×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

महावीरले किताब बेचेर १२ करोड जम्मा गरे, औजार कारखानामा खर्चिने

७ श्रावण २०८२
६ साउन , काठमाण्डौं । 
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ ।
केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आएका डा. पुनले उक्त जानकारी दिएका हुन् । उनले पुस्तक बिक्रीबाट १२ करोड राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको बताए ।
उनको पुस्तकको मूल्य ७५० छ । उक्त रकमलाई उनले केन्द्रले सञ्चालन गर्दै आएको वीरगञ्ज औजार कारखाना र आविष्कार गतिविधिमा खर्च गरिने जानकारी दिए ।
पुस्तक बिक्रीका लागि एक सातादेखि झापामा रहेका उनलाई संस्थागत र व्यक्तिगत रूपमा आमन्त्रण गरेर पुस्तक किन्ने क्रम बढिरहेको छ ।
विर्तामोड नगरपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरी केन्द्रको सहयोगार्थ ५० हजार मूल्य बराबरको पुस्तक खरिद गरेको छ ।
नगरउपप्रमुख पवित्रा महतरा प्रसाईंले मुलुकलाई आत्मनिर्भर बनाउन पुनको अभियान प्रशंसनीय भएकाले उनको पुस्तक किनेर सहयोग गर्न पाउँदा गर्व लागेको बताइन् ।
विर्तामोड, दमक, बाह्रदशी, विर्तामोड, बुद्धशान्तिलगायतका पालिकामा स्थानीय सामाजिक संस्था र युवाहरूको अगुवाइमा उनको किताब किन्ने अभियान सञ्चालन भइरहेको छ ।
विर्तामोडमा सोमबार आयोजित कार्यक्रममा डा. पुनले सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र नबस्न युवाहरूलाई आग्रह गरे ।
‘देशका लागि आ–आफ्नोतर्फबाट सानो भए पनि योगदान गर्नुपर्छ’, उनको भनाइ थियो, ‘सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र हुँदैन ।’
उनले राष्ट्रिय आविष्कार केन्द्रमा हाल १५ प्रकारका कृषि औजार उत्पादन भइरहेको जानकारी दिए ।  ती उपकरण भविष्यमा पालिकाका साना किसानका लागि लाभदायक हुने उनले विश्वास व्यक्त गरे । यसअघि  देशका विभिन्न सहरमा आफ्ना पुस्तक बिक्रीका लागि उनी पुगिसकेका छन् ।
युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता पुनको नेतृत्वमा रहेको  केन्द्रले ३० बर्ष देखि पूर्णरुपमा बन्द भएको  वीरगन्जस्थित कृषि औजार कारखाना चलाउने जिम्मा  ०७९ असोजमा पाएको थियो । पुन र  तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको उपस्थितमा केन्द्र र अर्थमन्त्रालयबीच सम्झौता भएको थियो । 
सम्झौता अनुरुप उक्त जिर्ण कारखानाको मर्मत सम्भार गर्न र नयाँ मशीनरी औजार थप्नको लागि एक पटकको लागि मात्र संचालक समितिले सिफारिस गर्ने र अर्थ मन्त्रालयले बजेट व्यवस्था गर्ने उल्लेख भएपनि सरकारले सम्झौता अनुरुपको सहयोग नगरेको भन्दै पुनले आफूले पाएका म्यागेसेसे लगायतका पुरस्कारका मेडल नै लिलामीमा राखेका थिए ।
तर सरकारको चेतावनीवपछि उनले सो लिलामी रद्ध गरेका थिए भने आफ्नै आत्मकथाको पुस्तक लेखेर उनी देशभर  आफै पुस्तक बिक्री गर्न पुग्ने गरेका छन् ।
सरकारसँग सम्झौताकै समयमा पुनले १० करोड भित्रमा सम्पूर्ण कारखानाको मशीनहरु र भवनहरुको मर्मत सम्भार र पुनर्निर्माणको काम हुने  बताएका थिए ।
तर कारखानाका लागि आवश्यक विजुलीका लागि ट्रान्सफर्मर खरिदमा समेत सरकारले सहयोग नगरेको भन्दै उनले सहयोगको याचना गरेका थिए ।
जनस्तरबाट र विदेशीहरुले पनि गरेको करिव ८ करोड बजेटमा  २०७६ सालमा आविष्कार केन्द्र स्थापना गरिएको  थियो । नेपाली जनताले दिएको दान र विदेशीहरुको सहयोगमा सो केन्द्र स्थापना गरिएको केन्द्रले जनाएको  थियो ।
केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गर्दै आएको छ ।
अहिलेसम्म केन्द्रले पेट्रोलबाट चल्ने गाडीलाई विद्युतीय बनाउने देखि माछाका कत्ला खुईल्याउने, सिन्का बनाउने तथा गाईको गोबरलाई धुलो मल बनाउने लगायतका मेशीनहरु बनाईसकेको छ ।
Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top