×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

चीनलाई भड्काउने गरी अमेरिकी नेतृत्वमा १९ देशको युद्धाभ्यास

७ श्रावण २०८२
६ साउन , काठमाण्डौं । 
चीनलाई चिढ्याउने गरी अमेरिका र बेलायतले अस्ट्रेलियामा सहयोगी देशहरुका साथ मिलेर आफ्नो नौसेनाको शक्ति प्रदर्शन गरेको छ । तलिस्म्यान सेबर–२०२५ एक्सरसाइज नाममा अमेरिका, बेलायतसहित १९ देशका नेभीको विशाल फ्लिट समुद्रमा उत्रिएको छ।
विमानवाहक पोत, परमाणु एयरक्राफ्ट, लडाकू जेट फ्लिट र अन्य खतरनाक हतियार यो लाइभ–फायर अभ्यासमा सामले गराइएको छ । यसमा भारतसहित १९ देशका ३५ हजार सैन्यकर्मी सहभागि भएका छन् ।
यो अभ्यास हिंद–प्रशांत क्षेत्रमा नयाँ तनाव बन्न सक्ने देखिएको छ । किनभने यो क्षेत्रमा चीनले पहिलादेखि नै आफ्नो प्रभाव बढाउने प्रयासमा छ । यस्तोमा अमेरिकाको सहयोगीहरुका साथ मिलेर गरेको यो शक्ति प्रदर्शनले चीनसंगको टकराव बढाउन सक्छ।
अस्ट्रेलियाले आफ्नो इतिहासको सबैभन्दा ठूलो युद्ध अभ्यासका क्रममा हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टमबाट मिसाइलहरु हानेर विश्वलाई आफ्नो शक्ति देखाएको छ । यो हिमार्स लन्चर उसले अमेरिकाबाट किनेको हो ।
बेलायत र अमेरिकाले यो सैन्य अभ्यासमा आफ्नो यूएसएस जर्ज वाशिंगटन र एचएमएस प्रिंस अफ वेल्स विमानवाहक पोतहरु तैनाथ गरेका छन् ।
तलिस्प्यान सेबर, २००५ मा अमेरिका र अस्ट्रेलियाका बीच पहिलो पटक घोषणा भएको कार्यक्रम हो । यो वर्ष क्यानडा, फिजी, फ्रांस, जर्मनी, भारत, जापान, नेदरल्याण्ड र दक्षिण कोरिया जस्ता १९ देशहरुले भाग लिए ।
यो क्रममा हिंद–प्रशांत क्षेत्रमा सेनाहरुले आफ्नो दमदार उपस्थिति दर्ज गराएका छन् । यसअघि भने चिनियाँ पीपुल्स लिबरेशन नेभीले इंडो–प्यासिफिक क्षेत्रमा आक्रामक रुप देखाउने गरेको थियो ।
केही महिना पहिला यहाँ तनाव बढेको थियो, जतिबेला चीनले अस्ट्रेलिया र न्यूजील्याण्ड नजिक दुवै देशलाई सूचना नदिकनै लाइभ फायर अभ्यास गरेको थियो ।
यसलाई चीनको आफ्नो समुद्री सीमाहरु भन्दा पनि पर आफ्नो क्षमता बढाउने प्रयासका रुपमा हेरिएको थियो । एक्सपर्टका अनुसार चीनले २०१७ देखि नै तलिस्म्यान सेबर अभ्यासहरुमा कडा नजर राखेको छ ।
चीनलाई डर यसकारण पनि लागेको हो किनभने तलिस्म्यान सेबरबाट ताइवानले अमेरिकी फ्टिबाट सुरक्षाको आशा राखेको छ । यता अमेरिकासहित १९ देशहरुको यो अभ्यासको उद्देश्य उत्तर कोरिया र रूसलाई पनि संदेश दिनु हो ।
अमेरिका र  उसको सहयोगीहरुको भनाइ छ कि तलिस्म्यान सेबरको उद्देश्य एक स्वतंत्र, खुला र समावेशी हिंद–प्रशांत क्षेत्रलाई सुनिश्चित गर्नु हो ।
यस्तोमा अभ्यासका माध्यमले सैन्य तत्परता, संयुक्त परिचालन क्षमतालाई बढाउने र  सहयोगी राष्ट्रहरुका बीच क्षेत्रीय सुरक्षा सुदृढ गर्नेमा जोड दिइएको हो ।
