×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

२९ श्रावण २०८२

२८ साउन , काठमाण्डौ ।

अमेरिकाको टेक्सास राज्यमा मंगलबार दिउँसो युनियन प्यासिफिक रेलका ३५ डिब्बा लिकबाट बाहिर खसेका छन् । फोर्ट वर्थबाट लगभग १०० किलोमिटर दक्षिणपश्चिममा रहेको गोर्डन सहरको पूर्वमा यो दुर्घटना भएको हो ।

यस घटनामा कोही पनि घाइते भएको रिपोर्ट आएको छैन । न त कुनै क्षेत्रलाई खाली गराइएको छ । स्थानीय मिडियाको फुटेजमा धेरै डिब्बाहरू एकअर्काको माथि रहेको र नजिकैको क्षेत्रको घाँसमा आगो लागेको देखिन्छ ।

आगोका कारण धुवाँ उडिरहेको पनि देखिन्छ । दुर्घटनालाई खतरनाक अवस्थाको रूपमा हेरिएको पेलो पिन्टो काउन्टी इमरजेन्सी सर्भिसेज डिष्ट्रिक्टले भनेको छ ।

तर, रेलका डिब्बाहरूमा के लोड गरिएको थियो भन्ने कुरा अझै स्पष्ट भएको छैन । अधिकारीहरूका अनुसार कुनै पनि डिब्बाबाट सामान चुहिएका छैनन् ।

युनियन प्यासिफिकका प्रवक्ता रोबिन तिस्वारका अनुसार स्थानीय समय अनुसार दिउँसो २ बजे दुर्घटना भएको थियो । दुर्घटनाको कारण अहिले थाहा हुन सकेको छैन ।

रेलवे र स्थानीय प्रशासनले संयुक्त अनुसन्धान सुरु गरेको छ । रेल यातायात पुनस्र्थापित गर्न रेलका कोचहरू हटाउने र ट्र्याक मर्मत गर्ने काम चाँडै सुरु हुने बताइएको छ ।

यसैबीच, अधिकारीहरूले मानिसहरूलाई दुर्घटना क्षेत्रबाट टाढा रहन अपिल गरेका छन् । यता एयर इन्डियाले दिल्लीबाट अमेरिकाको वासिङ्टन डीसी जाने उडान बन्द गर्ने निर्णय गरेको छ ।

यो सेवा १ सेप्टेम्बर २०२५ देखि बन्द हुने बताइएको छ । एयर इन्डियाका २६ बोइङ ७८७–८ विमानहरूको स्तरोन्नति (अपग्रेड) भइरहेका कारण धेरै विमानहरू लामो दूरीका उडानहरूका लागि उपलब्ध नहुने बताइएको छ ।

यो कार्य २०२६ को अन्त्यसम्म चल्नेछ । पाकिस्तानको हवाई क्षेत्र बन्द रहेकाले पनि लामो दूरीका उडानहरूमा समस्या भइरहेको बताइएको छ ।

एयर इन्डियाले सेप्टेम्बर १ पछिको बुकिङ गरेका यात्रुहरूसँग सम्पर्क गरी उनीहरूलाई वैकल्पिक उडानमा बुकिङ वा पूर्ण रकम फिर्ता लिने विकल्प प्रदान गर्ने बताएको छ ।

यद्यपि, यात्रुहरूले एयर इन्डियाका इन्टरलाइन साझेदारहरूमार्फत न्युयोर्क, सिकागो वा सान फ्रान्सिस्को हुँदै वासिङ्टन डीसी पुग्नसक्ने बताइएको छ ।

एयर इन्डियाले हाल उत्तर अमेरिकाका ६ वटा सहरहरूमा नन–स्टप उडानहरू सञ्चालन गरिरहेको छ । जसमा क्यानाडाको टोरन्टो र भ्यानकुभर पनि समावेश छन् ।

दुई महिनाअघि जुन १२ मा अहमदाबादमा एयर इन्डियाको एक विमान दुर्घटनाग्रस्त भएको घटनापछि विमानहरूको जाँच र स्तरोन्नतिको प्रक्रिया तीव्र रूपमा चलिरहेका कारण यो निर्णय आएको बताइएको छ ।

यसैबीच भारतमा तिर्थयात्रीहरु बोकेको एक सवारी साधन दुर्घटनामा पर्दा ठूलो मानविय हताहति भएको छ । राजस्थान राज्यको दौसामा भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

अन्य २० जना घाइते भएका छन् । मृतकमध्ये सात महिला र तीन बालबालिका छन् । गम्भीर घाइतेमध्ये आठ जनालाई जयपुरको एसएमएस अस्पतालमा पु¥याइएकामा तीमध्ये पाँच जनालाई आईसीयूमा भर्ना गरिएको छ ।

दुर्घटना खाटु श्याम मन्दिरबाट फर्कने क्रममा आझ बिहान करिब ३ बजे भएको हो । पिकअप र ट्रेलर ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गम्भीर घाइते पनि रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । मृतकहरू भारतको उत्तर प्रदेशको एटाका बासिन्दा भएको बताइएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top