९ भदौ , काठमाण्डौ ।
पार्टीभित्रैबाट उपमहासचिव जनार्दन शर्माको कडा चुनौतीले हल्लिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अन्ततः पार्टी एकताको प्रस्ताव बोकेर नेकपाका महासचिव नेत्रविक्रमचन्द ‘विप्लव’को निवासमा आफैं पुगेका छन्।
प्रचण्डको यो ‘विप्लव–निवास’ यात्रालाई राजनीतिक वृत्तमा उनको छटपटी, दबाब र शक्ति सञ्चयको नयाँ रणनीतिको रूपमा अथ्र्याइएको छ।
सोमबार बिहान ललितपुरको हरिसिद्धीस्थित विप्लव निवासमा भएको करिब ५० मिनेट लामो भेटवार्ताको औपचारिक एजेन्डा पार्टी एकता र समाजवादी मोर्चाको प्रभावकारिता थियो।
प्रचण्डले हालै सम्पन्नमाओवादी केन्द्रको स्थायी कमिटी बैठकले विप्लव नेतृत्वको नेकपा सँग एकता प्रक्रिया अघि बढाउन वार्ता समिति बनाउने निर्णय गरेको औपचारिक जानकारी गराएका थिए।
जवाफमा विप्लवले पनि एकता प्रति सकारात्मक रहेको तर पार्टीको केन्द्रीय समितिबाट संस्थागत निर्णय गरेर अघि बढ्ने बताएका छन्। नेकपाको केन्द्रीय समिति बैठक यहीभदौ २२ गते बस्दैछ, जसले यो एकता प्रक्रियाको भविष्यनिर्धारण गर्नेछ।
भेटको माहौल सौहार्दपूर्ण देखिएको खबरहरु बाहिरिएका छन् । विप्लवले प्रचण्डलाई मूल ढोकामै स्वागत गरी आफ्नो कार्यकक्षको आफै बस्ने मुख्य सोफामा बसाएका थिए।
फर्कनुअघि प्रचण्डले विप्लवको पार्टीले गरेको धान खेतीको अवलोकन गर्दै उत्पादन सँग जोडिएकोमा प्रशंसा समेत गरे। तर, यो सौहार्दपूर्ण भेटघाटको पछाडि प्रचण्डमाथि बढ्दो आन्तरिक र बाह्यदबाबको छायाँ रहेको विश्लेषण गरिएको छ ।
प्रचण्डको यो दौडधूप लाई पार्टीभित्रकै शक्ति संघर्ष सँग जोडेर हेरिएको छ। केही दिनअघि मात्रै प्रचण्डले “देशको राजनीतिको खाँबो मैले छोड्दिएभने भत्किहाल्छ जस्तो लाग्छ“ भनीदिएको अभिव्यक्तिको जवाफमा उपमहासचिव जनार्दन शर्माले “शेषनागले पृथ्वीबोकेको छैन, त्यो दन्त्यकथाहो“ भन्दै कडा प्रतिवाद गरेका थिए।
शर्माको यो टिप्पणी प्रचण्डको नेतृत्व र आत्म–मूल्याङ्कन माथिको अहिलेसम्मकै सबैभन्दा सीधा र शक्तिशाली चुनौती थियो। ३७वर्षदेखि पार्टीको एकल नेतृत्वगर्दै आएका प्रचण्डका लागिआफ्नै पार्टी भित्रबाट आएको यो चुनौतीले उनलाई शक्ति समीकरणमा फेरबदल गर्नुपर्ने दबाब सिर्जना गरेको छ।
शर्माको यो चुनौतीलाई कांग्रेस नेता डा. मिनेन्द्र रिजालले समेत बल पु¥याउँदै “छोड्नै नमिल्ने गरी सारा पृथ्वीबोकिरहेको जस्तो के छ?“ भनीप्रश्न गरेका थिए। यसले प्रचण्डको ‘अपरिहार्यता’को भाष्य माथि चौतर्फी प्रश्न उठेको देखिएको छ ।
यही आन्तरिक घेराबन्दी र दबाबका बीच प्रचण्डले विप्लवलाई साथमा लिएर पार्टीभित्र आफ्नो पल्लाभारी बनाउने र सम्भावित चुनौतीलाई निस्तेज पार्ने रणनीति लिएको विश्लेषण गरिएको छ ।
यता सत्तारुढ दल नेकपा एमालेका नेता महेश बस्नेतले प्रचण्डको यो भेटलाई ‘छटपटीको संकेत’भनी टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै जनार्दन शर्माको चुनौतीपछि प्रचण्ड आफैं विप्लवको घर पुगेको र उनलाई महासचिव पद प्रस्ताव गरेको हुनसक्ने समेत दाबी गरेका छन्।
उनले लेखेका छन्, जनार्दन शर्माको खुलेआमचुनौतीबीच प्रचण्ड आफैं विप्लवको घर पुगेर महासचिवबन्न प्रस्ताव गरे भन्ने समाचार आयो। यो उनको छटपटीको संकेत हो।३७वर्षदेखि डण्डा चलाएर अध्यक्षभइरहेकालाई पहिलोपटक पार्टीभित्रै असलीचुनौती सामनागर्दैछन।अबको खेल हेर्नलायकहुनेछ! घेराबन्दीमा परेका प्रचण्डको छटपटी र दौडधूप साँच्चै हेर्नलायक छ।
विगतमा पटक–पटक एकताको प्रयास भएर पनि प्रचण्डकै कारण सफल हुन नसकेको आरोप विप्लव पक्षका नेताहरूले लगाउँदै आएका छन्।
यस्तो अवस्थामा प्रचण्ड आफैं विप्लवको दैलोमा पुग्नुले उनी यसपटक एकताका लागि जस्तो सुकै लचकता अपनाउन तयार रहेको संकेत गर्दछ।
यदि विप्लव सँग एकता सफल भएमा यसले माओवादीआन्दोलनको पुनर्मिलनको सन्देश मात्र दिने छैन, पार्टीभित्र जनार्दन शर्मा लगायतका असन्तुष्ट पक्षलाई सन्तुलनमा राख्न प्रचण्डका लागि एउटा बलियो हतियार पनि बन्नेछ।
अबको केही हप्तामा विप्लव नेतृत्वको नेकपाले गर्ने निर्णयले माओवादी आन्दोलनको भविष्य र प्रचण्डको राजनीतिक यात्रालाई कुन दिशामा डो¥याउँछ भन्ने कुराको संकेत गर्नेछ।