×

NEPAL TIMES UPDATES

Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026

ट्रकभरि अवैध २५ करोड विदेशी पैसाका मालिक सुटुक्क छुटे

१० श्रावण २०८२
९ साउन , काठमाण्डौ ।
काठमाडौंको टोखामा बरामद भएको २५ करोड रुपैयाँभन्दा बढीको अवैध विदेशी मुद्राको मुद्दामा मालिक छुटेका छन् भने भरिया जेलमा बस्नु परेको छ ।
यसका मुख्य योजनाकार भनिएका व्यक्ति सामान्य धरौटीमा रिहा हुँदा पैसा बोक्ने भरिया (ट्रक चालक) भने पुर्पक्षका लागि कारागार चलान भएका छन्। यो घटनाले उच्च प्रोफाइल अपराधमा पहुँच र शक्तिको प्रभावबारे गम्भीर प्रश्न उठाएको छ।
गत चैत ४ गते टोखाबाट बरामद भएको २५ करोड बराबरको युरो र डलरको मालिक भनिएका सिन्धुपाल्चोक, भोटेकोशीका ३५ वर्षीय नारायण पौडेल ३५ लाख रुपैयाँ धरौटीमा छुटेका हुन्।
सुरुमा फरार रहेका पौडेल सुटुक्क अदालतमा उपस्थित भएर सामान्य धरौटीमा रिहा भएका हुन्, जबकी पैसा ओसारपसारमा प्रयोग भएका ट्रक चालक कुसाङ लामा भने वैशाखदेखि नै केन्द्रीय कारागारमा थुनामा छन्।
गत चैत ४ गते, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाको आधारमा झोरबाट ना७ख १६५२ नम्बरको ट्रक र चालक कुसाङ लामालाई नियन्त्रणमा लिएको थियो।
ट्रकमा बनाइएको फल्स बटमभित्र लुकाइएको अवस्थामा १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० अमेरिकी डलर बरामद भएको थियो, जुन नेपाली २५ करोड रुपैयाँभन्दा बढी हुन आउँछ।
प्रहरीले अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागलाई दिएको थियो। विभागको अनुसन्धानले ट्रक चालक कुसाङ लामा केवल भरिया भएको र उक्त रकमको वास्तविक मालिक नारायण पौडेल भएको निष्कर्ष निकालेको थियो।
पौडेल फरार रहेकै अवस्थामा विभागले दुवै जनाविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको थियो।
यो मुद्दामा अदालतबाट दुई फरक–फरक इजलासले विरोधाभासपूर्ण आदेश दिएको देखिन्छ ।  वैशाख ३ गते न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले ट्रक चालक कुसाङ लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो।
जबकि असार ३२ गते फरार रहेका मुख्य अभियुक्त नारायण पौडेल अदालतमा हाजिर भए। न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासले उनलाई जम्मा ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दियो।
पौडेलले उक्त धरौटी बुझाएर तत्कालै उन्मुक्ति पाए। सिन्धुपाल्चोकका नारायण पौडेल विवादित पृष्ठभूमिका व्यक्ति हुन्। उनका चार दाजुभाइमध्ये तीन जनाको बलियो राजनीतिक पहुँच रहेको खुलेको छ ।
जेठो दाजु, ध्रुव पौडेलः नेकपा (एमाले) मा आबद्ध र फुल्पिङकट्टीका पूर्वगाविस अध्यक्ष। साइलो दाजु, बच्चु पौडेल हिमालय सीमापार व्यापार संघका पूर्वअध्यक्ष,यस्तै कान्छो भाइ, राजकुमार पौडेल नेकपा (माओवादी केन्द्र) बाट २०७४ मा भोटेकोशी गाउँपालिकाका अध्यक्ष निर्वाचित।
एक प्रहरी अधिकृतका अनुसार, चारै दाजुभाइको पृष्ठभूमि शंकास्पद देखिन्छ। नारायण पौडेल यसअघि पनि विदेशी मुद्रा अपचलनकै कसुरमा पक्राउ परी धरौटीमा छुटेका थिए।
उनको राजनीतिक र आर्थिक पहुँचकै कारण यति ठूलो मुद्दामा पनि उनले सहजै उन्मुक्ति पाएको आशंका गरिएको छ।    गत चैत ४ गते काठमाडौंको टोखाबाट प्रहरीले ट्रक र २५ करोड बराबरको विदेशी मुद्रा बरामद गरेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झोरबाट नारायणी प्रदेश–७ ख १६५२ नम्बरको ट्रक र चालक कुशाङ लामालाई नियन्त्रणमा लिएको थियो।
गाडीभित्र फल्सबटम बनाएर १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० डलर बरामद भएको थियो।  अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको थियो।
राजश्व अनुसन्धान विभागले अनुसन्धान गरी यसमा पक्राउ परेका कुशाङ लामा भरियामात्रै भएको निष्कर्ष निकालेको थियो। उक्त रकमको मालिक भने सिन्धुपाल्चोकका नारायण पौडेल भएको निष्कर्ष निकालेको थियो।
पौडेल पक्राउ भने परेनन्। उनी फरार रहेकै अवस्थामा विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत मुद्दा दायर हुँदा जिल्ला अदालतले कुशाङलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो।
कुशाङलाई वैशाख ३ गते न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले थुनामा पठाएको थियो तर मालिक भनिएका व्यक्ति भने धरौटीमा छुटेका हुन्।
Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top