NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
Reading Time: 1 min read
A A
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२० साउन , काठमाण्डौ ।
भारतको उत्तराखण्डस्थित धराली गाउँमा बादल फाट्दा भीषण पहिरो र बाढीले ठूलो विनाश निम्त्याएको छ। उक्त घटनामा दर्जनौं घरहरू बाढीले बगाएको  भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
स्थानीय प्रशासन उद्धारका लागि घटनास्थलतर्फ प्रस्थान गरेको छ। यो घटना बडकोट नजिकैको हो। बादल फाटेपछि पहाडबाट आएको भेल र लेदो गाउँमा पसेको  थियो ।
धरालीको खीर नदीमा पानीको सतह बढेपछि धराली बजार क्षेत्रमा क्षति पुगेको उल्लेख छ ।  सञ्चारमाध्यमका अनुसार उत्तरकाशीदेखि गंगोत्री धाम जाने बाटोको प्रमुख बिसौनी धरालीमा खीर गंगा नदीमा बादल फाट्दा यो विनाश भएको हो।
हर्षिल नजिकै रहेको यस स्थानमा विनाशकारी बाढीका कारण करिब २० होटल र होमस्टेमा क्षति पुगेको छ। कयौं स्थानीय र मजदुरहरू पुरिएको आशंका गरिएको छ।
गंगोत्रीका विधायक सुरेश सिंह चौहानले जानकारी दिँदै भनेका छन्, “धरालीमा खीर गाढमाथि बादल फाट्दा प्रलयजस्तै दृश्य छ। सूचना पाउने बित्तिकै मुख्यमन्त्रीलाई जानकारी गराइयो।
जिल्ला अधिकारीलाई सूचना दिएसँगै सेना, प्रहरी र एसडीआरएफको टोली घटनास्थलमा पुगिसकेको छ। यो निकै ठूलो दुर्घटना हो। म पनि देहरादूनबाट घटनास्थलका लागि निस्किसकेको छु। भगवानसँग प्रार्थना छ कि यो विपद्को घडीमा सबैलाई सुरक्षित राखियोस्।“
मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै एक्समा लेखेका छन्, “उत्तरकाशीको धराली क्षेत्रमा बादल फाट्दा भएको ठूलो क्षतिको समाचार अत्यन्त दुःखद र पीडादायी छ।
राहत तथा उद्धार कार्यका लागि एसडीआरएफ, एनडीआरएफ, जिल्ला प्रशासन तथा अन्य सम्बन्धित टोलीहरू युद्धस्तरमा खटिएका छन्। यस सम्बन्धमा म लगातार वरिष्ठ अधिकारीहरूसँग सम्पर्कमा छु र स्थितिको गहिरो निगरानी गरिरहेको छु। ईश्वरसँग सबैको सकुशलताको कामना गर्दछु।“
उत्तराखण्डमा भारी वर्षाले विनाश निम्त्याएको छ। आज मंगलबार बिहानै उत्तरकाशीको बडकोट तहसील क्षेत्रको बनाल पट्टीमा भएको अतिवृष्टिका कारण डेढ दर्जनभन्दा बढी बाख्राहरू कुड खोल्साले बगाएको छ।
खोल्सो उर्लिएपछि भागाभाग मच्चिएको थियो।  मौसम विज्ञान केन्द्रका अनुसार, प्रदेशभर १० अगस्टसम्म भारी वर्षा हुने सम्भावना छ। विशेषगरी पहाडी इलाकामा तीव्र वर्षाको सम्भावना छ।
वर्षाका कारण सुरक्षालाई ध्यानमा राख्दै देहरादून, पौडी, टिहरी र हरिद्वारमा मंगलबार पनि विद्यालयहरू बन्द रहनेछन्। जिल्लामा गत आइतबार रातिदेखि भइरहेको वर्षाका कारण स्यानाचट्टी नजिक यमुनोत्री राजमार्गको करिब २५ मिटर खण्ड भासिएको छ, जसकारण आवागमन ठप्प भएको छ।
उता, स्यानाचट्टीको अर्कोतर्फ पहाडबाट ढुङ्गा र चट्टानहरू खसिरहेका छन्। गंगोत्री राजमार्ग पनि बिहानदेखि दिउँसोसम्म विभिन्न स्थानमा अवरुद्ध रह्यो। यस वर्षको मनसुनी वर्षाका कारण यमुनोत्री राजमार्गमा समस्या रोकिने नाम लिइरहेको छैन।
राष्ट्रिय राजमार्ग विभागले ओजरी डाबरकोटसहित पालीगाड र स्यानाचट्टी नजिकै एक स्थानमा आवागमन सुचारु गराएको छ, तर करिब २५ मिटर सडक भासिएकाले राजमार्ग विभागका मेसिनरीलाई बाटो खोल्न कठिनाइ भइरहेको अमर उजालाले  उल्लेख गरेको छ।
यस्तै कालीगण्डकी करिडोरको तीन खण्डसहित गुल्मीका चार स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयुका सूचना अधिकारी गंगाबहादुर सारुका अनुसार कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिकाका  वडा नं १, २ र ३  स्थित  गरगरे, राक्से र कनौटामा आज बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रिडी–वामीटक्सार सडकअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोला, चन्द्रकोट गाउँपालिका–८ तल्लाफाँट र रिडी–खज्र्याङ सडक पनि अवरुद्ध भएको छ । तीन दिनदेखि गुल्मीसहित आसपास क्षेत्रमा निरन्तर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
निरन्तर वर्षाका कारण कालीगण्डकी नदी किनारमा पानीको सतह बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।
LS Auto
Tags: #उत्तराखण्डमा बादल फाट्यो#दजर्नाै घर गंगामा बगे

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.