NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर शुक्रबार असार २७ , २०८२
नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? शुक्रबार असार २७ , २०८२
बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो शुक्रबार असार २७ , २०८२
एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र बिहिबार असार २६ , २०८२
Next
Prev

समाचार

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
Reading Time: 1 min read
A A
Advertisement
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२४ असार , काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को पोल फेरि एक पटक नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डले खोलिदिएका छन् ।
एन्फासँग चरम असन्तुष्ट देखिएका उनले अब एन्फा नसुध्रिएको खण्डमा नेपाल नफर्किने चेतावनीसमेत दिएका छन् । प्याट्रिकको प्रशिक्षणमा नेपालले हालै महिला एसिया कप छनोट प्रतियोगिता खेलेको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि उज्बेकिस्तानविरुद्धको निर्णायक खेलमा टाइब्रेकरमा चुक्दा नेपाल एसिया कपमा छनोट हुन सकेन । प्रतियोगितापश्चात् नेपाली टिम स्वदेश फर्किए पनि प्रशिक्षक प्याट्रिक भने फर्केका छैनन् ।
नेपाली मिडियासंगको एउटा अन्तरवार्ता उनले खुलेरै एन्फाको आलोचना गरेका छन् । एन्फाले नेपाली टिमलाई न्यूनतम पूर्वाधार र सुविधाहरूसमेत नदिएको उनको भनाइ छ ।
प्याट्रिकले भनेका छन्, ‘मैले एन्फासँग प्रशिक्षणका लागि चाहिने सामान्य किट्सहरू मागेँ, कुनै जवाफ नै आएन । होटलमै कहिलेकाहीँ आइससम्म हुन्नथ्यो । आइस पनि दिन नसक्ने हुन्छ त ? खेल भएको दिन, प्राविधिक प्रमुखले मलाई भनेका थिए, ‘धेरै चिन्ता नगर्नु, आफूले सक्दो गर्नु ।’ मलाई यसले केही नराम्रो गरेन, तर खेलाडी स्तब्ध थिए । उनीहरू रुने मनस्थितिमा थिए ।
वाइल्डले अगाडि भने, ‘पहिलो दिनदेखि नै समस्या थियो । खेलाडीलाई होस्टेल जस्तो होटलमा राखिएको थियो । खराब खाना थियो । मैले सोधेको थिएँ, बजेटको समस्या हो कि अरू केही हो । मलाई मुख्य प्रशिक्षक त बनाइएको थियो, तर मलाई टिमबाट अलग गरी अर्कै होटलमा राखिएको थियो । मैले भने, सबै एकै होटलमा हुनुपर्छ । उनीहरूले तीनतारे होटल दिन खोजे, मैले चारतारे मागेँ । त्यतिबेला नै एन्फा पदाधिकारीलाई लागेको थियो, यो प्रशिक्षकसँग काम गर्न सजिलो हुनेछैन । यो सब मैले खेलाडीका लागि चाहेको थिएँ ।’
आफूले गतिलो सहयोगीसमेत नपाएको उनले गुनासो गरेका छन् । ‘मैले त्यस्तो सहयोगी पाइनँ, जसले मलाई मद्दत गर्न सकोस् । म सबैसँग काम गर्न तयार छु, तर उनीहरू पनि त्यसका लागि योग्य हुनुपर्छ । मलाई त्यस्तो सहायकको के काम जसलाई कम्युटर पनि ‘हामीसँग जीपीएस थिएन । न ट्रेनिङमा क्यामेरा न त विश्लेषणका विवरण । यस्तो बेला मैले गर्ने नै के र ? म त ६१ वर्षको भइसकेँ । यो उमेरमा मेरो लागि खुसी नै सबैभन्दा ठूलो हो । मलाई यस्तो वातावरणमा अब काम गर्नु छैन । यो गुनासो मात्र होइन, वास्तविकता हो,’ उनी भन्छन् ।
