×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

 पूर्व राज्यमन्त्री कान्छारामको कम्पनी कालोसूचीमा

२१ श्रावण २०८२
२० साउन , काठमाण्डौ ।
कुलमान घिसिङको समर्थनमा प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री दीपक खड्काको विरुद्धमा उभिएर वाहवाही कमाएका साथै यसैका कारण पद पनि गुमाएका पूर्वराज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ फेरि एकपटक चर्चामा आएका छन् ।
तर अहिले उनी प्रशंसाका लागि भन्दा पनि आलोचनाका लागि चर्चामा छन् । नेपाली कांग्रेसका सांसद रहेका उनको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन प्रालि कालोसूचीमा परेको छ । उनको कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ ।
कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालयले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरका विभिन्न सडकहरूको कामलाई अलपत्र पारेको भन्दै कान्छाराम कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सोमबार सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको छ ।
कान्छाराम कन्स्ट्रक्सन प्रालिले वीरेन्द्रनगरका विभिन्न सडकहरूको स्तरोन्नतिको काम गर्न १७ भदौ २०७८ मा ठेक्का सम्झौता गरी २८ फागुन २०७९ सम्म सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो ।
तर, कान्छाराम कन्स्ट्रक्सनले कार्यादेश जारी भएको उक्त समयावधिमा काम सुरु गरे पनि सम्पन्न नगरी बीचैमा छोडेको निर्देशनालयले जनाएको छ ।
निर्माणकार्य सम्पन्न गर्ने÷गराउनेतर्फ आवश्यक अग्रसरता नदेखाएको र पटकपटक ठेक्का सम्झौताको म्याद थप्दासमेत काम गर्न नसकेका कारण कालोसूचीमा राखिएको पूर्वाधार विकास निर्देशनालयका निमिक्त निर्देशक सूर्यबहादुर शाहीले बताए ।
कान्छाराम कन्स्ट्रक्सनले पूर्वाधार विकास निर्देशनालयबाट विभिन्न मितिमा जारी भएका पत्राचार, ताकेता, सूचना तथा निर्णयहरूको बेवास्था, अटेरी गरी निर्माण कार्य अलपत्र पारी लापरबाही गरेको आरोप छ ।
निर्देशनालयले ९ असार २०८२ भित्र खरिद सम्झौता बमोजिमको कार्य सम्पन्न गरी एकमुष्ट भुक्तानी तथा फरफारक लिन अन्तिमपटक बोलाएको थियो ।
निर्देशनालयले अन्तिम अवसर दिँदा पनि सम्झौता बमाजिम काम गर्न नसक्दा कान्छाराम कन्स्ट्रक्सनसँगको खरिद सम्झौताको अन्त्य गरी सार्वजनिक खरिद ऐन, ०६३ को दफा ६३ बमोजिम कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा पत्र लेखी पठाउने निर्णय गरेको हो ।
२०७९ मंसिर २० मा सम्पन्न हुनुपर्ने काम हालसम्म सम्पन्न हुन नसकेको र कम्पनीले काम नगर्ने स्पष्ट संकेत पाएपछि सूचनाको सार्वजनिक गरी कालोसूचीमा राख्ने निर्णय लिइएको हो ।
पत्रमा निर्देशनालयले सार्वजनिक खरिद ऐन २०६३ र नियमावली, २०६४ अनुसारको प्रक्रिया पूरा गर्दै कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको जनाएको छ ।
कम्पनीको सञ्चालकमा सांसद पूर्णबहादुर तामाङको नाम खुलेर उल्लेख भए पनि उनले यसअघि सार्वजनिक रूपमा आफू कम्पनीमा संलग्न नरहेको दाबी गरेका थिए ।
तर, निर्देशनालयबाट पठाइएका पत्रहरूमा ‘कान्छाराम कन्स्ट्रक्सन प्रालि नयाँबजार–७, काठमाडौंसँगै आधिकारिक इमेल र ठेगाना उल्लेख छ, जुन सांसद तामाङसँग सम्बद्ध रहेको प्रमाणित हुन्छ । कर्णालीमा उनको निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सन’ले जिम्मा लिएका सडक वर्षौंदेखि अलपत्र अवस्थामा छन्।
राजनीतिक पहुँचका आधारमा शक्ति दुरुपयोग गर्दै कान्छारामले वीरेन्द्रनगरको विभिन्न क्षेत्रका १५ वटा सडक निर्माणको काम अलपत्र छोडेका हुन् ।
वीरेन्द्रनगर सहरी प्लानिङ क्षेत्रअन्तर्गतका वडा नम्बर ७, ८ र १० मा पर्ने अलपत्र सडक निर्माणको जिम्मा लिएको कम्पनीले काम गर्ने वाहानामा धोका दिँदै आएको थियो ।
कम्पनीले पाँच हजार १४ मिटर सडक कालोपत्रेसहित निर्माण सम्पन्न गर्ने गरी २०७८ भदौ १७ गते १२ करोड ९४ लाख ३७ हजार ४६२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौताअनुसार २०७९ फागुन २८ गतेभित्र सम्पूर्ण काम सक्नु पर्ने थियो । तर, तोकिएको समयसीमा गुज्रिएको डेढ वर्ष बितिसक्दा पनि आयोजनाको समग्र भौतिक प्रगति जम्मा ४१ प्रतिशत मात्रै छ ।
पहिलो म्यादमा काम नभएपछि आयोजनाको म्याद २०८१ मंसिर २० गतेसम्मका लागि थपिएको थियो । तर, कम्पनीले काममा कुनै चासो देखाएन ।
पूर्वाधार विकास निर्देशनालयका इन्जिनियर प्रेमचन्द पाण्डेका अनुसार यो निराशाजनक प्रगतिबिच ठेकदार कम्पनीले कुल ठेक्का रकमको करिब ३० प्रतिशत भुक्तानी लिइसकेको छ ।
कान्छाराम कन्स्ट्रक्सनले जिम्मा लिएका कुल १५ वटा सडकमध्ये पाँच वटा सडकमा आजसम्म निर्माणको काम नै सुरु भएको छैन् । स्वयं नियामक निकाय भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अगाडिको २२० मिटर सडक नै कान्छारामले बनाइदिएका छैनन् ।
यसले ठेकदार कम्पनीले सरकारी निकायलाई कसरी ठाडै चुनौती दिइरहेको छ भन्ने प्रस्ट देखिन्छ । तर, राजनैतिक पहुँच र शक्तिको आडमा रहेका ठेकेदार कान्छारामसँग नियामक निकाय मौन बस्दै आएका छन् ।
नियामक निकायको आँगनकै सडक अलपत्र पर्दा पनि ठेकदार कान्छारामका अगाडि प्रदेश सरकार निरीह बन्दै आएको छ । कान्छाराम कन्स्ट्रक्सनले जिम्मा लिएका १५ सडकमध्ये एकतिहाइमा काम सुरु नै नभएको निर्देशनालयले जनाएको छ ।
अर्को एकतिहाइ सडक कालोपत्रेको पर्खाइमा छन्। वैशाख यता ठेकदारले कुनै काम नै गरेको थिएन ।
Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top