×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संसद् संचारमन्त्रीले निन्द्रा पुर्याए, प्रधानमन्त्री सुत्न दिनुस् भन्दै हिँडे

९ श्रावण २०८२
८ साउन , काठमाण्डौ ।
संसद् जस्तो गम्भीर र निर्णयकारीस्थल पनि बेला–बेला हास्यको थलो बन्ने गरेको छ । सांसद र मन्त्री तथा सांसद, सांसदहरू बिचको गफगाफ, मोबाइल प्रेम,  बैठक बंक र गहिरो निद्राले संसद्लाई विद्यालयको कक्षा कोठा भन्दा  तलको अवस्थामा पुयाईरहेको घटना नौला हैनन् ।
बुधवारको प्रतिनिधिसभा बैठकमा देखिएको एक यस्तै दृश्य अहिले निकै चर्चामा छ। बैठकको शून्य समयमा प्रधानमन्त्री केपी शर्मा ओली संसद् कक्षमा प्रवेश गर्दा सामान्यतः सबै मन्त्रीहरू उठेर अभिवादन गर्छन् ।
प्रधानमन्त्रीले पनि हात जोडे,तर, बुधवार भने सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ मस्त निद्रामा थिए । प्रधानमन्त्रीको प्रवेशपछि पनि उनी नउठेपछि पछिल्लो रोमा रहेका रक्षा मन्त्री मानवीर राईले उठाउने प्रयास गरे पनि सुब्बाको निद्रा खुलेन ।
त्यसपछि प्रधानमन्त्री ओलीले हँसिलो शैलीमा भने, “सुत्न दिनुस्।” भन्दै आफ्नो आसनतर्फ अघि बढे। यो दृश्यका तस्बिरहरू यति बेला सञ्चार मध्यमा र सामाजिक सञ्जालमा भाइरल  बनिरहेका छन् ।
तस्बिरमा प्रधानमन्त्री ओलीले सञ्चार मन्त्रीलाई नमस्कार गरी रहेको देखिन्छ अनि सञ्चार मन्त्री मस्त निदाइ रहेको देखिन्छ । महत्त्वपूर्ण विषयमा छलफल भइरहँदा पछाडिको बेन्चमा केही सांसदहरू गफिँदै देखिन्छन्, केही मोबाइलमा व्यस्त, र केही निद्रामा मस्त भई रहेका हुन्छन् ।
यस्ता दृश्यले संसद्लाई स्कुलको कक्षा कोठा भन्दा पनि तल्लो स्तरको देखाइ रहेको हुन्छ । संसदीय मर्यादाको खिल्ली उडाउने यस्ता दृश्यहरू सामाजिक सञ्जालमा ट्रोल बन्ने गरेका छन्।
कहिले मन्त्री आपसमा धकेलाधकेल गर्छन्, कहिले सांसदहरू एक अर्कामाथि आरोप–प्रत्यारोपसहित बर्षिन्छन् । कतिपय दृश्य त कमेडी फिल्मका सिनलाई पनि मात दिने खालका हुन्छन्।
बुधवारको बैठक  प्रधानमन्त्रीसँग प्रश्नोत्तरको लागि तोकिएको समय थियो, जहाँ सांसदले प्रत्यक्ष रूपमा प्रधानमन्त्रीलाई प्रश्न सोध्न सक्थे। तर त्यस बेला पनि केही सांसदहरू बेपरवाह थिए, तिनीहरूलाई न संसद्को कार्यसूचीको चासो थियो, न प्रधानमन्त्रीको जवाफको प्रतिक्षा।
राप्रपा र रास्वपाले बहिष्कार गरेपनि धेरै सांसदका कुर्सी खाली थिए । सत्तापक्षकै  कुर्सी खाली थिए भने प्रतिपक्षका भरिभराउ हुने कुरै भएन । प्रधानमन्त्रीलाई सुन्न सम्म सांसदहरुलाई फुर्सद देखिएन ।
यस्तो अवस्था संसदीय लोकतन्त्रका लागि गम्भीर प्रश्न हो। संसद् नीति बनाउने ठाउँ हो, तर कार्यशैली भने निद्रा लाग्दो भइसकेको छ। संसदीय मर्यादा केवल किताबमा सीमित हुन थालेको छ भने व्यवहारमा यसको अनुशासन लोप हुँदै गएको अनुभूति हुन्छ।
प्रधानमन्त्री ओलीको सुत्न दिनुस् भन्ने संवादले  प्रधानमन्त्री पनि  लाचार भइसकेको सन्देश दिएको छ ।  संसदको यो दृश्य र परिस्थिति माथि प्रधानमन्त्रीको संवादले  हास्य–व्यङ्ग्य त ग¥यो, तर देशका लागि गम्भीर सन्देश पनि छाड्यो ।
संसद् अब ब्युँझन जरुरी छ । त्यसो त संचारमन्त्रीको चर्चा पहिलो पटक मात्रै भएको होइन । उनी कार्यसम्पादन  भन्दा पनि अभिब्यक्तिकै कारण चर्चामा छन् ।
यसअघि उनले प्रहरी प्रमुखकै जिब्रो थुत्ने अभिब्यक्ति दिएका थिए भने केही दिन अघि मात्रै  आफू मन्त्री बन्दा नै सपथकै दिन एक वर्षका लागि मात्र है भनेको  स्मरण  गर्दै संचारमन्त्रीबाट विदा लिने संकेत गरेका थिए ।
Advertisement

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top