×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

बाँके सुधार केन्द्रमा झडपः ५बालकको मृत्यु

२५ भाद्र २०८२
२५ भदौ , काठमाण्डौ ।
बाँकेको बाल सुधार गृहमा हिंसक झडपभएको छ । जसमा परि ५ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।नौवस्तास्थितबाल सुधार गृहमागए रातिभएको झडपमा दैलेखकाभूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङकादिनेश घर्तीमगरको मृत्यु भएको हो ।
घाइतेको उपचार नेपालगञ्जस्थित भेरी अस्पतालमा भइरहेको छ । यसैबीचडिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् ।कैदीबन्दीहरुले आफूहरु पनिबाहिर निस्क्नपाउनुपर्ने भन्दै आगजनी गरेका हुन् ।
कारागारमाआगजनीभएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको अर्यालले बताए ।अहिले कारागारमाआगोको मुस्लो आइरहेको कारागार प्रशासकबाबुरामअर्यालले जानकारी दिए ।
कैदीबन्दीआगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ ।उताडलेलधुरा कारागारका कैदीबन्दीले पनितोडफोड र आगजनी गरेर भागेका छन्।
बुधबार बिहान कारागारमातोडफोड र आगजनी गरेर ८५ कैदीबन्दीभागेका छन्। तीमध्ये २६ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर फेरि कारागारमै राखेको जेलर सन्तोष भट्टले बताए।
उनकाअनुसार अहिले कारागारको स्थिति नियन्त्रणमा छ। नेपाली सेना, जनपदप्रहरी र सशस्त्रप्रहरीले कारागारमापहरा दिइरहेका छन्।तोडफोड र आगजनीबाट कारागारमा सामान्यक्षतिपुगेको जेलर भट्टले बताए।
कारागारमा १ सय २७बन्दी कैद भुक्तान गरिहेका छन्। डलेलधुरामा स्थानीयप्रशासनले कफ्र्यु आदेश जारी गरेको छ।उताकपिलवस्तु कारागारकाबन्दीले कारागार तोडफोड गरी भागेका छन् ।
जेनजीआन्दोलनको मौका पारेर कारागार तोडफोड गरी चार सय बढी कैदीभागेको प्रमुखजिल्लाअधिकारी दिलकुमार तामाङले पुष्टि गरे ।कारागारमा ४७० जना कैदीथिए । तीमध्ये ३५ जनाभने कारागारमै रहेको प्रमुखजिल्लाअधिकारीले बताए ।
दुई ब्लकबाट भागेका भागेकामध्ये २० जनालाई पक्राउ गरिएको उनले बताए ।कारागारबाट फरार भएका कैदीबन्दीले नजिकै रहेको कपिलवस्तु अदालतमातोडफोड र आगजनी गरेका छन् ।
आगजनीबाट कारागारका कागजातहरू जलेका र भवनको संरचनातथा उपकरणहरूमा समेत क्षतिपुगेको छ । फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।
जिल्ला सुरक्षा समितिकपिलवस्तुले २०८२ भाद्र २४ गते राती १० बजेबाट नेपाली सेनासहितको सुरक्षा गस्ती परिचालन गरेको जनाउँदै कुनै पनि अवाञ्छित गतिविधि गरेमा सुरक्षात्मक कारबाहीहुने सूचना जारी गरेको प्रजिअतामाङले बताए ।
बझाङ जिल्ला कारागारबाटपनिमंगलबार राति ९ः१५ बजे तिर जेल तोडेर भागेका चार जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कारागारको मुल गेटको तालातोड्दै सुरक्षाकर्मीलाई धमकीदिएर भागेका ६५ जना कैदीबन्दीमध्य चार जनालाई मंगलबार राति नै प्रहरीले सदरमुकाम चैनपुर बजारबाट नियन्त्रणमा लिएको हो।
जेल तोडेर बागेका कैदीबन्दीलाई प्रहरीको थप सुरक्षा बल आएपछि भागे लगत्तै खोजीगर्दा तीनजनालाई राति  ११ः३० बजे र १ जनालाई राती १ बजे सदरमुकाम चैनपुर बजारमा घुमिरहेको अवस्थामा सुरक्षाकर्मीले निणन्त्रणमा लिई जेलभित्र राखेको जेलर राजेन्द्र फराडाले जानकारी दिएका छन्।
उनका अनुसार ४ जनाथप भएपछि अब कारागारमा २४ जना कैदीबन्दीपुगेका छन्।कारागारका कैदीबन्दीमंगलबार राति सुरक्षाकर्मी र कर्मचारीको अघि हाकाहाकीभागेका थिए।कारागारमाएकत सुरक्षा बल कमथियो।
