×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

भारतका उपराष्ट्रपतिले किन दिए अचानक राजीनामा ?

७ श्रावण २०८२
६ साउन , काठमाण्डौं । 
भारतका उपराष्ट्रपति जगदीप धनखडले स्वास्थ्यको कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार राष्ट्रपति द्रौपदी मुर्मुलाई पठाएको राजीनामामा उनले अब आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने बताएका हुन् ।
राष्ट्रपति द्रौपदी मुर्मुलाई पत्र लेख्दै उनले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहबमोजिम आफूले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । धनखडको कार्यकाल अगस्ट २०२७ मा मात्र पूरा हुँदै थियो ।
उनले कार्यकाल सकिनु २ वर्षअघि नै राजीनामा दिएका हुन् । जनता दल, कांग्रेस हुँदै भाजपामा उनी विभिन्न भूमिका निर्वाह गर्दै देशको दोस्रो सर्वोच्च पदमा पुगेका थिए । तर उनको राजीनामाको ’टाइमिङ’ लाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन् ।
खासगरी विपक्षी दलहरूले उनको राजीनामामाथि गम्भीर प्रश्न उठाएका छन् । भारतमा उपराष्ट्रपति राज्यसभा सभापतिसमेत हुन्छन् । राज्यसभा सभापतिका रूपमा धनखड्को विपक्षी दलहरूसँग प्रायः टकरावको स्थिति नै रह्यो ।
यहाँसम्म कि गत वर्षको डिसेम्बरमा विपक्षी गठबन्धन ’इन्डिया’ ले उनीविरुद्ध अविश्वास प्रस्तावको नोटिस दिएको थियो ।धनखडको  राजीनामापछि कांग्रेस नेता जयराम रमेशले सामाजिक सञ्जालमा लेखेका छन्, ’उपराष्ट्रपतिको अचानक राजीनामा आउनु अचम्म त छँदैछ, त्यति नै बुझ्न नसकिने पनि । म आज साँझ ५ बजेतिर अन्य सांसदहरूसहित उहाँसँगै थिएँ । साँझ साढे ७ बजे पनि उहाँसँग फोनमा कुराकानी भएको थियो ।’
रमेशले धनखडले स्वास्थ्यलाई प्राथमिकता दिनु स्वाभाविक भएको उल्लेख गर्दै अप्रत्याशित राजीनामापछि ’धेरै चिज पाकिरहेको’ आशंका गरेका छन् । राजीनामा दिनुअघि धनखडले केही मन्त्रीहरूलाई पनि भेटेका थिए ।
भारतीय अनुसार उनले मोदी सरकारका शीर्ष मन्त्रीहरूसँग भेटघाट गरेका थिए । मिडिया रिपोर्टहरूका अनुसार धनखडले रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह र यातायातमन्त्री नितिन गडकरीसँग भेटेको उल्लेख गरेको छ ।
ती भेट संसद् परिसरमै भएका थिए । तीन मन्त्री अलग्गै पनि बैठक बसे । सोमबार साँझै रक्षामन्त्री सिंहको कार्यकक्षमा पनि भाजपा सांसदहरूको ताँती लागेको थियो ।
मिडिया रिपोर्टमा भनिएको छ, ’एक जना भाजपा सांसदले नाम नछाप्ने सर्तमा भने, त्यहाँ हामीलाई खालि कागजमा हस्ताक्षर गराइयो ।’ जति समय उनी उपराष्ट्रपतिका रूपमा रहे, ’पोलराइजिङ फिगर’ का रूपमा रहे ।
उनी खुलेरै सनातन र संविधानको कुरा गर्थे । उनले ११ अगस्ट २०२२ मा उपराष्ट्रपति पदको शपथ ग्रहण गरेका थिए । त्यसअघि उनी पश्चिम बंगालका राज्यपाल थिए । उनी जुलाई २०१९ मा राज्यपाल नियुक्त भएका थिए ।
राज्यपालका रूपमा पनि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग उनी टकरावमै थिए । पछिल्लो समय पनि विपक्षी दलहरूको आरोप छ, ’जगदीप धनखडले पक्षपातपूर्ण ढंगले राज्यसभा बैठक सञ्चालन गरिरहेका थिए ।’
राज्यसभा सभापतिमाथि सत्तारुढ दल भाजपाको दबदबाप्रति सोमबारको एक घटना बीबीसी हिन्दीले उल्लेख गरेको छ । बैठकका दौरान भाजपा सांसद जेपी नड्डाले विपक्षी नेताहरूलाई भने, ’केही पनि रेकर्डमा जाँदैन । जे म बोल्दैछु त्यो मात्रै रेकर्डमा जान्छ । यो तपाईंलाई थाहा हुनुपर्छ ।’
सामान्यतया यस्तो सम्बोधन राज्यसभा सभापति वा लोकसभा अध्यक्षले गर्छन् । भारतमा उपराष्ट्रपति पद राष्ट्रपति पद पछिको सर्वोच्च संवैधानिक पद हो।
