१५ साउन ,काठमाण्डौ ।
नेपालको होरा ई स्पोट्र्स पब्जी मोबाईलको विश्वकपको फाइनलमा पुगेको छ । हिजो साउदी अरबमा सर्भाईबल स्टेजको दोस्रो दिन शानदार खेल प्रदर्शन गर्दै होरा पब्जी ई स्पोट्र्स विश्वकपको फाइनल राउण्डमा स्थान पक्का गरेको हो ।
नेपालसँगै सेन्ट्रल एशिया र साउथ एशियाबाट पब्जी विश्वकपमा मात्र तीन टिम सहभागी छन । पछिल्लो नतिजासँगै होरा ई स्पोट्र्सले करिब पौने १ करोड रुपैयाँ पक्का गरेको छ ।
नेपालबाट होरा ई स्पोट्र्समा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको फाइनल राउण्डमा मात्र १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित ८ करोड रुपैयाँ पाउनेछ । यता भुटानमा हुने एएफसी यू –२० महिला एसियन कप छनोटका लागि भुटान प्रस्थान गर्ने टोलीलाई बुधबार बिदाई गरिएको छ ।
दशरथ रंगशालामा नेपाली टोलीलाई बिदाई गरिएको हो । आउँदो अगस्ट ६ देखि ११ सम्म भुटानमा हुने प्रतियोगिताका लागि नेपाली टोली तयार छ ।