आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

१ साउन ८२, बिहीबार

१ साउन , काठमाण्डौ ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैजसो प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै ठाउँहरुमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Advertisement

राति कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागको थोरै ठाउँहरुमा तथा बाँकी भू–भागका एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गएराति पनि देशभर कतै पनि ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी लगायतका ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

Advertisement

यसबीच बाढी पूर्वानुमान महाशाखाले आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ ।

जिल्लाका हिसाबले आज इलाम, झापा, मोरङ, धनकुटा, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, नुवाकोट, गोरखा, कास्की, लमजुङ, स्याङ्जा, रुकुम पश्चिम, जाजरकोट, दाङ, सल्यान, सुर्खेत, दैलेख, अछाम, कैलाली, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ ।

मौसमविद्का अनुसार आगामी केही दिन नेपालमा धेरै भारी वर्षा नहुने भएको छ । वर्षा गराउने प्रणाली नेपाल प्रवेश नगर्दा केही दिन ठूलो वर्षाको सम्भावना नरहेको ह “हामीले केही दिनअगाडि पूर्वानुमान गरेजस्तो वर्षा नहुने देखियो,” मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, “वर्षा गराउने प्रणाली नेपालमा सक्रिय नहुँदा भारी वर्षाको सम्भावना नहुने भएको हो ।”

एकाध स्थानमा भारी वर्षाको सम्भावना देखिए पनि ती स्थान निकै कम रहेको उनी बताउँछिन् । ठूलो वर्षा हुने र लगातार तीन÷चार दिनसम्म वर्षा गराउने प्रणाली अहिले नेपालमा नरहेको उनले बताएकी छन् ।

वर्षा गराउने प्रणाली भारतको बिहार हुँदै उत्तर प्रदेशतिर मोडिँदा नेपालमा भारी वर्षा केही दिनलाई टरेको हो । बंगालको खाडीमा उत्पन्न भएर भारतको उडिसा हुँदै उत्तरतिर आएको प्रणालीले नेपालको सुख्खा भएको तराईमा वर्षा गराउने अपेक्षा थियो तर त्यो प्रणाली मध्य बिहार हँुदै भारतको इलाहाबाद पुगेको मौसमविद्ले बताएका छन् ।

उक्त प्रणालीको बाहिरी घेरा मात्र नेपालको तराई भागमा परेकाले केही ठाउँमा हल्का र मध्यम वर्षा भएको हो । कतै बादल मात्र देखिएर उक्त प्रणाली बाहिरिएको मौसमविद्को भनाइ छ ।

“यसको बाहिरी घेराको मध्यम प्रभाव पश्चिम नेपालको बर्दियादेखि पश्चिमी भागमा आज पर्ने सम्भावना छ । तर, भारी वर्सा भने आगामी दुई÷तीन दिन नहुने सम्भावना छ,” मानन्धरले भनिन् ।

आउने हप्ताको आइतबारदेखि मंगलबारसम्म पश्चिम नेपाललगायत देशका केही भागमा भारी वर्षाको सम्भावना रहेको छ । यो हप्ता नेपालमा भारी वर्षाको केही ठाउँमा भए पनि विपद् सिर्जना गर्नेगरी ठूलो पानी पर्ने सम्भावना नदेखिएको हो ।

तर, अर्को हप्ता भने धेरै ठाउँमा भीषण वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । आइतबारदेखि मंगलबारसम्म ठूलो वर्षाको सम्भावना छ । आइतबारदेखि तीनवटा प्रणालीले वर्षा हुने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top