NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो शनिबार भदौ २१ , २०८२
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ? शनिबार भदौ २१ , २०८२
सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने शनिबार भदौ २१ , २०८२
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र शनिबार भदौ २१ , २०८२
भवितव्य दुर्घटनालाई लिएर महाधिवेशन भाँड्ने प्रयास भयोः ओली शनिबार भदौ २१ , २०८२
Next
Prev

समाचार

मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

शनिबार भदौ २१ , २०८२
Reading Time: 1 min read
A A
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ भदौ , काठमाण्डौ ।

मोरोक्को विश्वकप २०२६ मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । नाइजरलाई ५–० ले हराउँदै मोरोक्कोले २०२६ फिफा विश्वकपमा स्थान सुरक्षित गरेको हो । कतार २०२२ मा इतिहास रच्दै सेमिफाइनल पुगेको मोरोक्कोलाई शुक्रबार तान्जानियाले काँगो–ब्राजाभिलसँग १–१ को बराबरी खेलेपछि जित निकाले पुग्ने अवस्था थियो ।

रबातमा भएको खेलमा नाइजरका अब्दुल–लतिफ गुमेइ २६ औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि मैदान बाहिरिएका थिए । त्यसको तीन मिनेटमै युसेफ बेलामारीको क्रसलाई इस्माएल सैबारीले गोलमा परिणत गर्दै अग्रता दिलाए । मध्यान्तर अघि नै सैबारीले अशराफ हाकिमीद्वारा दिएको पासमा दोस्रो गोल थपे ।

LS Auto

दोस्रो हाफको सुरुवातमा बेलामारीकै अर्को उत्कृष्ट क्रसलाई अयुब एल काबीले जाली चुमाउँदै तेस्रो गोल गरे । पूर्व रेंजर्स खेलाडी हम्जा इगामानेले मैदानमा प्रवेश गरेपछि कर्नरमार्फत आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरे । अन्तिमतिर अज्जेदिन उनाहीले गोल गर्दै अग्रता ५–० बनाए।

मोरोक्कोले पुनर्निर्माण गरिएको प्रिन्स मौलाई अब्दल्ला रंगशालामा पहिलो खेल खेलेको थियो । यही रंगशालामा २०२५ अफ्रिका कप अफ नेसन्सको फाइनल र २०३० को सह–आयोजित विश्वकपका खेलहरू हुनेछ । अफ्रिकी छनोट अन्तर्गत अब अन्य ८ समूह विजेता सिधै विश्वकपमा जानेछन् ।

उत्कृष्ट चार उपविजेताले प्ले–अफमार्फत प्रतिस्पर्धा गर्नेछन् । उता उरुग्वे, कोलम्बिया र पराग्वेले अन्तिम–अघिल्लो चरणमै विश्वकप २०२६ मा आफ्नो स्थान सुरक्षित गरेका छन् । दक्षिण अमेरिकी छनोटअन्तर्गत बिहीबारको खेलमा उरुग्वे र कोलम्बियाले ३–० को जित निकाले भने पराग्वेले गोलरहित बराबरी खेल्दै विश्वकपमा प्रवेश सुनिश्चित गरेको हो ।

यसअघि नै अर्जेन्टिना, ब्राजिल र इक्वेडरले पनि आफ्नो टिकट पक्का गरिसकेका छन् । पछिल्ला दुई खेलमा जित आवश्यक परे पनि उरुग्वेसँग पराजित भएपछि पेरु विश्वकपको दौडबाट बाहिरिएको छ । साविक विजेता अर्जेन्टिना अझै पनि दक्षिण अमेरिकी तालिकाको शीर्ष स्थानमा स्पष्ट अन्तरसहित अगाडि छ ।

ब्राजिल दक्षिण अमेरिकी छनोट तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उता लिओनल मेस्सीले आफ्नो चम्किलो करिअरमा अन्तिमपटक अर्जेन्टिनाको राष्ट्रिय टोलीका साथ घरेलु विश्वकप छनोट खेल्दा राम्रो सम्झना बनाइरहेका छन् ।

बिहीबार मेस्सीले दुई गोल गर्दै अर्जेन्टिनाको भेनेजुएलामाथि ३–० को जित सुनिश्चित गरे । स्टेडियो मोनुमेन्टलमा जम्मा भएको भीड उनलाई विदाई दिन उपस्थित थियो । ‘यसरी यहाँ अन्तिममा खेल्न पाउनु मेरो सधैंको सपना थियो,’ मेसीले भने, ‘मैदानमा धेरै अनुभवहरू प्राप्त गरेको छु, राम्रो पनि नराम्रो पनि। तर, सधैं अर्जेन्टिनामा हाम्रा समर्थकहरूको सामु खेल्नु ठूलो खुसी हो।’

मेस्सीले अहिलेसम्म खेलबाट कहिले बिदा हुने भन्ने कुनै संकेत दिएका छैनन्। तर, २०३० विश्वकपका छनोट खेल २०२७ मा सुरु हुने छन्। त्यतिबेला उनी ४० वर्षका हुनेछन् । अर्जेन्टिनाका कप्तान मेसीले ३९औं र ८०औं मिनेटमा गोल गरे भने ७६औं मिनेटमा लौटारो मार्टिनेजले गोल थपे। दक्षिण अमेरिकी विश्वकप छनोटमा उनी सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्।

उनले कुल ३६ गोल गरेका छन् । उनका इन्टर मायामी टोलीका सहकर्मी लुइस सुआरेजले २९ गोल छन्, तर उनले उरुग्वेको राष्ट्रिय टोलीबाट बिदा लिइसकेका छन् । बोलिभियाका मार्सेलो मोरेनो मार्टिन्स तेस्रो स्थानमा छन् । उनले २२ गोल गरेका छन् ।

आगामी विश्वकपका लागि मेसीले भने, ‘म उत्साहित छु। दिनहुँ अनुभव गरिरहेको छु। यदि शरीरले साथ दिन्छ भने म खेल्छु नभएँ, त्यहाँ हुनु आवश्यक छैन। प्रतियोगिता सुरु हुन अझ नौ महिना बाँकी छ, जुन लामो समय हो।’

Tags: #मोरोक्को#मोरोक्को विश्वकप २०२६ मा छनोट#विदाई खेलमा मेस्सीको २ गोल#विश्वकप २०२६

लोकप्रीय

आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने

शनिबार भदौ २१ , २०८२

विचार

थप समाचार

आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
ताजा समाचार

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?
अन्तर्राष्ट्रिय

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन
अन्तर्राष्ट्रिय

सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने

शनिबार भदौ २१ , २०८२
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र
अन्तर्राष्ट्रिय

मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

शनिबार भदौ २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

WORLD NEWS:INDIA–RUSSIAलाई गुमाएकोमा TRUMPको चिन्ता,गायिकामाथि भालुको आक्र*मण|| Nepal Times

WORLD NEWS:INDIA–RUSSIAलाई गुमाएकोमा TRUMPको चिन्ता,गायिकामाथि भालुको आक्र*मण|| Nepal Times

00:15:16

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

00:21:13

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने

शनिबार भदौ २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.