NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु बिहिबार साउन २९ , २०८२
६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ? बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ? बिहिबार साउन २९ , २०८२
रविका बारेमा रुपन्देही कारागारले फेरि निकाल्यो विज्ञप्ति बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न बिहिबार साउन २९ , २०८२
Next
Prev

समाचार

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२
Reading Time: 1 min read
A A
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२९ साउन, काठमाण्डौ । 
गत वर्ष साउनमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा आफ्ना तीन सन्तति गुमाएका प्रकाश खतिवडाले सरकारद्वारा गठित जाँचबुझ आयोगको प्रतिवेदनमाथि गम्भीर असन्तुष्टि र आपत्ति जनाएका छन् ।
बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुर्घटना प्रतिवेदनमाथिको छलफलमा बोल्दै उहाँले प्रतिवेदन नियोजित, अपुरो र पीडितको अस्मितामाथि नै प्रहार गर्ने गरी तयार पारिएको आरोप लगाए ।
आफ्नो पीडा र आक्रोश व्यक्त गर्दै खतिवडाले दुर्घटनाको छानबिन प्रतिवेदनले आफूजस्ता पीडितलाई न्याय दिनुको साटो थप पीडा दिएको बताए  ।
खतिवडाले उक्त उडान नै अवैध भएको र आफ्ना परिवारका सदस्यलाई गैरकानुनी रूपमा ’एयरलाइन्सको कर्मचारी’ बनाएर उडाइएको खुलासा गरेका छन् ।
उनले प्रमाण देखाउँदै भनेका छन्, “मेरो ४ वर्षको नाती, अधिराज शर्मालाई किन सौर्य एयरलाइन्सको स्टाफ बनाइयो? ऊर्जा मन्त्रालयमा कार्यरत मेरी छोरीलाई कसरी सौर्य एयरलाइन्सको स्टाफ भनेर लेखियो? यो आर्थिक र व्यापारिक स्वार्थसँग जोडेर मेरो परिवारको   मर्यादा माथि खेल्ने र मेरी छोरीलाई भ्रष्टीकरण गर्ने प्रयास हो।“
उनले आयोगले दुर्घटनाको कारण ‘ह्युमन फ्याक्टर’ भनेकोमा सहमति जनाए पनि प्रतिवेदनले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को भूमिकालाई लुकाउन खोजेको आरोप  उनले लगाएका छन् ।
“प्रतिवेदनले सौर्य एयरलाइन्स, एरोड्रोम र नेभिगेसनलाई सेवा प्रदायक भन्यो, तर क्यानलाई उल्लेख गरेन,“ उनले भनेका छन्, “किनकि सेवा प्रदायकलाई अनुमति दिने व्यक्ति जाँचबुझ समितिका संयोजक रतिशचन्द्रलाल सुमनको आफन्त हुन। उनलाई त्यो उल्लेख गर्न समस्या छ।“
खतिवडाले सबैभन्दा बढी क्षति व्यहोरेको परिवारसँग आयोगले एक पटक पनि सम्पर्क नगरेकोमा गहिरो दुःख व्यक्त गरेका छन् । उनले भावुक हुँदै भने, “सारासँग अन्तर्वार्ता लिइयो, तर तीन सन्तान गुमाएको म अभिभावकसँग सम्पर्क गर्न चाहनुभएन। मलाई मान्छे नै ठान्नुभएन। मेरो पीडा त्यहाँबाट सुरु भएको छ। पीडितका कुरा मात्रै सुनिदिए पनि न्याय पाएको अनुभूति हुन्छ। तर उहाँहरूले मसँग सम्पर्क गर्न आवश्यक ठान्नुभएन।“
उक्त छानबिन प्रतिवेदन र जाँचबुझ आयोग नै अवैधानिक रहेको जिकिर गर्दै खतिवडाले सत्यतथ्य बाहिर ल्याउन र वास्तविक न्याय सुनिश्चित गर्न तत्काल न्यायिक जाँच आयोग गठन गर्न माग गरेका छन् ।
उनले तथ्य र प्रमाणले यो घटना दुर्घटना मात्र नभई एक संगठित अपराधसमेत हुन सक्ने संकेत गरेको बताए ।  सौर्य एयरलाइन्सको ९ एन–एएमई–सीआरजे २०० कलसाइन जहाजको  गत वर्षको साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनामा १८ जना यात्रुहरूले ज्यान गुमाएका थिए भने पाइलट मनिष शाक्य बाँच्न सफल भएका थिए।
छानबिन आयोगले प्रस्तुत गरेको अन्तिम प्रतिवेदनमा मुख्य कारण पाइलटको लापर्वाही रहेको निष्कर्ष निकालिएको छ। जहाज टेकअफ हुनु अघि पाइलटले जहाजको अगाडिको भाग (नोज) अत्याधिक माथि उचालेका कारण ’पिच रेट’ बढी हुँदा जहाजको गति घटेर ’डीप स्टल’ भई दुर्घटना भएको छ।
डीप स्टल अवस्थाबाट जहाजले उचालिन नसकेको बताइएको छ।  त्यसैगरी, टेकअफका लागि आवश्यक गति गणना गर्ने स्पीडकार्ड (स्पीडकार्ड) मा गलत तथ्याङ्क रहेको र उक्त स्पीडकार्ड स्वीकृत नभएको पाइएको छ।
अपरेटरले उडान भर्ने क्रममा उच्च पिच रेट भएका पुराना घटनाहरूलाई सुधार नगरेको पनि देखिएको छ। अर्को महत्वपूर्ण पक्ष कम्पनीको सञ्चालन प्रक्रिया, जस्तै अपरेसन म्यानुअल र ग्राउन्ड ह्यान्डलिङ म्यानुअलको पालना नगर्नु, लोडिङ क्षमतामा त्रुटि, जहाजमा गैरआवश्यक कर्मचारी र खतरनाक सामग्री राखिएको समेत प्रतिवेदनमा उल्लिखित छ।
मर्मतसम्भारमा कुनै ठूलो त्रुटि नदेखिएको भए पनि कम्पनीको व्यवस्थापन र चालक दलको गलत क्रियाकलाप दुर्घटनाका मुख्य कारणका रूपमा देखिएका छन्।
सम्पूर्णमा, यस दुर्घटना पाइलटको त्रुटि, कम्पनीको लापर्वाही र व्यवस्थापन कमजोरीका कारण भएको जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त प्रतिवेदन हस्तान्तरण गरिएको थियो र मन्त्रालयले यसलाई सार्वजनिक गरेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको छ।
सो दुर्घटनामा खतिवडाले आफ्नी छोरी, ज्वाइँ र नाती गुमाएका थिए । यो घटनाले नेपालको हवाई सुरक्षा र दुर्घटनापछिको छानबिन प्रक्रियाको निष्पक्षतामाथि फेरि एकपटक गम्भीर प्रश्न खडा गरेको छ।
LS Auto
Tags: #सौर्य एयर दुर्घटना#सौर्य एयर दुर्घटनाको प्रतिवेदन

लोकप्रीय

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

बिहिबार साउन २९ , २०८२

विचार

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

बिहिबार साउन २९ , २०८२

थप समाचार

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु
अन्तर्राष्ट्रिय

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?
ताजा समाचार

नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

बिहिबार साउन २९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

रविका बारेमा रुपन्देही कारागारले फेरि निकाल्यो विज्ञप्ति

बिहिबार साउन २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ?

बिहिबार साउन २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.