूमा सामेल गराइएको थियो।
ट्रम्प मस्कको नवीनताबाट प्रभावित थिए भने मस्क सरकारसँग निकट रहेर आफ्नो व्यवसाय टेस्ला, स्पेसएक्स लाई सहज बनाउन चाहन्थे। जब ट्रम्पले पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई अलग्याउने निर्णय गरे, मस्कले नैतिकताको आधार देखाउँदै सल्लाहकार परिषद्बाट राजीनामा दिए।
यहाँबाट उनीहरूको सम्बन्धमा चिसोपना सुरु भयो।  अमेरिकी राष्ट्रपतिको पहिलो कार्यकालको अन्त्यमा क्यापिटलहिलमा भएको हिंसा र ट्रम्पका अभिब्यक्तिपछि उनलाई ट्वीटरमा प्रतिबन्ध लगाइएपछि उनी निकै कमजोर बने।
तर, जब मस्कले ट्वीटर किनेर त्यसलाई  एक्स बनाए र अभिव्यक्ति स्वतन्त्रताको नारा दिँदै ट्रम्पको खाता पुनस्र्थापित गरे  यसबाट उनीहरुको सम्बन्ध थप घनिष्ट बन्दै गयो ।
तर, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ’ट्रुथ सोसल’ लाई नै प्राथमिकता दिएर  एक्समा फर्किन अस्वीकार गरे। यो मस्कका लागि एक किसिमको अपमान थियो।
विवादको मुख्य जड दुई विशाल ’इगो’ को टकराव हो। दुवै आफूलाई स्थापित व्यवस्थाको विकल्प र जनताको आवाज ठान्छन्। ट्रम्प राजनीतिक मञ्चबाट यो गर्छन् भने मस्क प्रविधिको मञ्चबाट।
उनीहरू एउटै  संस्थापन विरोधी भोट र समर्थनका लागि प्रतिस्पर्धा गरिरहेका छन्। सन् २०२४ को राष्ट्रपति निर्वाचन अभियानमा मस्क ट्रम्पका सबैभन्दा ठूलो  चन्दा दाता थिए ।
उनले पूरै अवधिमा २८० मिलियन डलरभन्दा बढी चन्दा दिए । मुख्य रूपमा राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्प र अरू रिपब्लिकनलाई पनि उनले समर्थन गरेका थिए । तर अहिले ट्रम्पसँग सम्बन्ध बिग्रेपछि मस्कले आफ्नै राजनीतिक दल घोषणा गरेका हुन् । 
ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएपछि  इलोन मस्कले सरकार अत्यन्तै ढिलो र असक्षम भएको भन्दै त्यसलाई सुधार्न ’डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ डज नामक एक नयाँ विभाग बनाउनुपर्ने र त्यसको नेतृत्व आफूले निःशुल्क गर्ने बताएका थिए।
यो उनको सरकारलाई व्यंग्य गर्ने र आफूलाई एक समाधानकर्ताको रूपमा प्रस्तुत गर्ने तरिका थियो । उनले  त्यसको नेतृत्व गर्दै अमेरिकी खर्च कटौतीका लागि अभूतपूर्व निर्णयहरु  गराए ।
उनकै सिफारिसमा अमेरिकी सहयोगका अधिकांश कार्यक्रमहरु बन्द भए । जसको  प्रभाव नेपालमा समेत एडीबीसहितका कार्यक्रम भएपछि नेपालले समेत यसको असर खेपिरहेको छ ।
पछिल्लो समय ट्रम्पसँग दूरी बढाएर सामाजिक संजालमा भिडिरहेका मस्कले ट्रम्पले आफ्नो महत्वकाक्षी ब्युटिफूल बिलपास गराएपछि  भने नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् ।