त्यसैमा रक्तपातहुने अवस्था आएपछि सुरक्षाकर्मीले संयमताअपनाउँदा कैदीबन्दीभाग्न सफलभएपनि राति नै थप सुरक्षा बल परिचालितपछि ४ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खगेन्द्र धमलाले बताए।
उनले भने, ’भागेकाहरूको पनिखोजीकार्य जारी नै रहेको छ। अहिले जेल बाहिर ६१ जना रहेका छन्।’जिल्ला कारागारमा रहेका ८५ जना कैदीबन्दीमध्य जेलमा अब २४ जना रहेका छन्।
देशमादुई दिनचलेको जेनजीको हिंसात्मकआन्दोलका कारण काठमाडौंको नन्खु जेल संगै देशभरका कारागारमा रहेका कैदीबन्दीले जेल तोडेर भाग्ने क्रम बढेको छ।
कारागारको सुरक्षामा खटिएका १८ जनाजनपथ, प्रहरी १० जनाथप वडा प्रहरी कार्यालयबाट र १० जना सशस्त्रप्रहरी गरी ३८ जना सुरक्षाकर्मीकै आँखा अगाडि निर्धक्क भएर विभिन्नआरोपमा जेल सजाएभोगिरहेका कैदीबन्दी कारागारबाट मुल गेट हुँदै सरमुकाम चैनपुरको मेन सडकबाट भागेका थिए।सु
रक्षा घेरा तोडेर कैदीबन्दीभागेपछि अहिले सदरमुकाम चैनपुरमात्रास बढेको छ।उतारौतहटको सदरमुकामगौरमा रहेको कारागारका कैदीबन्दीहरू मङ्गलवार राति फरार भएका छन्।
मंगलबारको आन्दोलनको मौका पारेर कारागारका कैदीबन्दीहरूले जेल फोडेर भाग्न सफलभएकाहुन्।गौर कारागारमा २९१ जना कैदीबन्दीथिए।
जसमध्ये २७जनाभागेनन  कारागारमै बसिरहेका छन्। फरारमध्ये ३४ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइएको रौतहट प्रहरी प्रमुखएसपी नेत्रमणि गिरीले बताए।
नेपाली सेनाको टोलीमङ्गलवार रातिदेखि सडक गस्तीमा निस्किएपछि सदरमुकामगौरलगायतका स्थानहरू शान्त देखिएका छन्।आन्दोलनका कारण जिल्लाको जनजीवन अस्तव्यस्त बनेपछि साम्यपार्न रौतहट प्रशासनले अर्को आदेश नहुञ्जेलसम्मकफ्र्यू आदेश जारी गरेको छ।
नारायण दल गण पुरेन्वा रौतहटका प्रमुख सेनानीविश्वास बिष्टले अतिआवश्यककामबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कनआग्रह गरेका छन्।
सेनाले सार्वजनिक स्थानहरूमा सर्वसाधारणले कुनै किसिमको कोणसभा अथवा अन्य गतिविधि नगर्न आग्रह गरेको छ।नेपाली सेना, सशस्त्र र नेपालप्रहरीको सदरमुकामगौर लगायतआसपासका क्षेत्रहरूमाबाक्लो उपस्थित देखिन्छ ।
यसबीच रास्वपा सभापति रवि लामिछाने कारागारबाट निश्किएको विषयमा पनि विभिन्न कोणबाट प्रतिक्रियाहरु आइरहेका छन् । रविले भने आफू कानुनबमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहाभएको दाबी गरेका छन् ।
नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो कारागारबाट निस्किएकाथिए ।सोमबारबाट उग्र भएको जेनजीप्रदर्शन मंगलबार झनै आक्रोशित बनेको थियो । सोहीक्रममा लामिछाने पनि कारागारबाट बाहिरिएका थिए ।
कारागारबाट निस्किएपछि पत्नी निकिता पौडेल मार्फत सन्देश जारी गर्दै उनले भविष्यमा आइपर्ने सबै कानुनी प्रक्रियाकालागिआफू तयार रहेको पनि बताएका छन् ।
‘आमनागरिकको दबाब पछि सरकारले मेरो रिहाइको लागिकानुबमोजिमको प्रकिया पूरा गरि पत्र थमाएपछि मात्रै म कारागारबाट रिहाभई सिधै आमनागरिक सामु आउनपाएको हुँ,’ लामिछानेले भनेका छन्, ‘यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भविष्यमाआईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु । ’
साथै, उनले अहिलेको आन्दोलन विशुद्ध जेनजीको भएको बताउँदै मुलुकको अबको नेतृत्व जेनजीकै मागअनुसार अघि बढ्नुपर्ने कुरामाआफू स्पष्ट भएको बताए ।
उनले संयमितभएर राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न अपिल गरेका छन्। साँझ एक अपिल जारी गर्दै उनले प्रहरी, सुरक्षानिकाय, न्यायालय लगायतका दस्तावेजहरू राष्ट्रका महत्त्वपूर्ण सम्पत्ति भएकोले तिनको संरक्षण नगरे मुलुकका संवेदनशील दस्तावेजहरू नष्ट हुन सक्ने खतरा औंल्याएका छन्।
