×

NEPAL TIMES UPDATES

Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

२६ भाद्र २०८२

२६ भदौ , काठमाण्डौ ।

सिंगो देशको ध्यान यतिबेला जंगी अड्डातर्फ अडिएको छ । जहाँ वरिपरि सेनाले कडाइ गरेको छ । भित्र सुशीला कार्कीका साथै दुर्गा प्रसाइँलाई पनि लगिएको छ । कार्की जेनजी समूहको प्रतिनिधिका रुपमा उनीहरुसंगै त्यहाँ उपस्थित भएकी हुन् भने प्रसाइँलाई स्टेकहोल्डरका रुपमा सेनाले बोलाएको हो ।

Advertisement

जसको विरोध बाहिर युवाहरुले गरिरहेका छन् । दुर्गा प्रसाइँका बारेमा विरोध सुनिरहँदा सुशीलाका बारेमा भने समर्थन र विरोध दुवै देखिन्छ । बाहिर युवाहरु आआफ्नो अडान मिडियासामू राखिरहेका छन् । केही युवाहरूले विरोध प्रदर्शन गर्न थालेपछि सेनाले कडाइ गरेको हो ।

सेनाले अनावश्यक भिड नगर्न भन्दै धरहरा अगाडि भेला भएकालाई माइकिङ समेत गरेको छ ।अहिले त्यहाँ ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि सुन्धारामा मानिसको भीड बढेको छ ।

केही युवाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउनुपर्ने माग गरिरहेका छन् । केही युवाले कार्की नहुने भन्दै विरोध गरिरहेका छन् । संसद् विघटन गरेर बालेन्द्र शाह (बालेन), हर्क साम्पाङ, कुलमान घिसिङजस्ता पात्र अगाडि आउनुपर्ने भन्दै केही युवाले विरोध गरिरहेका छन् ।

उनीहरूले दुर्गा प्रसाईं सैनिक मुख्यालयभित्र रहेका भन्दै उनलाई तुरुन्त बाहिर निकाल्नुपर्ने माग गरिरहेका छन् । भीड बढेपछि सेनाले उनीहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ । यता अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीलाई सिफारिस गरेको ‘जेन–जी लेट मुभमेन्ट’ले संसद् विघटन, अन्तरिम सरकार गठन र संविधानमा व्यापक संशोधनसहितका प्रारम्भिक कार्ययोजना ल्याएको छ ।

प्रधानसेनापतिसँग जंगी अड्डामा छलफल गरेपछि बाहिरिएका ‘जेन–जी लेट मुभमेन्ट’का प्रतिनिधिले जेन–जी समूह र उपसमूहमा भएको अनलाइन भोटिङमा सुशीला कार्कीको नाम प्रस्ताव गरिएकोसमेत बताएका छन् ।

‘जेन–जी लेट मुभमेन्ट’ले ‘संसद् विघटनको पूर्वसर्त कार्यान्वयन गर्दै सबै समूह र उपसमूहसँग वार्ता गर्ने, वार्तापश्चात् राष्ट्रपतिबाट संसद् विघटन गरी निश्चित समयावधिका लागि जेन–जीको प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा निश्चित समयावधि तोकेर तत्काल अन्तरिम सरकार घोषणा गर्ने’ प्रस्ताव गरेको छ ।

यस्तै ‘जेन–जी लेट मुभमेन्ट’ले जेन–जी नेतृत्वको सरकार नै आन्दोलनको मूल मर्म रहेको भन्दै ‘त्यसका लागि देश–विदेशमा रहेर आन्दोलन गर्ने सबै जेन–जीको राष्ट्रव्यापी सम्मेलनबाट चयन हुने नेतृत्वलाई तत्कालीन अन्तरिम सरकारले जेन–जी लेट अन्तरिम सरकार हस्तान्तरण गर्ने’ कार्ययोजना प्रस्ताव गरेको छ ।

यसका लागि स्पष्ट कार्ययोजनाको मस्यौदा बनाउने ‘जेन–जी लेट मुभमेन्ट’को भनाइ छ । यसबाहेक ‘निवर्तमान प्रधानमन्त्री केपी ओलीसहित सम्पूर्ण दलका नेताहरू तथा सबै सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने तथा सबै दलका नेतालाई फौजदारी अपराधमा कारबाही गर्ने’ उनीहरूको भनाइ छ ।

‘संविधानमा व्यापक संशोधन गर्ने र संविधानले सुरक्षित गरेको जनताको सार्वभौमसत्तामाथि कुनै प्रकारको हस्तक्षेप अस्वीकार गर्ने’ उक्त समूहको भनाइ छ । थप अपडेटका साथ हामी फेरि उपस्थित हुने नै छौं, नेपाल टाइम्स हेर्दै गर्नुहोला ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top