×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

सिरहामा डोम परिवारमाथि ज्यादतीः बस्ती छोड्न धम्की दिँदै निर्घात कुटपिट

२० भाद्र २०८२

२० भदौ , काठमाण्डौ ।

सिरहाको सुखीपुर नगरपालिका–१०, विश्वकर्मा चोककी ५० वर्षीया सुमित्रा मल्लिकको शरीरमा नीलडामले भरिएको पीडा मात्र छैन, उनी समाजमा जातका कारण भोग्नुपरेको अमानवीय व्यवहारले भित्रभित्रै गलिरहेकी छिन्। स्थानीय क्लिनिकमा उपचार गराइरहेकी सुमित्राको मसिनो स्वरमा भनिन्, ‘के कुरा गरौँ सर, हामी त मान्छे नै होइनौँ।’

Advertisement
Advertisement

बुधबार बिहान जातीय छुवाछूतका नाममा उनको परिवारमाथि भएको निर्घात कुटपिट यो पीडाको पछिल्लो कडी हो। विश्वकर्मा चोकस्थित सडक छेउको खोला किनारमा बसोबास गर्दै आएका सुमित्राको परिवारमाथि छिमेकीहरूले नै आक्रमण गरेका हुन्।

यस कुटपिटबाट सुमित्रा गम्भीर घाइते भएकी छिन् भने ज्वाइँ सञ्जय मल्लिकलाई सामान्य चोट लागेको छ। सञ्जयले प्राथमिक उपचारपछि घर फर्किएका छन्। सुमित्राकी २८ वर्षीया छोरी रिना मल्लिकका अनुसार घरअगाडिको झाडी सफा गर्न खोज्दा स्थानीय सहदेव महतो, सुकदेव महतो, नागेन्द्र महतो, दुखरन महतो, रिना महतो, श्यामसुन्दर महतोलगायतले ‘जग्गा कब्जा गर्न खोजेको’ आरोप लगाउँदै उनीहरूको परिवारमाथि कुटपिट गरेका हुन्।

१५ जनाको सुमित्राको परिवारले १५ वर्षअघि गोलबजार नगरपालिका–१३, दुर्गापुरबाट विस्थापित भएर गागन खोला किनारको सार्वजनिक जग्गामा आश्रय लिएको थियो। श्रीमान् गणपति मल्लिक डोमका अनुसार, उनीहरू यहाँ आउँदा आसपासमा खासै घर थिएनन्।

तर, सडक र बजारको विकाससँगै छेउछाउमा घरहरू बाक्लिँदै गए। करिब ७–८ वर्षअघि आएर बसेका छिमेकीहरूले त्यसयता उनीहरूलाई निरन्तर दुःख दिन थालेको गणपति बताउँछन्। छिमेकीहरूले आफ्नो घरअगाडि ‘अछूत’ बस्दा अशुभ हुने भन्दै डोम परिवारलाई गागन खोलाको बगरमा एकान्तमा गएर बस्न धाकधम्की र दुव्र्यवहार गर्दै आएका छन्।

गणपतिको घर सडकको पश्चिमपट्टि छ भने कुटपिट गर्ने छिमेकीहरूको घर पूर्वपट्टि छ। ‘उनीहरूले कहिले बिहानै डोमको मुख हेरेर दिन बिग्रियो भनेर गाली गर्छन्, कहिले देउता बिग्रियो भनेर गाली गर्छन्, कहिले गन्हाउँछन् भनेर अपमान गर्छन्,’ गणपति भन्छन्, ‘उनीहरूको एउटै मक्सद हामीलाई यहाँबाट भगाउनु हो।’

करिब चार वर्षअघि गणपतिका १८ वटा सुँगुर अचानक मरेका थिए, जसलाई कसैले विष खुवाइदिएको उनको आशंका छ। ‘कसले विष खुवायो भन्ने कुरा हाम्रो मनलाई थाहा छ,’ उनले भने, ‘तर, विवाद होला भनेर भित्रभित्रै रोएर चित्त बुझायौँ।’

डोम परिवार त्यहाँबाट नहटेपछि छिमेकीहरूले एक वर्षअघि घर छेउमै रहेको हाते कलबाट पानी खान पनि रोक लगाएका थिए। ‘त्यसबेला हामीले केही समय त खोलाकै पानी खायौँ,’ उनले भने, ‘त्यसले स्वास्थ्यमा समस्या निम्त्याउन थालेपछि नयाँ कल गाडेका छौँ।’

सुखीपुर नगरपालिका–१० का वडाध्यक्ष देवनारायण यादवले पनि डोम परिवारमाथि पटक–पटक ज्यादती हुँदै आएको पुष्टि गरे। ‘डोम परिवारको घरतिर कहिले शौचालयको फोहोर पानी बगाइदिने, कहिले दुव्र्यवहार गरिदिने काम भएको छ,’ उनले भने, ‘यो एकदम गलत काम हो।’

यता, आरोपित पक्षका दुखरन महतोले भने जातीय विभेदका कारण विवाद भएको कुरा अस्वीकार गर्दै सडकको जग्गा डोम परिवारले कब्जा गरेर राखेका कारण विवाद हुँदै आएको दाबी गरे।

Advertisement

पीडित परिवारले बुधबार जिल्ला प्रहरीमा उजुरी दिए पनि अहिलेसम्म आरोपित पक्षसँग सोधपुछ नभएको बताइएको छ। सिरहा प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले यस विषयमा बुझ्ने काम भइरहेको र यो पुरानो विवाद भएकोले अनुसन्धान गरिने बताएका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top