रविसंगै ललितपुरको नख्खु कारगारबाट सबै कैदीबन्दीहरू भागेका हुन् । लामिछाने निस्किएलगत्तै कैदीबन्दीहरू धमाधम गेट नाघेर निस्किएपछि प्रहरीले सम्हाल्ननसकेर छाडिदिएको हो ।
ललितपुर प्रहरीकाअनुसार अहिले नख्खु कारागारमा एक जनापनि कैदी छैनन् । उनीहरू कतिथिएभन्ने बारे कारागार प्रशासन सँग जानकारी लिने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यसबीच सुनसरीको झुम्का कारागारबाट अधिकांश कैदीबन्दी भागेका छन् । जेन जी पुस्ताको आन्दोलनका नाममा अराजक समूहले मंगलबार राति कारागारबाट कैदीबन्दी भगाएका हुन् ।
कैदीबन्दी भाग्दै गर्दा नेपाली सेनाको टोलीपुगेको थियो । सेनाले केहीबन्दीलाई पुन कारागारमै राखेको छ । झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी १ हजार सात सय ९८ जना कैदी रहेका थिए ।
नारा जुलुस गर्दै सानो समूह पुग्ना साथ कैदीबन्दीहरू भागेको थिए । भागेका मध्ये केहीलाई रामधुनीजंगल क्षेत्रबाट सेनाले नियन्त्रणमा लिएको हो ।
जेनजीको नाममा अराजक समूहले मोरङको इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीमा रहेका सबै थुनुवालाई भगाएका छन् ।उर्लाबारीमा १९ र पथरीमा १४ जना थुनुवा थिए ।
अराजक समूहले इलाकाप्रहरी कार्यालय पथरीको मुद्दा शाखाको कागजात जलाएका छन् । कारागारबाट भागेका कैदीबन्दीलाई इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर र भगवती दल गणले रातको तीव्र अपरेसन सञ्चालन गरेको छ ।
सेनाको अप्रेसनबाट  रामधुनीजङ्गल,  सुनसरीकाविभिन्न स्थान र विराटनगर लगायतमोरङका विभिन्न स्थानबाट धेरै कैदीहरूलाई नियन्त्रणमा लिएर कारागार बुझाउने काम गरिरहेको छ ।
उता जिल्ला कारागार चितवनमा रहेका कैदीबन्दीलाई घर पठाइएको छ । कारागार कार्यालयमा कैदीबन्दीले नाराबाजी गरेर बाहिर निस्किन खोजेपछि सुरक्षाकर्मीले नै कारागारबाट कैदीबन्दीलाई घर पठाएका हुन् ।
चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले अदालत पनि ध्वस्त भएको अवस्थामा कैदीबन्दीलाई सुरक्षाकर्मीकै रोहबरमा घर पठाइएको बताए । घर जान निस्किएका कैदीबन्दीले आफ्नो बन्दोबस्तीका सामान, मुढा लगायतसहित घर हिँडेका छन् ।
घर जानचाहेको सबैलाई घर पठाइएको बताइए पनि उनीहरू कस्ता प्रकृतिका मुद्दाका थिएभन्ने पूरा विवरण भने आएको छैन ।यसबीच सर्वोच्च अदालतले आजका लागि तोकिएका मुद्दाहरूको पेशीअर्को सूचना नभए सम्मका लागि स्थगित गरेको छ ।
अदालतले आज जारी गरेको सूचनामा उल्लेख भए अनुसार भदौ २४ गतेका लागि तोकिएका मुद्दाहरूको पेशी हाललाई स्थगित गरिएको हो। यस्तै भोलीदेखि का पेशीमा रहेका मुद्दाहरूको सुनुवाइ अर्को सूचना नभए सम्मका लागि स्थगित गरिएको छ ।
सर्वोच्च अदालतले यसबाट सेवाग्राहीलाई पर्न सक्ने असुविधा प्रति दुःख व्यक्त गरेको छ । जेन जी आन्दोलनकारीहरूले अदालतमा आगजनी गर्दा अदालत पूर्णरुपमा जलेको छ ।
अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएका छन् । यसैबीचनेपाली सेनाले निषेधाज्ञा तथाकफ्र्युको अवधि थप गरिएको जानकारी दिएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आजबिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले  निषेधाज्ञा तथा कफ्र्युको अवधि थप गरिएको जनाएको हो।
बुधबार बेलुकापाँच बजेसम्म देशभर निषेधाज्ञा जारी रहने र साँझ पाँचबजे पछि भोलि बिहान ६ बजेसम्म कफ्र्र्यु आदेश जारी रहने सेनाले जारी गरेको सूचनामाउल्लेख छ।
Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top