NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

बिहिबार भदौ २६ , २०८२
Reading Time: 1 min read
A A
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ भदौ , काठमाण्डौ ।

सिंगो देशको ध्यान यतिबेला जंगी अड्डातर्फ अडिएको छ । जहाँ वरिपरि सेनाले कडाइ गरेको छ । भित्र सुशीला कार्कीका साथै दुर्गा प्रसाइँलाई पनि लगिएको छ । कार्की जेनजी समूहको प्रतिनिधिका रुपमा उनीहरुसंगै त्यहाँ उपस्थित भएकी हुन् भने प्रसाइँलाई स्टेकहोल्डरका रुपमा सेनाले बोलाएको हो ।

जसको विरोध बाहिर युवाहरुले गरिरहेका छन् । दुर्गा प्रसाइँका बारेमा विरोध सुनिरहँदा सुशीलाका बारेमा भने समर्थन र विरोध दुवै देखिन्छ । बाहिर युवाहरु आआफ्नो अडान मिडियासामू राखिरहेका छन् । केही युवाहरूले विरोध प्रदर्शन गर्न थालेपछि सेनाले कडाइ गरेको हो ।

सेनाले अनावश्यक भिड नगर्न भन्दै धरहरा अगाडि भेला भएकालाई माइकिङ समेत गरेको छ ।अहिले त्यहाँ ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि सुन्धारामा मानिसको भीड बढेको छ ।

केही युवाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउनुपर्ने माग गरिरहेका छन् । केही युवाले कार्की नहुने भन्दै विरोध गरिरहेका छन् । संसद् विघटन गरेर बालेन्द्र शाह (बालेन), हर्क साम्पाङ, कुलमान घिसिङजस्ता पात्र अगाडि आउनुपर्ने भन्दै केही युवाले विरोध गरिरहेका छन् ।

उनीहरूले दुर्गा प्रसाईं सैनिक मुख्यालयभित्र रहेका भन्दै उनलाई तुरुन्त बाहिर निकाल्नुपर्ने माग गरिरहेका छन् । भीड बढेपछि सेनाले उनीहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ । यता अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीलाई सिफारिस गरेको ‘जेन–जी लेट मुभमेन्ट’ले संसद् विघटन, अन्तरिम सरकार गठन र संविधानमा व्यापक संशोधनसहितका प्रारम्भिक कार्ययोजना ल्याएको छ ।

प्रधानसेनापतिसँग जंगी अड्डामा छलफल गरेपछि बाहिरिएका ‘जेन–जी लेट मुभमेन्ट’का प्रतिनिधिले जेन–जी समूह र उपसमूहमा भएको अनलाइन भोटिङमा सुशीला कार्कीको नाम प्रस्ताव गरिएकोसमेत बताएका छन् ।

‘जेन–जी लेट मुभमेन्ट’ले ‘संसद् विघटनको पूर्वसर्त कार्यान्वयन गर्दै सबै समूह र उपसमूहसँग वार्ता गर्ने, वार्तापश्चात् राष्ट्रपतिबाट संसद् विघटन गरी निश्चित समयावधिका लागि जेन–जीको प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा निश्चित समयावधि तोकेर तत्काल अन्तरिम सरकार घोषणा गर्ने’ प्रस्ताव गरेको छ ।

यस्तै ‘जेन–जी लेट मुभमेन्ट’ले जेन–जी नेतृत्वको सरकार नै आन्दोलनको मूल मर्म रहेको भन्दै ‘त्यसका लागि देश–विदेशमा रहेर आन्दोलन गर्ने सबै जेन–जीको राष्ट्रव्यापी सम्मेलनबाट चयन हुने नेतृत्वलाई तत्कालीन अन्तरिम सरकारले जेन–जी लेट अन्तरिम सरकार हस्तान्तरण गर्ने’ कार्ययोजना प्रस्ताव गरेको छ ।

यसका लागि स्पष्ट कार्ययोजनाको मस्यौदा बनाउने ‘जेन–जी लेट मुभमेन्ट’को भनाइ छ । यसबाहेक ‘निवर्तमान प्रधानमन्त्री केपी ओलीसहित सम्पूर्ण दलका नेताहरू तथा सबै सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने तथा सबै दलका नेतालाई फौजदारी अपराधमा कारबाही गर्ने’ उनीहरूको भनाइ छ ।

‘संविधानमा व्यापक संशोधन गर्ने र संविधानले सुरक्षित गरेको जनताको सार्वभौमसत्तामाथि कुनै प्रकारको हस्तक्षेप अस्वीकार गर्ने’ उक्त समूहको भनाइ छ । थप अपडेटका साथ हामी फेरि उपस्थित हुने नै छौं, नेपाल टाइम्स हेर्दै गर्नुहोला ।

Tags: #छिटो नेतृत्व चाहियो भन्दै सुन्धारामा भीड#सुन्धारामा भीड

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.