ट्रम्प प्रशासनको सरकारी दक्षता विभाग (डज) का प्रमुख रहेका मस्कले अचानक पद छाड्दै ट्रम्पले ल्याएको कर कटौती र खर्च वृद्धिसम्बन्धी विधेयक ‘बिग ब्युटिफुल बिल’ को कडा आलोचना गरेका थिए ।
त्यसयता ट्रम्प र उनीबीच सामाजिक सञ्जालमा भनाभन भएको थियो ।  ‘बिग ब्युटिफुल बिल’ भने पारित भइसकेको छ । उनले आफ्नो दलको नाम ‘अमेरिका पार्टी’ राखेको अमेरिकी संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
एक दिनअघि उनले सामाजिक सञ्जाल एक्समा अमेरिका पार्टी गठन गर्न समर्थन गर्ने कि नगर्ने भनी सोध्दै एक सर्वेक्षण पोस्ट गरेका थिए। “२ देखि १ को अनुपातमा तपाईंहरू नयाँ राजनीतिक पार्टी चाहनुहुन्छ र तपाईंहरूले त्यो पाउनुहुनेछ !,”
मस्कको एक्स पोस्टमा उल्लेख छ । नयाँ पार्टीले अमेरिकीलाई स्वतन्त्रता फिर्ता दिने पनि उनले जिकिर गरेका छन् । नयाँ पार्टीले केवल दुई वा तीन सिनेट सिट र आठदेखि १० हाउस जिल्लामा ध्यानकेन्द्रित गर्न सक्ने उनले बताएका छन् ।
मस्कले सन् २०२६ को मध्यावधि निर्वाचनमा केही सीमित कंग्रेस र सिनेट सिटमा उम्मेदवार खडा गरेर सक्रिय राजनीतिक हस्तक्षेप गर्ने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
आफ्नो पार्टीले प्रविधि र नवप्रवर्तनलाई केन्द्रमा राखेर देशको विकासमा योगदान पु¥याउने पनि मस्कले बताएका छन्। डज छाडेपछि नै ट्रम्पले भने मस्कको कडा आलोचना गरिरहेका छन् ।
ट्रम्पले उनका कम्पनीहरूलाई दिएको सरकारी अनुदान कटौती गर्ने  देखि अमेरिकी नागरिकता खोस्नेसम्मको चेतावनी दिइसकेका छन् । ‘इलनले इतिहासमा कुनै पनि मानिसभन्दा धेरै अनुदान पाइरहेका हुनसक्छन्।
र अनुदान बिना इलनले सायद दोकान बन्द गरेर दक्षिण अफ्रिका फर्कनुपर्नेछ। अब कुनै रकेट प्रक्षेपण, उपग्रह, वा विद्दुतीय कार उत्पादन हुने छैन। र हाम्रो देशले ठूलो रकम बचत गर्नेछ,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए।
अमेरिकालाई ’दुई–दलीय व्यवस्था’ भनिन्छ, तर यहाँ  लिबरटेरियन पार्टी, ग्रीन पार्टी जस्ता दजर्नाै साना राजनीतिक दलहरू छन्  । निर्वाचनमा यी साना पार्टीहरुले पनि उम्मेदवार उठाउने गरेका छन् ।
तर, चुनावमा डेमोक्रेटिक र रिपब्लिकनबाहेक अरू कसैले जित्न सक्दैनन्।    अमेरिकी निर्वाचन प्रणाली अनुरुप नै दुई उम्मेदवारबीच  कडा प्रतिस्पर्धा हुने गरेको छ ।
अमेरिकाको चुनाव प्रणालीमा जुन उम्मेदवारले सबैभन्दा बढी भोट ल्याउँछ, उसले सबै सिट जित्छ। दोस्रो वा तेस्रो हुनेले केही पनि पाउँदैन। यसले गर्दा मतदाताहरूलाई तेस्रो दललाई भोट दिनु ’भोट खेर फाल्नु’ जस्तो लाग्छ।
