×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

झापाबाट गर्जिए ओलीः ‘ओलीविनाको एमाले असम्भव’

२९ असार २०८२

२९ असार , काठमाण्डौ ।

प्रमुख सत्तारुढ दल नेकपा (एमाले) भित्र भावी नेतृत्वलाई लिएर शक्ति संघर्ष थप चर्किएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने र नेतृत्वमा दाबी गर्ने सार्वजनिक घोषणा गरेपछि तरंगित बनेको एमाले राजनीतिमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापाबाट आज स्पष्ट जवाफ फर्काएका छन्।

Advertisement
Advertisement

उनले ‘केपी ओलीविनाको एमाले’ कल्पना गर्नेहरूलाई प्रतिक्रियावादीको संज्ञा दिँदै आफ्नो नेतृत्वलाई आगामी दिनमा पनि निरन्तरता दिने अकाट्य सन्देश दिएका छन्।

आइतबार झापामा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टीभित्र र बाहिरबाट भइरहेका षड्यन्त्रप्रति आक्रामक टिप्पणी गरे।

उनको यो भनाइलाई भण्डारीको पुनरागमनको आकांक्षा र त्यसले पार्टीभित्र सिर्जना गरेको बहसलाई निस्तेज पार्ने रणनीतिक कदमका रूपमा विश्लेषण गरिएको छ।

“एमालेबिनाको देश र केपी ओलीबिनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पूरा हुँदैन,“ ओलीले भने, “एमालेविरुद्ध जाल बुन्नेहरू सफल हुँदैनन्। माकुरोको जालोमा कहिल्यै भैँसी पर्दैन।“

उनले लामो समय पार्टीमा बसेर लाभ लिएका केही स्वार्थी नेताहरूले पार्टी सिध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ताले एमालेलाई बचाएको भन्दै भ्रामक प्रचारको पछि नलाग्न आग्रह गरे।

ओलीले झापाबाट राजनीतिक सन्देश दिइरहँदा, काठमाडौंस्थित पार्टी मुख्यालयमा महासचिव शंकर पोखरेल त्यसलाई वैधानिकता दिने आधार तयार पारिरहेका थिए।

पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजाने खुलासा गर्दै अध्यक्ष ओलीको नेतृत्वलाई निरन्तरता दिन विधान नै संशोधन गरिएको तथ्य स्वीकार गरे।

“विधान महाधिवेशनमा अध्यक्षमा दुई पटक मात्र उम्मेदवार हुन पाउने प्रावधान राखिएछ,“ पोखरेलले भने, “हामी जसको नेतृत्वमा पार्टीलाई हाँक्न चाहन्थ्यौँ, उहाँ आठौँ महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो, नवौँमा विजयी हुनुभयो। विधानको प्रावधानले उहाँलाई रोक्ने देखेर दुई पटक उम्मेदवार वा दुई कार्यकाल भन्ने प्रावधान संशोधन गरिएको हो।“

यो स्वीकारोक्तिले एमालेको संस्थापन पक्ष ओलीको विकल्प सोच्ने अवस्थामा नरहेको र भण्डारीको प्रयासलाई संस्थागत रूपमै रोक्ने तयारीमा रहेको स्पष्ट देखिएको छ ।

केही समयअघि पूर्वराष्ट्रपति भण्डारीले एमालेकै कार्यक्रममार्फत सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी थिइन्, जसलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहजीकरण गरेका थिए।

त्यसयता उनले जिल्ला दौडाहा र सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै आफू अध्यक्षको दौडमा रहेको संकेत गरिरहेकी छन्। उनले एक अन्तर्वार्तामा ओली अब अध्यक्षमा नदोहोरिने विश्वास व्यक्त गर्दै आफ्नो पुनरागमनलाई पार्टीले स्वागत गरेको तर्क गरेकी छन्।

तर, भण्डारीको यो कदमप्रति अध्यक्ष ओली र महासचिव पोखरेलसहित संस्थापन पक्ष असन्तुष्ट देखिन्छ। महासचिव पोखरेलले भण्डारीको पुनरागमनबारे पार्टीमा कुनै औपचारिक जानकारी नभएको र प्रतिक्रिया दिन आवश्यक नरहेको बताउँदै आएका छन्।

ओली र भण्डारीबीच केही पटक दोहोरी चलेको समेत सार्वजनिक भएको थियो। झापाबाट ओलीको पछिल्लो अभिव्यक्तिले एमालेभित्रको नेतृत्व संघर्ष अब लुकेको छैन भन्ने स्पष्ट पारेको छ।

एकातिर, भण्डारी आफ्नो राजनीतिक विरासत र अनुभवका आधारमा पार्टी हाँक्ने महत्त्वाकांक्षासहित मैदानमा उत्रिएकी छन्। अर्कोतिर, ओली पक्षले आफ्नो नेतृत्वलाई अपरिहार्य र पार्टी एकताको प्रतीकका रूपमा प्रस्तुत गर्दै कुनै पनि किसिमको चुनौतीलाई षड्यन्त्र को रूपमा व्याख्या गरिरहेको छ।

आगामी विधान महाधिवेशन र त्यसपछिको महाधिवेशन एमालेका लागि निर्णायक बन्ने देखिन्छ। ओलीले आफ्नो पकडलाई थप मजबुत बनाउन विधानका प्रावधानहरूलाई आफू अनुकूल बनाइसकेका छन् भने भण्डारीले नेता–कार्यकर्ताको समर्थन जुटाएर त्यसलाई चुनौती दिने रणनीति बनाएकी छन्।

यो शक्ति संघर्षले एमालेको भविष्य र आन्तरिक एकतालाई कुन दिशामा लैजान्छ, त्यो भने हेर्न बाँकी नै छ।

यस्तै प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको सहन नसकेर प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले वाइसिएल लगाएर भ्रम फैलाउने काम गरेको बताएका छन् ।

उनले आफू नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन स्पेन गएको बताए । स्पेन भ्रमण सफल भएसँगै त्यसबाट छट्पटाएर माओवादी केन्द्रले योजनावद्ध ढंगले वाइसिएल लगाएर केपी ओलीले स्पेनमा गएर मान्छे छोड्यो भन्ने दुष्प्रचार फिँजाउने काम गरेको बताए ।

अहिलेको देशको प्रधानमन्त्री (केपी शर्मा ओली) ले एक पैसा भ्रष्टाचार नगर्ने,कुनै प्रकारको अनैतिकता नगर्ने र गैरकानूनी काम नगर्ने बताउँदै प्रधानमन्त्रीले ओलीले भ्रष्टाचार र गैरकानूनी काम गर्न आफू राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी नभएको टिप्पणी गरे ।

यस्तै ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै भ्रष्ट तत्वहरुले हस्ताक्षर क्याम्पियन चलाएको बताए । सहकारीका करोडौँ झ्वाँम पार्ने, गरिव जनताका पैसा खाएर अन्याय प¥यो भन्दै हस्ताक्षर गर्ने गरेको समेत बताए ।

अन्याय भएको भए पुनरावेदनमा जान सुझाव दिँदै ओलीले भीरमा भैँसी चराउन लैजाने र चराउन नजानेर लडाएपछि निहुँ खोज्ने काम नगर्न चेतावनी दिएका छन् ।

Advertisement

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top