संविधान अनुसार, उपराष्ट्रपतिको निर्वाचन संविधानको धारा ६३ देखि ७१ र उपराष्ट्रपति (निर्वाचन) नियमावली, १९७४ अन्तर्गत हुन्छ । अब उपराष्ट्रपति पद रिक्त भएकाले निर्वाचन आयोगले नयाँ उपराष्ट्रपतिको निर्वाचनको व्यवस्था गर्नुपर्नेछ ।
संविधानमा उपराष्ट्रपति पद सकेसम्म चाँडो पूर्ति गर्नुपर्ने उल्लेख छ। यसको अर्थ यो पदमा निर्वाचनको व्यवस्था सकेसम्म चाँडो गरिनुपर्छ।
संविधानको धारा ६८ को धारा २ अनुसार उपराष्ट्रपतिको मृत्यु, राजीनामा वा हटाइएमा वा अन्य कुनै कारणले रिक्त पद पूर्ति गर्न यथाशीघ्र निर्वाचन गर्ने व्यवस्था छ ।
निर्वाचन आयोगको वेबसाइटका अनुसार सामान्य अवस्थामा, निवर्तमान उपराष्ट्रपतिको कार्यकाल समाप्त भएको ६० दिनभित्र अर्को उपराष्ट्रपतिको चुनाव गरिसक्नुपर्छ ।
उपराष्ट्रपतिको कार्यकाल समाप्त हुनुभन्दा अगाडि नै यो निर्वाचन प्रक्रिया सम्पन्न हुन्छ । तर यदि उपराष्ट्रपतिको मृत्यु, राजीनामा वा पदबाट हटाइएर वा अन्य कुनै कारणले यो पद रिक्त भएमा, त्यसलाई पूर्ति गर्न सकेसम्म चाँडो निर्वाचन गर्ने व्यवस्था गरिन्छ।
संविधानको धारा ६६ अनुसार, संसदका दुवै सदन (लोकसभा र राज्यसभा) का सदस्यहरू मिलेर बनेको निर्वाचन मण्डलले उपराष्ट्रपतिको निर्वाचन गर्दछ ।
समानुपातिक प्रतिनिधित्व अनुसार, चुनाव एकल संक्रमणीय मत मार्फत गरिन्छ। यो मतदान गोप्य मतदान मार्फत गरिन्छ । उपराष्ट्रपति पदमा निर्वाचित हुन भारतको नागरिक हुनुपर्छ,  पैँतीस वर्ष उमेर पूरा भएको, राज्यसभाको सदस्यको रूपमा निर्वाचित हुन योग्य हुनुपर्छ।
भारत सरकार वा कुनै राज्य सरकार वा कुनै पनि मातहत स्थानीय निकाय अन्तर्गत कुनै पनि लाभको पद धारण गरेको व्यक्ति योग्य हुनेछैन ।
उपराष्ट्रपतिको मृत्यु भएमा वा उनको कार्यकाल समाप्त हुनुभन्दा अगाडि राजीनामा दिएमा वा उपराष्ट्रपतिले राष्ट्रपतिको रूपमा काम गर्न थालेमा उनको उत्तराधिकारी को हुनेछ भन्ने कुरा संविधानले उल्लेख गरेको छैन ।
भारतको संविधान अन्तर्गत, उपराष्ट्रपति राज्यसभाको पदेन अध्यक्ष हुन्छन्। संविधानमा उपराष्ट्रपतिसँग सम्बन्धित एउटा मात्र प्रावधान छ, जुन राज्यसभाको अध्यक्षको रूपमा उनको कार्यसँग सम्बन्धित छ  ।
यदि पद रिक्त भयो भने, राज्यसभाको उपसभापति वा भारतको राष्ट्रपतिद्वारा अधिकृत राज्यसभाको कुनै अन्य सदस्यले कार्य गर्दछ । उपराष्ट्रपतिको भूमिका भारतमा, उपराष्ट्रपति देशको दोस्रो सर्वोच्च संवैधानिक पद हो।
उनको कार्यकाल पाँच वर्षको हुन्छ, तर कार्यकाल समाप्त भएपछि पनि, नयाँ उपराष्ट्रपतिले पदभार ग्रहण नगरेसम्म उनी पदमा रहन सक्छन् । यद्यपि, उपराष्ट्रपति कुनै पनि संसद वा कुनै पनि व्यवस्थापिकाको सदस्य हुँदैनन् ।
संविधान अनुसार, राष्ट्रपतिको मृत्यु, राजीनामा वा बर्खास्तीका कारण राष्ट्रपतिको पद रिक्त नभएसम्म वा अन्यथा राष्ट्रपतिको सकेसम्म चाँडो निर्वाचन नभएसम्म (जुन कुनै पनि अवस्थामा पद रिक्त भएको मितिबाट छ महिना भन्दा पछि हुने छैन) उपराष्ट्रपतिले राष्ट्रपतिको रूपमा काम गर्छन् ।
अनुपस्थिति, बिरामी वा अन्य कुनै कारणले राष्ट्रपतिले आफ्नो कर्तव्य पूरा गर्न असमर्थ हुँदा, उपराष्ट्रपतिले ती कार्यहरू गर्दछन्। यस अवधिमा, उपराष्ट्रपतिले राष्ट्रपतिको सबै शक्ति र विशेषाधिकारहरू उपभोग गर्छन् ।
उपराष्ट्रपतिलाई राज्यसभाको तत्कालीन सदस्यहरूको बहुमतले पारित गरेको र लोकसभाले सहमति जनाएको प्रस्तावद्वारा पदबाट हटाउन सकिन्छ ।
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top