×

NEPAL TIMES UPDATES

Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

१ श्रावण २०८२

३२ असार , काठमाण्डौं ।

दुई छिमेकीभएर पनि परम्परागत प्रतिस्पर्धी र सीमामा वर्षौदेखि तनाव झेलिरहेका भारत र चीन अब भने सम्बन्ध सुधारको पहलमा लागेका छन् ।

जसको सुधारको प्रयास स्वरुप चिनियाँराष्ट्रपति सीजिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि दुवै देशकाशीर्ष नेताहरु एकअर्काको देश भ्रमणमा जान थालेका छन् ।

गतवर्षको अक्टोबर महिनामा रुसको कजानमा आयोजित ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिन्पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो ।

त्यसपछि चिनियाँ उपविदेशमन्त्री सुन विडोङले भारत भ्रमण गरेका थिए । गत महिनामात्रै भारतका रक्षामन्त्री राजनाथसिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनिचीनको भ्रमण गरेका थिए ।

अहिले फेरि विदेशमन्त्री एस जयशङ्कर चीनपुगेका छन् । चीन भ्रमणका क्रममाउनले उच्चस्तरीय भेटवार्ता गरिरहेका छन् । चीनमा रहँदाउनले चिनियाँ राष्ट्रपति सी जिन्पिङ, उपराष्ट्रपति हानझेङ, समकक्षी वाङ यी लगायतसँग उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

शाङ्घाई सहयोग संगठनको विदेशमन्त्रीहरुको सम्मेलनमा सहभागी हुन जयशङ्कर चीन भ्रमणमा छन् । सन् २०२० मागलवान सीमा क्षेत्रमा दुई मुलुकका सुरक्षाकर्मी बीच भएको झडप पछि पहिलो पटक भारतीय विदेशमन्त्री चीनपुगेका हुन् ।

गलवान झडपपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएको थियो । दुई मुलुकले अझै पनि एक अर्कालाई अविश्वास, आशंका र असमझदारीको दृष्टिकोणले हेर्ने गरेको विश्लेषण गरिन्छ ।

आफ्नो परम्परागतप्रभावक्षेत्र दक्षिण एशियामाचीनले आफ्नो उपस्थिती बढाउँदै गएकोमाभारत असन्तुष्ट छ । उता अमेरिका नेतृत्वको सुरक्षा साझेदारी क्वाड, इण्डो प्याशिफिक सैन्य संरचनामाभारतको उपस्थितीलाई चीनले पनिशंकाको दृष्टिले हेर्ने गरेको छ ।

त्यसबाहेक दुई देशबीच सीमाविवाद, तिब्बत मामिला, व्यापार असन्तुलन जस्ता विषयपनि कायमै छन् । गत मे महिनामाभारतले पाकिस्तानीभूमिमा रहेका आतंककारी पूर्वाधारलाई लक्षित गरी सञ्चालन गरेको अपरेशनसिन्दुरका क्रममाचीनले पाकिस्तानलाई सहयोग गरेको खुलासा भएको थियो ।

उक्त अपरेशनका क्रममा चीनले पाकिस्तानलाई प्रत्यक्ष सहयोग गरेको भारतीयपक्षको आरोप छ । अपरेशनसिन्दुरपछि विकसित घटनाक्रम पनिभारतले चाहेजस्तो छैन ।

हालचीनले पाकिस्तान र बंगलादेशलाई साथमालिएर दक्षिण एशियालीमुलुकहरुको नयाँ संगठन स्थापनाको पहलगरिरहेको समाचार आएको छ ।

विगत एक दशकदेखि मृतप्रायः रहेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई विस्थापन गरेर चीनको पहलमानयाँ संगठन बनोस् भन्ने भारतले चाहेको छैन ।

अपरेशन सिन्दुरपछि दुवै मुलुककाअधिकारीले द्विपक्षीय भ्रमणलाई बढाएका छन् । भारतले अपरेशनसिन्दुर सञ्चालन गरेको केही सातापछि चिनियाँउपविदेशमन्त्री सुन विडोङले भारत भ्रमण गरेका थिए ।

त्यसबाहेक गतमहिनामात्रै भारतका रक्षामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारले पनिचीनको भ्रमण गरेका थिए । त्यसैको पछिल्लो कडीका रुपमाजयशङ्करको चीन भ्रमणलाई हेरिएको छ ।

यसअघि नै कजानमामोदी र सीको भेटवार्तापछि दुई मुलुकबीच सम्बन्ध सुध्रिने अपेक्षागरिएको थियो । त्यसबेला कैलाशमानसरोवर यात्राखुला गर्ने र दुई मुलुकबीचहवाई सेवा सुचारु गर्ने विषयमा सहमतीभएको समाचार सार्वजनिकभएको थियो ।

हालचीन भ्रमणमा रहेकाविदेशमन्त्रीजयशङ्करले ‘भिन्नताले विवादको रुपमालिननहुने’ टिप्पणी गरेका छन् । इण्डियन एक्सप्रेसका अनुसार विदेशमन्त्रीजयशङ्करले ‘प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत गर्न नहुने’ समेत उल्लेख गरेका छन् ।

उनले आपसीविवाद समाधानकालागिमिलेर काम गर्नुपर्ने समेत बताएका छन् ।भारतले आतंकवाद विरुद्ध शून्य सहनशीलताको अपेक्षा गर्ने पनि बताएका छन् ।

त्यसबाहेक विदेशमन्त्री जयशङ्करले व्यापारमा कायमव्यवधान हटाउने विषयमा पनि चासो दिएको भारतीय सञ्चार  माध्यमले उल्लेख गरेका छन् ।

उनले जनस्तरको सम्पर्क बढाउने विषयलाई पनि

चिनियाँअधिकारी समक्ष उठान गरेको जनाइएको छ । जवाफमा चिनियाँ समकक्षी वाङ यीले भारत र चीनबीचको सम्बन्धअसल छिमेकी र मैत्रीपूर्ण हुनुपर्ने बताएका छन् ।

चिनियाँ समाचार संस्थासिन्ह्वाकाअनुसार सत्तारुढ कम्युनिष्ट पार्टीका केन्द्रिय समितिको राजनीतिक ब्यूरोका सदस्यसमेत रहेका यीले यसकालागिआपसी सम्मान र विश्वसनीयता, शान्तिपूर्ण सहअस्तित्व, समानविकास र ‘विन–विन’ साझेदारीमाआधारित हुनुपर्ने बताएका छन् ।

उनले भौगोलिक रुपमानजिकै रहेका पूर्वका दुई सभ्यता र उदीयमान अर्थतन्त्रबीचको सम्बन्धलाई सद्भाव र आपसी सफलताले निर्धारित गर्ने टिप्पणी गरेका छन् ।

उनले दुई मुलुकबीचको सम्बन्धकुनै तेस्रो पक्षलाई हानि गर्ने किसिमका हुनन हुने पनि स्पष्ट पारेका छन् । उनले भारतसँग सम्बन्ध सुधारका लागि चीन तयार रहेको पनि उल्लेख गरेको सिन्ह्वाले जनाएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top