उज्बेकिस्तानविरुद्धको खेल अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई फोन गरेकोप्रति पनि उनले असन्तुष्टि जनाएका छन् । यसबाट खेलाडीहरूमा अनावश्यक दबाबमा परेको उनको टिप्पणी छ ।
उज्बेकिस्तानविरुद्ध टाइब्रेकरमा ४–५ जना खेलाडीहरूले पेनाल्टी हान्न नमानेको खुलासासमेत गरेका छन् । प्याट्रिकले भने, ‘यसपल्टको टाइब्रेकरमा दबाबका कारण तीन÷चार खेलाडी पेनाल्टी प्रहार गर्न नै तयार थिएनन् ।यो खेलको अवस्था मात्र थिएन । बिहान ११ बजे नै प्रधानमन्त्रीसहितका व्यक्तिहरूसँग भिडियो कन्फ्रेन्स थियो । यसले खेलाडीलाई अत्यधिक दबाबमा राख्यो ।मैले उज्वेकिस्तानी अफिसियललाई सोधेको थिएँ, के तिमीहरूलाई पनि आफ्नो देशका राष्ट्रपतिले फोन गरे ? उत्तर रह्यो, थिएन ।  रियल म्याड्रिडले च्याम्पियन्स लिग खेल्दा के अध्यक्ष पेरेजले प्रेसमिट राख्छन् त ? राख्दैनन् । यो सबै खेलाडीको फाइदाका लागि भएको थिएन । यो अरूको फाइदाका लागि भएको थियो । नेपालले पहिलो खेल जित्दा त्यस्तै बधाई सन्देश किन आएन ? किन कसैले सानै पुरस्कार पनि घोषणा गरेन ? तर सबैले महत्वको खेल अगाडिको क्षण नै कुरिरहे ? गेम हारेपछि भने कसैले त्यसरी नै फोन ग¥यो त ?’ अब एन्फासँग बेल्जियमबाटै कुरा गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘थाहा छैन । म आफैले सम्पर्क राख्ने छैन । यदि मलाई कल आएमा मैले उत्तर भने दिनेछु । म नेपाल फर्कन चाहन्छु, केवल खेलाडीका लागि ।’
कप्तान नियुक्तिमा पनि विवाद भएको प्याट्रिकको स्वीकारोक्ति छ । उनले सावित्रा भण्डारीको कप्तानीको प्रशंसा गरे । सावित्रा नेपालले अहिलेसम्म पाएको सबैभन्दा उत्कृष्ट खेलाडी भएको बताए ।
यस्तै कप्तान छान्ने विषय पनि विवादरहित रहन सकेन । उनले नियमित कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बालाई सुरुआती ११ मा खेलाएनन् । उनको सट्टा अनुभवविहीन अञ्जना रानामगरलाई वाइल्डले मौका दिए ।
तर, यो विषय खुब आलोचना भयो । हुन् त एन्फाले अञ्जिला सुरुआती ११ मा नपरेपछि रेनुका नगरकोटे कप्तान भएको भन्दै घोषणा गरेको थियो । यसअघिका केही खेलमा पनि उनले अञ्जिलाको उपस्थितिमा टोलीको कप्तानी गरेका थिए ।
रेनुका तिनै खेलाडी हुन् जो घाइते हुँदा सन् २०१९ मा अञ्जिलाले कप्तानी पाएकी थिइन्। तर, केही मिनेटपछि नै एन्फाले स्ट्राइकर सावित्रा भण्डारी नेपालको ११औं कप्तान भएको घोषणा ग¥यो ।
तर, एन्फा महासचिव किरण राईले अञ्जिला बेन्चामा हुँदा उपकप्तान सावित्रा भएको कारण कप्तानी जिम्मेवारी दिइएको बताउँछन्। यद्यपि, सावित्राले उपकप्तानी जिम्मेवारी पाएको कहिल्यै एन्फाले घोषणा नै गरेको थिएन ।
वाइल्ड भन्छन्,‘गीता राना र सरस्वती हमाल पनि राम्रो खेलाडी हुन्। तर, कप्तान छनोट गर्दा विवाद भयो । त्यसबेलासम्म मै बुझिसकेको थिएँ  म स्वतन्त्र रुपमा काम गर्न पाउँदिनँ।’
