×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

ट्रम्प–पुटिन वार्ताः युद्धविराम भएन, अब जेलिन्स्कीकै जिम्मा

३२ श्रावण २०८२
३१ साउन , काठमाण्डौ ।
विश्वकै ध्यान केन्द्रित गरेको बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच अलास्कामा सम्पन्न वार्ता युद्धविराम घोषणाबिना नै टुंगिएको छ।
संयुक्त पत्रकार सम्मेलनपछि ट्रम्प एयर फोर्स वनमार्फत वासिङ्टन डिसी फर्किएका छन् भने पुटिन पनि मस्को तर्फ आएका छन् । ट्रम्पसंगको वार्तामा पुटिन आफ्नो पुरानै अडानमा कायम देखिए ।
वार्तापछि पुटिनले युक्रेन युद्धलाई ‘दुःखद घटना’ भन्दै यसलाई अन्त्य गर्न आफू ‘गहिरो चासो राख्ने’ बताइए पनि, उनले युद्धका ‘मूल कारणहरू’ समाप्त गर्न आवश्यक रहेको दोहो¥याए।
उनले युक्रेन र युरोपलाई वार्तामा ‘बाधा नपुर्याउन’ चेतावनी समेत दिए।यद्यपि पुटिनले यस भेटलाई ‘समाधानको सुरुवाती बिन्दु’ भन्दै, ट्रम्पसँगको सम्बन्धलाई ‘व्यावसायिक’ बताएका छन्।
उनले ट्रम्पको ‘यदि २०२० को चुनावपछि उनी राष्ट्रपति रहन्थे भने युद्ध सुरु नै हुने थिएन’ भन्ने दाबीसँग सहमति पनि जनाएका छन्।
ट्रम्पले भने वार्तामा ‘धेरै बुँदामा सहमति’ भए पनि ‘केही महत्त्वपूर्ण बुँदा’ अझै बाँकी रहेको बताएका छन्। उनले ‘सबैभन्दा महत्त्वपूर्ण’ एउटा विषयमा सहमति हुन नसकेको जनाए, पनि त्यसलाई खुलाएनन्।
ट्रम्पले वासिङ्टनबाट अलास्का जाने क्रममा पत्रकारहरूलाई युद्धविराम घोषणा गर्ने चाहना प्रस्ट पारेका थिए। तर, घोषणा नगरी मञ्च छोड्दा उनी सन्तुष्ट देखिएनन्।
ट्रम्प र पुटिन करिब १० मिनेटसम्म मञ्चमा सँगै उभिएर सम्बोधन गरेका थिए। दुवैले वार्तामा प्रगति भएको जनाए पनि ठोस सम्झौतामा पुग्न सकेनन्। ट्रम्पले चाँडै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्की र युरोपेली नेताहरूसँग सम्पर्क गर्ने बताएका छन्।
वार्ताको अन्त्यमा ट्रम्पले पुटिनसँग ‘सायद छिट्टै फेरि भेट हुने’ बताए भने, पुटिनले जवाफमा भने, ‘अर्को भेट मस्कोमा’ हुने बताए। यता ट्रम्पले युक्रेनमा युद्धविरामका लागि निर्णयको जिम्मा अब राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हातमा रहेको बताए।
पुटिनसँग तीन घन्टा लामो वार्ता सकिएपछि फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले बल अब जेलेन्स्कीको कोर्टमा पुगेको बताएका हुन्।’धेरै बुँदामा सहमत छौं। तर सम्झौता भएको छैन।
अन्तिम सहमति नभएसम्म सम्झौता भएको मानिँदैन। तर तत्कालका लागि धेरै प्रगती भएको छ,’ उनले भने।’ अब यो जेलेन्स्कीमा निर्भर रहन्छ । युरोपेली नेताहरू पनि संलग्न हुनुपर्छ।
तर अन्ततः जेलेन्स्कीमाथि नै निर्भर रहने हो। अर्को बैठकको तयारी भइरहेको छ। उनीहरू चाहन्छन् भने त्यो बैठकमा म पनि हुन्छु,’ ट्रम्पले भनेका छन्।
