१ साउन , काठमाण्डौ ।
जनप्रर्दशनकै कारण सुरक्षाका लागि देश छाडेर भाग्न विवश भएकी बंगलादेशमा शेख हसिनाका समर्थकहरूले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसविरुद्ध मोर्चा खोलेका छन्।
बंगलादेशको गोपालगञ्जमा युनुस समर्थित एनसीपी र शेख हसिनाको अवामी लिगका विद्यार्थी संगठनहरूबीच झडप भएको हो । प्रदर्शन र झडपका क्रममा ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
हाल गोपालगञ्ज क्षेत्रमा कफ्र्यू लगाइएको छ। समाचारअनुसार विभिन्न स्थानमा अर्धसैनिक कर्मचारीहरू तैनाथ छन् । मोहम्मद युनुसले हिंसात्मक झडपको लागि अवामी लिगको निन्दा गरेका छन् र हिंसाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउने बताएका छन्।
अर्कोतर्फ, शेख हसिनाको पार्टी अवामी लिगले युनुस सरकारले आफ्ना कार्यकर्ताहरूलाई आक्रमण गरेको आरोप लगाएको छ।
एनसीपीको ¥यालीलाई लिएर बुधबार अवामी लिगका कार्यकर्ता र सुरक्षाकर्मीबीच भएको हिंसात्मक झडपपछि बंगलादेशको गोपालगञ्ज जिल्लामा बिहीबार पनि तनावपूर्ण अवस्थाका बीच कफ्र्यू जारी छ ।
बढ्दो तनावलाई नियन्त्रणमा लिन सरकारले कफ्र्यू लगाएको हो। सरकारका मुख्य सल्लाहकारको प्रेस शाखाका अनुसार, बिहीबार साँझ ६ बजेसम्म कफ्र्यू लागू रहनेछ।
बुधबार दिनभर गोपालगञ्जमा अवामी लिग, यसको प्रतिबन्धित विद्यार्थी संगठन छात्र लिग र अन्य सम्बद्ध संगठनका कार्यकर्ताहरूले लाठी बोकेर र ढुङ्गामुढा गर्दै विभिन्न स्थानमा कब्जा जमाएपछि अशान्ति बढेको ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन सेना, ¥यापिड एक्सन बटालियन, प्रहरी र बंगलादेश सीमा सुरक्षा बलका चार प्लाटुनले सहरभरि गस्ती तीव्र पारेका छन्।
जिल्लाका डेपुटी कमिश्नर मुहम्मद कमरुज्जमानले गोपालगञ्ज सदरमा धारा १४४ पनि लागू गरेका छन्, तर यसको समयसीमा तोकिएको छैन। अस्पताल र प्रहरी स्रोतका अनुसार, झडपमा हालसम्म चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
यसैबीच, सरकारले गोपालगञ्जको हिंसालाई पूर्ण रूपमा अनुचित भन्दै दोषीहरूलाई कानुनी कठघरामा ल्याइने चेतावनी दिएको छ। एनसीपीको शान्तिपूर्ण ¥यालीमाथि भएको आक्रमणबारे जारी विज्ञप्तिमा भनिएको छ, यो स्पष्ट होस् हाम्रो राष्ट्रमा हिंसाको कुनै ठाउँ छैन।
न्याय स्थापित हुनैपर्छ र हुनेछ। सरकारले आफ्नो क्रान्तिकारी आन्दोलनको पहिलो वार्षिकोत्सव मनाउन शान्तिपूर्ण ¥याली गर्नबाट युवा नागरिकहरूलाई रोक्नु उनीहरूको मौलिक अधिकारको लाजमर्दो उल्लंघन भएको बताएको छ।
तनाव बढेपछि एनसीपीका नेताहरूलाई सेना, प्रहरी, ¥याब र बीजीबीको सहयोगमा गोपालगञ्जबाट सुरक्षित रूपमा निकालिएको थियो। सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा उनीहरूलाई बख्तरबन्द गाडीमा प्रवेश गर्दै गरेको देखाइएको थियो।
उनीहरूलाई पछि खुल्ना सर्किट हाउस र एक स्थानीय होटलमा लगिएको थियो। खुल्नामा राति पत्रकार सम्मेलन गर्दै एनसीपीका संयोजक नाहिद इस्लामले अवामी लिग र यसका प्रतिबन्धित संगठनहरूले ज्यान लिने उद्देश्यले आफ्नो शान्तिपूर्ण ¥यालीमाथि आतंकवादी शैलीको आक्रमण गरेको आरोप लगाएका छन् ।
यसको प्रतिक्रियामा एनसीपीले आक्रमणको विरोधमा बिहीबार राष्ट्रव्यापी प्रदर्शनको घोषणा गरेको छ। गत वर्ष जुलाई १७ मा, एक विद्यार्थीको मृत्युपछि व्यक्तिगत प्रतिक्रियाबाट सुरु भएको घटना बंगलादेशका मनसुन क्रान्तिको सबैभन्दा तीव्र र अराजक टकरावहरू मध्ये एकमा परिणत भएको थियो।
ढाका विश्वविद्यालयका अर्थशास्त्रका विद्यार्थी मुसा अहमद भन्छन्, म सुरुदेखि नै कोटा आन्दोलनमा सामेल थिइनँ। तर अबु सइदको मृत्युले मलाई झस्कायो।
त्यतिबेला मलाई लाग्यो कि अब चुप लागेर बस्नुको कुनै अर्थ छैन। यो घटनाबाट नै बंगलादेशमा देशब्यापी आन्दोलन सुरु भएको थियो । जसको बदलमा प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भाग्नु पर्याे ।
हसिना अहिले भारतको शरणमा छिन् । तर बंगादेशले उनको रहादानी रद्ध गरिसकेको छ भने उनििवरुद्ध सयौं अपराधिक मुद्दा दायर गरिएका छन् । उनको सम्पत्ति समेत जफत गर्ने त्याहाको अदालतले आदेश दिइसकेको छ ।