NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ 

सोमवार भदौ २३ , २०८२
Reading Time: 1 min read
A A
‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ 
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
२३ भदौ , काठमाण्डौ ।
सामाजिक संजालप्रतिबन्धलगायत सरकारका केही निर्णयहरु र भ्रष्टाचारको विरोधमा नेपालमा पहिलोपटक सडकमा ‘जेन–जी’ पुस्ता उत्रिएको छन्। आज विहानै देखि काठमाडौंको माइतीघर सहितका देशका विभिन्न शहरहरुमा यो पुस्ताले प्रदर्शन जारी राखेको छ।
माइतीघरमा हजारौंको संख्यामा प्रदर्शनकारीहरु स्कुल ड्रेस र किताब सहित जम्मा भएका छन् । प्रदर्शन स्थलमा भीड बढ्ने क्रमजारी छ भने युवाहरुको प्रर्दशन नयाँबानेश्वर तर्फ अघि बढेको छ  ।
सडक ढाकेरै प्रर्दशन भएका कारण यातायात आवतजावत अवरुद्ध भएको छ । नेपालमा बढ्दै गएको भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायन लगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन् ।
नेपालमा बढ्दै गएको भ्रष्टाचार र नेताका परिवारका सदस्यको रवाफिलो शैलीको विरोध गर्दै जेनजी पुस्ता सडकमा उत्रिएको हो ।यस पटकको आक्रोश ‘डिजिटल नेटिभ्स’ मा देखिएको छ ।
काठमाडौंमा बृहत् प्रदर्शनमा रहेका जेनजी पुस्ता अहिले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरु सडकमै नाचगान गरेर शान्तिपूर्ण विरोधमा रहेका छन् ।
माइतीघरमा उनीहरूले ’गाउँ–गाउँबाट उठ बस्ति–बस्तिबाट उठ’, ’जाग लम्क चम्क है नौ जवान हो’, ’यो नेपालीशीर उचाली’ जस्ता देशप्रेमले ओतप्रोत भएका गीतहरू बजाएर सँग सँगै गाएका थिए।
सँगै ’वीआर द मुभमेन्ट, वी फर दिमुभमेन्ट’ जस्ता नाराहरू लगाएका छन्। ’हामी कर तिर्ने तर त्यो कर जनताका लागि प्रयोग भएन। राजनीतिज्ञहरू सबै जनाहामीले तिरेको पैसाले विदेश घुमिरहेका छन्।
पहिले राम्रो जीवनशैली नभएकाहरू पनि नेता बनेपछि भव्य जीवनशैली देखियो। तर हामी जनता जस्ताको तस्तै रहे,’ उनीहरुले भनिरहेका छन् ।
यसबीचहिजो सामाजिक संजालबाट समर्थन जनाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज जेनजीको प्रदर्शनस्थलमा घुम्ती शौचालय राखिदिएका छन ।
सामाजिक सञ्जालबन्द गराउने सरकारको निर्णय र भ्रष्टाचार विरुद्ध माइतीघर मण्डलामा भेलाभएर प्रदर्शन गरिरहेका हरुको सुविधाका लागि महानगरपालिकाले निःशुल्क प्रयोग गर्न मिल्ने घुम्ती शौचालय राखिदिएको हो ।
यताराष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका जेनजीहरूले राष्ट्रभक्ति गीत गाएका छन् ।  उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् ।
कतिपय स्कुल–कलेजको ड्रेसमा देखिएका छन् ।‘ असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्रआवाजहाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।
जेन–जीबिच सुरुमा एकले अर्कोलाई आह्वानगर्दै सामाजिक सञ्जाल तथा विभिन्न प्लाटफर्म मार्फत सुरु भएको यो अभियानमाअहिले हजारौँ युवाले ऐक्यबद्धता जनाएका छन् ।
नेक्स जेन नेपाल लगायत विभिन्न ग्रुपबाट यो अभियानका लागि युवाहरू गोलबद्ध भइरहेका छन् । कैयौँ अभिभावकले नै आफ्ना छोराछोरीलाई उक्तअभियानमा सहभागी हुन सार्वजनिक रूपमै सन्देश जारी गरेका छन् ।
जेन–जीयुवा सत्तामा हुनेहरूको रवैयाबाट हैरान छन् । राज्यको तालाचाबी बोकेकाहरूले भ्रष्टाचार गरेका र सुशासनको धज्जी उडाएका त थिए नै, हुँदाहुँदै नागरिकको मुखसमेत थुन्नथालेपछि उनीहरूआक्रोशित बनेका हुन् ।
अहिले सामाजिक सञ्जालबन्द छ, यसमाहाम्रो बढी आपत्तिहो । भ्रष्टाचार र माथिल्लो पदमा राजनीतिकनियुक्तिहुनुहुँदैनभन्ने मुद्दा पनिहामीले उठाएका छौँ ,’प्रदर्शनमाआएकाहरु भन्छन्, ‘समूह–समूहमिलेर युवाहरू एकै ठाउँमा जुटेका हौं ।’
उनीहरुले  भ्रष्टाचार, दण्डहीनता, ढिलासुस्ती, हैरानीविरुद्ध सडकमा आएको बताएका छन् । पछिल्लो समय केहीयुवाले नेपालमै बसेर सामाजिक सञ्जालबाटै कमाउने गरेकोमा त्यसलाई बन्द गरेर उनीहरूको रोजीरोटी खोसिएको पनि उनी हरुको गुनासो छ ।
आज २० हजारभन्दा धेरै जेन–जी सडकमा उत्रिने अनुमान प्रदर्शनकारी हरुको छ । पुरानो पुस्ताका कतिपयले जेन–जीलाई सामाजिक सञ्जालमा मात्रै कराउने, देशप्रति चिन्तान भएको, कृत्रिमतामा रमाइरहेको भनेर हेप्ने गरेका छन् ।
तर यो पुस्तादेशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक, आविष्कार लगायत क्षेत्रका सवालमाकति संवेदनशील छ भन्ने एउटा सन्देश हुन सक्छ सोमबारको प्रदर्शन ।
किनभने जेन–जी पहिलोपटक संगठित भएर सडकमा उत्रिएको छ  । यस्तै जेन–जीले ‘नेपो बेबीअभियान ’पनि चलाउँदै आएका छन् । यो अभियान मार्फत राजनीतिक परिवारवाद, करको दुरुपयोग र नेताको सन्तानको विलासी जीवनशैली माथि प्रश्न उठाइएको छ ।
उता सामाजिक सञ्जालबन्दगर्ने केपी ओली सरकारको कदमविरुद्ध नै जेन–जीले प्रदर्शन गर्न लागेकाले एमाले यसप्रति असन्तुष्ट छ । एमालेका केही नेताले त जेन–जी माथि आपत्तिजनक  अभिव्यक्ति नै दिएका छन् ।
प्रमुख सत्तारूढ कांग्रेसको संस्थापनपक्षयसबारे मौन छ । अन्य ठुला दल र नेता तथा कलाकार हरूले भने जेन–जीको प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् ।
LS Auto
Tags: # जेनजीको प्रदर्शनलाई बालेनको सहयोग#‘जेनजी पुस्ता

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.