तर यसले चीनलाई भने अवस्य नै चिढ्याउँने छ । चीनलाई मात्रै होइन उता नेटोले रुसलाई पनि तनाव थप्ने तयारीमा छ ।  रूसको कलिनिनग्राद क्षेत्र केही दिनदेखि विश्वभर चर्चामा छ ।
यसको कारण भनेको चाँही यो क्षेत्रलाई लिएर अमेरिकी जनरलको बयान र यसमा आएको रुसको तिखो जवाफ नै हो । रूसले भनेको छ कि यदि कलिनिनग्राद क्षेत्रमा अमेरिका वा नेटोका सेनाहरुले हमला गरे भने यो तेस्रो विश्वयुद्ध शुरू हुने कारण बन्न सक्छ ।
रूसले भनेको छ,उसले जुनसुकै मूल्यमा कलिनिनग्राद क्षेत्रको रक्षा गर्ने छ । यो विवादको शुरुवात जर्मनीमा भएको एक कार्यक्रमबाट भएको हो ।
जर्मनीको विस्बाडेनमा अमेरिकी सेना र नेटो सहयोगिहरुले ईस्टर्न फ्ल्याँक डिटरेन्स लाइन शुरू गरेका छन् । अमेरिकी सेनाको यूरोप र अफ्रिका कमांडर जनरल क्रिस्टोफर डोनह्यूको भनाइ छ कि यो पहलको लक्ष्य रूसको सामना गर्नु हो ।
क्रिस्टोफरले रूसको कलिनिनग्रादमा हमला गर्ने कुरा पनि गरेका छन् । डोनह्यूले भने, नेटो सेनाहरुले रूसको कलिनिनग्रादमा कब्जा गर्न सक्छन् । यसमा रूस भड्किएको हो ।
पश्चिम र अमेरिकाका तर्फबाट आएका यी धम्कीहरुपछि क्रेमलिनले पनि कडा प्रतिक्रिया दिएको छ । अंतर्राष्ट्रिय मामिलाको रूसी संसदीय समितिका अध्यक्ष लियोनिद स्लट्स्कीले भने, कालिनिनग्राद क्षेत्रमा हमलाको अर्थ रूसमा हमला गर्नु हो ।
यसका लागि सबै उचित जवाफी उपाय गरिने छ । यसमा परमाणु विकल्प पनि रहेको छ । उनले अमेरिकी जनरलमाथि तेस्रो विश्व युद्ध छेड्ने योजना बनाएको पनि आरोप लगाउँदै भने यो वैश्विक गतिरोधमा कोही पनि विजेता हुनेछैन ।
कालिनिनग्राद रूसका लागि निकै महत्वपूर्ण छ । पोल्याण्ड र लिथुआनियाका बीच रहेको कलिनिनग्रादमा रूसको नियंत्रण छ । यद्यपि यो रूसको मुख्य भूमिबाट अलग्गै छ र पश्चिमलाई लाग्दछ कि पुटिनले यो क्षेत्रको प्रयोग गरेर यूरोपमा हमला गर्न सक्छन् ।
रूसबाट सैयौं किलोमीटर पर रहेको कलिनिनग्राद ओब्लास्ट, पोल्याण्ड र लिथुआनियाका बीच रहेको १५ हजार १०० वर्ग किलोमीटरको एक सानो भूभाग हो ।
जर्मन शहर कोनिग्सबर्ग र यसको आसपासको यो क्षेत्र द्वितीय विश्व युद्धको लगत्तै सोभियत संघलाई सुम्पिइएको थियो । १९४६ मा यसको नाम बदलेर कलिनिनग्राद राखिएको हो ।
बाल्टिक सागरमा यसको एक सानो, पश्चिमी तटरेखा छ । सानो भएर पनि यो रूसका लागि एकदमै रणनीतिक महत्वको छ । यसले रूसलाई बाल्टिक सागरसम्म सिधा पहुंचको अर्को मार्ग पनि दिएको छ ।
रूसको बाल्टिक सागर फ्लिटको मुख्यालय र मुख्य अड्डा कलिनिनग्राद ओब्लास्टमा नै रहेको छ । कलिनिनग्राद यूरोपको सबै सैन्यकृत हिस्साहरुमध्ये एक हो ।
यस्तोमा यो क्षेत्र सैन्यरुपमा पनि रूसका लागि निकै महत्व राख्ने खालको छ । जसमा अब नेटोले आँखा लगाउन थालेको हो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top