वार्ताबाट उनले पुटिन पनि युद्ध रोक्न चाहन्छन् भन्ने देखिएको बताए।’हामी दुईबीच निकै इमान्दारीपूर्वक कुरा भयो। मलाई लाग्छ उनी पनि यो काम पूरा गर्न चाहन्छन्,’ उनले भने।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँगको वार्ता सकारात्मक तर केही कडा भएको भने ।ट्रम्प र पुटिनबीच यसअघि ६÷७ घन्टा नै छलफल हुन सक्छ भनिएको थियो।
यद्यपि वार्ता तीन घन्टामा सकियो।वार्ता सकिएपछि संयुक्त पत्रकार सम्मेलन भएको थियो।पत्रकार सम्मेलनमा दुवै नेताले छोटकरीमा कुरा राखे। प्रश्नोत्तर भने भएन।अलास्कामा पुटिनको भव्य स्वागत भएको थियो।
उनलाई ट्रम्पले उच्च सम्मानका साथ रातो कार्पेटमा स्वागत गरेका थिए। अमेरिकी लडाकू विमान र बी–२ बमवर्षकले आकाशमा प्रदर्शन गरेक थिए।पुटिनको स्वागतमा ट्रम्पले रातो कार्पेट ओछ्याएर न्यानोपन त देखाए नै साथसाथै भारी मात्रामा सैन्य शक्ति प्रदर्शन गर्ने मौका पनि उनले छाडेनन्।
उसै पनि अलास्काको एल्मेन्डर्फ सैन्य अखडामा वार्ता भएको थियो। त्यसमाथि पुटिनको विमानलाई अमेरिकी फाइटर जेटहरूले एस्कोर्ट गरेका थिए।
पुटिन विमानबाट ओर्लेर आफूनजिक आइपुग्दा ट्रम्पले ताली पिटेका थिए।उनीहरू मञ्चतर्फ लम्किँदै गर्दा टाउकोमाथिबाट एउटा बी–२ बमवर्षक विमान र अरु लडाकु जेट उडाइएको थियो।
गत जुनमा सोही बमवर्षकबाट अमेरिकाले इरानका आणविक केन्द्रहरूमाथि आक्रमण गरेको थियो। दुवै राष्ट्रपति एकछिन रोकिएर सो विमानतर्फ हेरेका थिए।
जमिनमा ट्रम्पले पुटिनको स्वागतमा कुनै कसर नछाडे पनि यो दृश्यले अमेरिकी सैन्य शक्तिको कठोर यथार्थ प्रदर्शन गथ्र्यो। युद्ध नरोकिए रुसले गम्भीर आर्थिक परिणाम बेहोर्नुपर्ने चेतावनी ट्रम्पले दिँदै आएका छन्।
उनको यो शक्ति प्रदर्शनले आवश्यक पर्दा सैन्य शक्ति उपयोग गर्न पनि अमेरिका पछि नहट्ने सन्देश दिन्थ्यो।मञ्चमा पुग्दा एबीसी न्युजका एक पत्रकारले सोधे, ‘राष्ट्रपति पुटिन, नागरिकहरूलाई मार्न कहिले बन्द गर्नुहुन्छ?
’पुटिनले कानमा हात लगेर सुन्न कठिन भएको संकेत गरे।त्यसपछि ट्रम्पले आफ्ना अतिथिलाई राष्ट्रपतिको सवारीतर्फ डो¥याए। लहरै राखिएको एफ–२२ लडाकु विमानको माझमा ‘द बिस्ट’ भनिने राष्ट्रपतिको गाडीमा चढेर दुवै राष्ट्रपति वार्तास्थलतर्फ लागेका थिए ।
पुटिनको आफ्नै लिमोजिन भने खाली रह्यो।दुवै नेता ट्रम्पको लिमोजिनमा एउटै सिटमा बसेर, बिना दोभाषे, सँगै यात्रा गरेका थिए। यसलाई न्यूयोर्क टाइम्सले दुई महाशक्ति देशहरूका लागि असामान्य दृश्य भनेको छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि आफ्ना अडानहरू कायमै राखेका छन्।पत्रकार सम्मेलनका क्रममा पुटिनले युक्रेन युद्धलाई रूसको सुरक्षामा रहेको मौलिक खतरा भनेका छन् ।
त्यसलाई समाधानका लागि रूसले राखेका सर्तहरू उनले पुनः दोहो¥याए।न्युयोर्क टाइम्सका अनुसार पुटिनका चार अडान छन्।युक्रेनको ठूलो भू–भाग रूसी नियन्त्रणमा जाने, सेना घटाउने, युक्रेनलाई नेटोमा सहभागी नगराउने र युक्रेनको सरकार परिवर्तन गर्ने।
