×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी

९ श्रावण २०८२
८ साउन , काठमाण्डौ ।
देशका बहालवाला प्रधानमन्त्री र उपसभामुखसहित १३ जना पूर्वगृहमन्त्रीहरूविरुद्ध जाहेरी परेको छ ।  नक्कली भुटानी शरणार्थी प्रकरण समेतलाई जोडेर उनीहरुविरुद्ध मानव बेचबिखनजस्तो गम्भीर कसुरमा आरोपित गरिएको छ।
अभियन्ता युवराज सफलले बिहीबार जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली, उपसभामुख इन्दिरा राना, सांसद डीपी अर्याल तथा २०६३ सालपछिका १३ जना पूर्वगृहमन्त्रीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० बमोजिम कारबाहीको माग गर्दै जाहेरी दर्ताका लागि निवेदन पेश गरेका छन्।
प्रहरीले जाहेरी बुझेर प्रारम्भिक अनुसन्धान अघि बढाएको  उनले जानकारी दिएका छन् ।  यद्यपि यो जाहेरी भने प्रहरीले दर्ता गरेको छैन्। सफलले भनेका छन्, भिजिट भिसा ,मानव तस्करी र संगठित अपराधको कसुरमा बर्तमान प्रधानमन्त्री केपि शर्मा ओली ,उप सभामुख इन्दिरा राना ,रास्वपा उप सभापति डिपि अर्याल ,पुर्वगृहमन्त्री रवि लामिछाने ,बालकृष्ण खाँण , राम बहादुर थापा बादल ,जनार्दन शर्मा ,विमलेन्द्र निधि ,शक्ति बहादुर बस्नेत , वर्तमान गृहमन्त्री रमेश लेखक ,कृष्ण बहादुर महरा ,नारायणकाजी श्रेष्ठ ,वामदेव गौतम लगायतलाई विपक्षी बनाइ जिल्ला प्रहरी परिसर भद्रकाली ,काठमाडौंमा यो जाहेरी पेश गरेको छु । जाहेरी उपर जिल्ला प्रहरी परिसर ले गम्भीर अनुसन्धान गर्दै छ । छिटोभन्दा भन्दा छिटो जाहेरी दर्ता गरि आरोपितलाई पक्राउ गरि कानुन बमोजिम कारबाही गर्न जिल्ला प्रहरी परिसर ,काठमाडौं सक्षम हुनेछ भन्ने आशा गरेको छु ।
जाहेरीमा प्रधानमन्त्रीदेखि पूर्वगृहमन्त्रीहरूसम्मले आफ्नो पदको दुरुपयोग गरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने संगठित अपराधमा संलग्न रहेको दाबी गरिएको छ।
जाहेरीमा प्रधानमन्त्री ओलीमाथि २०८२ असार १६ गते  स्पेनमा भएको एक कार्यक्रममा सहभागी हुन जानेक्रममा गएका १० जना ब्यक्तिहरु उतै लुकेको भन्दै  उनीहरु कुन कागजातका आधारमा कसरी स्पेन गए भन्नका लागि प्रधानमन्त्रीलाई नै पक्राउ गरेर अनुशनधान गर्न माग गरिएको छ ।
जाहेरीमा प्रधानमन्त्रीविरुद्ध संगठित अपराध मुद्दा चलाउन समेत माग गरिएको छ । यस्तै उपसभामुख इन्दिरा रानाले पनि विभिन्न कार्यक्रमको बहानामा अमेरिका मान्छे पठाउने प्रक्रियामा संलग्न भई मानव बेचबिखनमा सहयोग पु¥याएको आरोप जाहेरीमा छ।
पूर्व श्रममन्त्री एवं हालका सांसद डीपी अर्यालले आफ्नो ट्राभल कम्पनीमार्फत नक्कली कागजात बनाई मानिसहरूलाई विदेश पठाएको  दाबी गरिएको छ।
जाहेरी पत्रमा २०६३ सालयता गृहमन्त्रालयको नेतृत्व गरेका कृष्णप्रसाद सिटौला, भीम रावल, वामदेव गौतम, विजयकुमार गच्छदार, रामबहादुर थापा ’बादल’ लगायत १३ जना पूर्वगृहमन्त्रीहरूको नाम उल्लेख छ।
उनीहरूको कार्यकालमा के कति नेपाली भिजित भिसामा विदेशिए कति फर्किए भन्दै जानकारी सहित उनीहरुले भिजिट भिसा प्रकरणलाई रोक्नुको सट्टा संरक्षण दिएको, कार्यदलको प्रतिवेदन तोडमोड गरेको र संगठित अपराधलाई मौलाउन दिएको आरोप लगाइएको छ।
यस्तै रवि लामिछानेको समयमा ९३ हजार ९ सय ५२ जना भिजिट भिसामा विदेश उडेको भन्दै विना सेटिङ उनीहरु  उड्न नसक्ने हुँदा रविविरुद्ध पनि संगठित अपराध र मानव वेचविखनको कसुरमा अनुसनधान गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।
अभियन्ता युवराज सफलले प्रहरी परिसरमा जाहेरी पेश गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो देशकै सबैभन्दा ठूलो संगठित अपराध भएको र यसमा राज्यका उच्च पदस्थ व्यक्तिहरूको संलग्नता प्रस्ट देखिएको बताएका छन् ।
उनले भनेका छन् , “प्रहरीले हाम्रो जाहेरी बुझेर प्रारम्भिक अनुसन्धान थालेको छ। हामीलाई विश्वास छ, प्रहरीले कानुनी प्रक्रिया पूरा गरी छिट्टै जाहेरी दर्ता गर्नेछ र मानव तस्करीमा संलग्न जोकोहीलाई कानुनी कठघरामा उभ्याउनेछ।“
तर  जिल्ला प्रहरी परिसर,   काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले भने युवराज  सफलले दिएको भनिएको जाहेरीको  बारेमा अनविज्ञता जनाएका छन् ।
नेपाल टाइम्ससँगको कुराकानीमा उनले भने औपचारिक रुपमा यस्तो जाहेरी परेको अहिलेसम्म जानकारी आएको छैन् । यसअघि पनि सफलले  गृहमन्त्री रमेश लेखकविरुद्ध  भिजित भिसा प्रकरणमा प्रधानमन्त्री कार्यालयमा नै उजुरी दिएका थिए ।
Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top