सवित्रा नेपालले पाएको अहिलेसम्मकै उत्कृष्ट खेलाडी भएको उनी स्वीकार्छन्। उनीबिना नेपालले जित्न गाह्रो हुन्छ । छनोट प्रतियोगितामा उनले लगातार दुई ह्याट्रिकसहित ९ गोल गरिन् । उनी नेपालको जर्सीमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या ६७ मा पु¥याएकी छन् ।
उनकै एकल प्रदर्शनमा नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले हराएको थियो । तर, अन्तिम खेलमा नेपाललाई ३–३ को पुनरागमन दिलाइन् । यसमा एक गोल रेखा पौडेलको कर्नर बलमा गीता रानाको पनि रह्यो ।
योसँगै नेपाल पेनाल्टी सुटआउटमा पुगेको थियो । तर, पेनाल्टीमा सावित्रा र अञ्जना चुक्दा नेपालले एसियन कप, विश्वकप र ओलम्पिक खेल्ने सबै मौका गुमायो । खेलाडीहरूको व्यवस्थाबारे पनि उनी गम्भीर छन् ।
भन्छन्,‘कहिलेकाहीँ होटलमा बरफ (आइस) पनि हुँदैनथ्यो। बरफसम्म नपाइने अवस्था कल्पना गर्न सक्नुहुन्छ? म त्यस्तो प्रशिक्षक होइन, जो केवल कफी पिएर निर्देशन दिन्छु। म खेलाडीहरूसँगै पसिना बगाउन चाहन्छु।’
अन्तर्वार्ताभर वाइल्डले बारम्बार स्वतन्त्रतामाथिको अंकुश र आफूलाई निर्णय लिन नदिएको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफू नेपाल पैसा कमाउन नआएको बताएका छन् ।
यता एन्फाले उनीसँग एक वर्षको सम्झौता गरे पनि उनले पारिश्रमिकस्वरुप  कति रकम पाउने हो भनेर खुलाएको छैन । वाइल्ड भन्छन्,‘मेरो तलब कति छ भन्ने कसैलाई थाहा छ? म पैसा कमाउन नेपाल आएको होइन ।
म पैसाको लागि आएको होइन भने किन अरुको दबाबमा काम गर्नु?’ बेल्जियमका प्याट्रिकलाई गत जेठ २८ गते एन्फाले महिला फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो ।
उनी महिला टिमका दोस्रो विदेशी प्रशिक्षक हुन् ।  यसअघि उनले नेपाल सुपरलिगमा काठमाडौं रेन्जर्सलाई प्रशिक्षण दिएका थिए । ६१ वर्षीय प्याट्रिकसँग एन्फाको एक वर्षको सम्झौता छ ।
एसियन कपमा छनोटन हुन असफल भएपछि नेपाली महिला फुटबल टिमले तत्काल खेल्ने कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता छैन । एसियन कप देखि विश्वकप र ओलम्पिकको ढोका बन्द भएपछि अब महिला टोली साफ च्याम्पियनसिप र केही मैत्रीपूर्ण खेलमै खुम्चिनुपर्ने हुन्छ ।
Advertisement
Tags: #अखिल नेपाल फुटबल संघ (एन्फा)#एन्फाले काम गर्न दिएन#खेलाडीका लागि आईस#महिला फुटबल प्रशिक्षक

लोकप्रीय

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

विचार

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

थप समाचार

ताजा समाचार

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर
आर्थिक

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
ताजा समाचार

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२
७ दिनमा तलब नदिए बालेनले टुकुचामा गाडिदिने
ताजा समाचार

बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो

शुक्रबार असार २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.