यी मागलाई युक्रेन र पश्चिमी मुलुकहरूले अस्वीकार्य भनेका छन्।ट्रम्प र पुटिनबीच वार्ता तय भएपछि युरोपेली मुलुकका नेताहरूले ट्रम्पसँग भर्चुअल संवादसमेत गरेका थिए।
त्यस क्रममा उनीहरूले जमिनको अदलाबदलीलगायत युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई असर गर्ने कुनै पनि निर्णय अमान्य हुने भनेका थिए।
ट्रम्पले पनि जमिनबारे युक्रेनले नै निर्णय गर्ने भनेर युरोपेली नेताहरूलाई जबाफ दिएका थिए।यस्तै ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सधैँ उत्कृष्ट सम्बन्ध रहेको बताए ।
ट्रम्प र पुटिनबीच सन् २०१९ पछिको पहिलो आमनेसामने भेट थियो । पुटिनको अमेरिकी राष्ट्रपतिसँगको पहिलो भेट थियो जुन उनको सेनाले सन् २०२२ मा युक्रेन आक्रमण गरेपछि भएको थियो ।
रुसी नेताले ट्रम्प दोस्रोपटक राष्ट्रपति भएपछि फोनमा कुराकानी गरेका भए पनि व्यक्तिगत रूपमा भेटेका थिएनन् । ट्रम्पले युक्रेन युद्ध समाप्त गर्न सम्झौता हासिल गर्न महिनौँदेखि प्रयास गरिरहेका छन् ।
तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शुक्रबारको शिखर सम्मेलनमा आमन्त्रित गरिएको थिएन । त्यसैले युद्धविराम सम्झौता हासिल हुने अपेक्षाहरू कम थिए ।
यसअघि रुसलाई कडा प्रतिबन्धलगायत ‘गम्भीर परिणाम’को चेतावनी दिएका ट्रम्पले अहिले भने त्यसमा पछि हटेका छन्। ‘आजको बैठकका कारण अहिले त्यसबारे सोच्न आवश्यक छैन,’ उनले भने, ‘सायद दुई वा तीन हप्तामा सोच्नुपर्ला, तर अहिले होइन।
’यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बैठकमा युक्रेनको सुरक्षा सुनिश्चित गर्नु आवश्यक भएको बताएका थिए । पुटिनले भने, “म ट्रम्पसँग पूर्णतया सहमत छु।
युक्रेनको सुरक्षा सुनिश्चित गर्न हामी तयार छौँ।”उनले थपे, “म आशा गर्छु कि हामीले सँगै गरेको सम्झौता यस लक्ष्यतर्फ नजिक पुग्न सहयोग गर्नेछ र युक्रेनमा शान्ति स्थापना गर्न मार्ग तयार गर्नेछ।”
यसबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अङ्ग्रेजीलाई लिएर पनि अहिले चर्चा भइरहेको छ । क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभ भन्छन्, वास्तवमा पुटिनको अंग्रेजी यति सक्षम छ कि उनी आफ्नै दोभाषेलाई सुधार्ने क्षमता राख्छन् ।
अर्थात् पुटिनले अलास्कामा ट्रम्पको राष्ट्रपति लिमोजिनमा सँगै यात्रा गर्दा पनि ट्रम्पले बोलेको कुरा बुझ्न सक्ने सम्भावना रहेको हो।
यसअघि मे महिनामा दुई नेताबिच फोन वार्तामा पुटिनले आफ्ना दोभाषेलेअनुवाद गर्नुअघि नै ट्रम्पले के भन्न खोजेका थिए भन्ने अनुमान लगाउन सक्ने बताएका थिए।
२०१७ मा पनि पेस्कोभले पुटिन अङ्ग्रेजी “लगभग पूर्ण रूपमा” बुझ्ने र दोभाषेलाई सुधार्ने बताइसकेका थिए।पेस्कोभका अनुसार यात्रा वा अनौपचारिक अवसरमा पुटिन प्रायः अङ्ग्रेजीमा कुरा गर्ने, तर औपचारिक बैठक वा वार्तामा उनी दोभाषेको माध्यमबाट संवाद गर्ने गरेको बताइएको छ ।
Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top