दुई ठूला दलहरूले मिलेर यस्तो कानुन बनाएका छन् कि नयाँ दललाई सबै ५० राज्यमा आफ्नो उम्मेदवार उठाउन लगभग असम्भव छ।  यस्तै डेमोक्रेटिक र रिपब्लिकन पार्टीसँग अर्बौं डलरको चुनावी कोष हुन्छ, जससँग साना दलहरूले प्रतिस्पर्धा गर्नै सक्दैनन्।
राष्ट्रिय मिडियाले  समेत केवल दुई प्रमुख उम्मेदवारलाई मात्रै स्थान दिन्छ, जसले गर्दा तेस्रो दलका विचार र एजेन्डा जनतासम्म पुग्नै पाउँदैनन्।
यस्तो अवस्थामा अब प्रश्न उठेको छ,  यदि मस्कले साँच्चै पार्टी खोले भने के हुन्छ?  यसले अमेरिकी राजनीतिमा कस्तो प्रभाव पर्ला?  यो सर्वाधिक चासोको  प्रश्न हो।
यदि इलोन मस्कले आफ्नो असीमित सम्पत्ति र प्रभाव प्रयोग गरेर साँच्चै पार्टी खोले भने, त्यसले अमेरिकी राजनीतिमा भूराजनीतिक भूकम्प ल्याउन सक्ने विश्लेषण गर्न  थालिएको छ।
सुरुमा, उनको पार्टीले चुनाव जित्न नसके पनि स्पोइलरको भूमिका खेल्न सक्छ । अर्थात् दुई प्रमुख उम्मेदवारमध्ये कुनै एकको भोट काटेर अर्कोलाई हराइदिन सक्छ।
धेरै विश्लेषकहरू मान्छन् कि उनले दुवै पार्टीका असन्तुष्ट मतदातालाई तान्न सक्छन्, तर उनको एन्टी र प्रो–बिजनेस अडानले डेमोक्रेटिक पार्टीलाई बढी क्षति पु¥याउन सक्छ।
उनको पार्टीको मुख्य एजेन्डा सरकारी खर्च कटौती, प्रविधिको प्रयोग, अभिव्यक्ति स्वतन्त्रता र कर्मचारीतन्त्रको अन्त्य हुनेछ। यसले दुवै पुराना दलहरूलाई आफ्ना एजेन्डा परिवर्तन गर्न दबाब दिनेछ ।
यस्तै मस्कसँग चुनाव लड्न पैसाको कुनै कमी छैन। सबैभन्दा ठूलो कुरा, उनीसँग  एक्स जस्तो विश्वव्यापी सञ्चार प्लेटफर्म छ, जहाँबाट उनले मिडियालाई बाइपास गरेर सीधै करोडौं जनतासम्म आफ्नो सन्देश पु¥याउन सक्छन्।
यो उनको सबैभन्दा ठूलो शक्ति  मानिएको  छ।  उनले युवा, प्रविधि–प्रेमी र स्थापित राजनीतिबाट वाक्क भएका स्वतन्त्र मतदाताहरूको एक नयाँ समूहलाई आकर्षित गर्न सक्छन्, जसले अमेरिकी राजनीतिको समीकरण नै बदल्न सक्ने विश्लेषण समेत गर्न थालिएको  छ।
 इलोन मस्क र डोनाल्ड ट्रम्पबीचको द्वन्द्व व्यक्तिगत अहं र राजनीतिक प्रभावको लडाइँ हो। मस्कले नयाँ पार्टी खोलेको कुरा  सामाजिक संजालमा सिमित भएपनि उनले अमेरिकी राजनीति हल्लाइदिएका छन् ।
यदि भविष्यमा उनले यो कदम चाले भने, आफ्नो अपार सम्पत्ति, वैश्विक प्लेटफर्म  एक्स र संस्थापनविरोधी छविका कारण उनले अमेरिकी राजनीतिको किल्ला हल्लाउने क्षमता राख्छन्।
अहिले उनी पार्टी नखोलीकनै   एक्स मार्फत राजनीतिक बहसलाई प्रभावित गरिरहेका छन्, जुन आफैंमा एक शक्तिशाली राजनीतिक हतियार हो।
त्यसैले, मस्कको अर्को कदम के हुन्छ, त्यसले अमेरिकी र विश्व राजनीतिको भविष्यलाई समेत दिशानिर्देश गर्नसक्छ।
Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top